Friday, July 18, 2014

एउटा भोलिको डक्टरको अनुभव

हाल बङ्लादेशमा एमबीबीएस अन्तिम वर्षमा पढिरहेका भाई राम थापा छेत्रीको अनुभव फेसबुकको Doctors Society of Nepal (DSON) ग्रुप पेजमा पढ्न पाइयो। सार्है राम्रो, उदाहरणीय अनि अनुशरणीय लाग्यो। त्यसैले यहाँ शेयर गर्दैछु। भाई तिम्रो सहयोगी मनलाई सलाम्।। 

हाल म ईद्को छुट्टीमा आफ्नो गृह जिल्लामा छु, लामो दिन बिताउन गार्हो हुने हुदा नजिकैको सरकारी अस्पतालमा Medical Volunteer को रुपमा कार्यरत छु। पढाइको सन्दर्भमा भन्नुपर्दा - बङ्लादेशमा MBBS Final Year मा अध्ध्यनरत छु।


आज बिहान १० बजेदेखि रातिको ७ बजेसम्म धादिङ जिल्ला अस्पतालको Emergency Department मा Volunteer को हैसियतमा काम गरियो। फरक फरक घटना अनि केसहरु हेर्न ,सिक्न अनि व्यवस्थापन गर्न पाइयो।खाल्टे देखि हिडेर आउनुभएका वृद्ध दम्पतिलाई आफैले OPD मा लगेर चेक्जाच गराइदिए ,फ्री मा औषधि उप्लब्ध गराइदिए, खाने तरिका सिकाइदिए ,"प्यास लाग्यो बाबु" भन्नुभो पानीको व्यवस्था गरिदिए। निशुल्क औषधि पाएको अनि डाक्टरको पर्याप्त चेकजाच पाएपछि ती वृद्ध दम्पती खुसी हुँदै घर फर्के। जादा पनि परसम्म हेरिरहे ।

आजै दिउँसो साखु सोर्ह घरेका एक गरिब बालक आफ्नी आमा सहित हात फ्र्याक्चरको समस्या लिएर हाम्रो अस्पतालमा आए। पैसाको अभावमा तत्काल सदरमुकाम आउन नसकेर आज ५ दिन पछी मात्र अस्पताल आएका रहेछन। त्यो पनि भोको पेट अनि रित्तो थैली बोकेर..... उसकि आमासंग पैसाको नाउमा १ रुपियाँ पनि थिएन..... उन्का श्रीमान् अगाडी नै बितेका रैछन, उनी आफै पनि घरमा चट्याङ लागेर घाइते भएकी रहेछिन। कमाउने मान्छे कोहि रहेनछ त्यस्तो अबस्था देखेर, उस्को लागि निशुल्क X-Ray, औषधि, ,व्यान्डेज उप्लब्ध गराउन पहल गरे र भोका आमाछोरालाई खाजाको व्यवस्था गरिदिए। यति सहयोग पाएर खुसी हुँदै मलाई धेरै आशीर्वाद सहित नमस्ते गर्दै ती दु:खी आमाछोरा घर फिरे। 




विभिन्न Health Institute बाट practical का लागि आएका  H.A, Nurses, A.N.M, CMA भाइबहिनीहरुलाइ आफुले जानेको, सिकेको Clinical knowledge, idea हरु शेयर गरे। आफुले पढेको, भोगेको अनुभव शेयर गरे।

त्यस्तै साझतिर हाम्रा Ambulance driver दाजु शेरबहादुर खाडले चैनपुरबाट गर्भवती महिला लिन भनेर जानुभएको रहेछ तर सदरमुकाम आइपुग्नै लाग्दा मुरली भन्ज्याङमै ती महिलालाई सुत्केरी बेथाले च्यापेछ। बीच बाटोमा ल्याउदै गर्दा आकस्मिक Safe Delivery गराउनु भएकोमा धन्यवाद दिए। धन्न उहाले आकस्मिक सुत्केरी गराउने तालिम लिनुभएको र अत्यावश्यक सुत्केरी गराउने सामग्री गाडी भित्र नै व्यवस्था भएकोले सुरक्षित प्रसुती गराउन सक्नुभयो र बच्चा र आमा दुबैलाई बचाउन सकियो। 

यस्तै दिनभरीमा ५ वटा जति धारिलो बस्तुले काटेको, अधिक्तम हात भाचिएका केस र तिनका व्यवस्थापन गरे। अन्य धेरै आकस्मिक केसहरु हेर्न पाइयो, सिक्न पाइयो। आज दिन भरीको अनुभव सम्झिदा आनन्द लाग्यो त्यसैले सबैसामु यो अनुभव शेयर गर्न मन लाग्यो।।
बाँकी पढ्नुहोस् >>