Wednesday, January 26, 2011

पर्दामा मेडिसिन/ Medicine on Silver screen

स्वास्थ्य बिषय भन्ने वित्तिकै सम्बेदनशील, गम्भिर भन्ने सबैको मनमा आँउछ, यस सम्बन्धी लेखहरुमा झट्ट कसैको पनि अभिरुची जागी हाल्दैन। आज केही चलचित्रहरु त्यस्मा भएका पात्रहरुका स्वास्थ्य सम्बन्धी भएका रोचक अवस्था/ रोगहरुको बारेमा चर्चा गर्दैछु। आशा यो लेखले स्वास्थ्यका विभिन्न अवस्था/ रोगहरु सम्बन्धी चासो बढ्नेछ।

१.      'एक्स-मेन' (X-men) त्यस्का पात्रहरु :

'एक्स-मेन' म्युटेन्ट (Mutant) हरुको बिषयमा बनेको फिल्म हो। वुल्भराइन, प्रोफेसर ज्याभियर, म्याग्नेटो, साइक्लोप्स, टोड आदि विभिन्न पात्रहरु सबैसँग कुनै कुनै विशेश शक्ति हुन्छ। कथा अनुसार तिनीहरुमा ती शक्तिहरु म्युटेसन (Mutation) भनिने एउटा मेडिकल प्रक्रियाबाट आएको हुन्छ। म्युटेसन साधारन्तया पनि भैरहेको हुन्छ। मानिसको शरीरका हरेक गुणहरु, विभिन्न अङहरु कस्तो हुने आदि सम्पुर्ण सूचनाहरु कोशहरुमा हुने क्रोमोजोमहरुमा रहेको हुन्छ, त्यसैले नै बुवाआमा छोराछोरीको गुणहरु मिल्ने हुन्छ। ती क्रोमोजोमका भागहरुमा केही गरी परिवर्तन भएमा (जुन प्रक्रियालाई म्युटेसन भनिन्छ) मानिसको गुणहरु पनि परिवर्तन हुने, रोगहरु देखिने हुन्छ। यो फिल्ममा चाँही त्यस्तो परिवर्तन भएर उनीहरुमा विशेश शक्ति आएको देखाइएको छ। जस्तै: 'वुल्भराइन'को कुनै पनि घाऊ, चोट एक्दमै छिटो निको हुने शक्ति हुन्छ। एक्स-मेन ग्रुपका मुख्य 'प्रोफेसर ज्याभियर' सधैं व्हिल चेयरमा बस्ने भए पनि उनको मस्तिस्क धेरै नै शक्तिशाली हुन्छ, उनी टेलिप्याथी गर्न सक्छन। एक्स-मेन कथा को मुख्य खलपात्र 'म्याग्नेटो'सँग इलेक्ट्रोम्याग्नेटिक शक्ति (Electromagnetic power) प्रयोग गर्न सक्ने क्षमता हुन्छ।

२.      इस्पाइडर मेन (Spiderman):
इस्पाइदर मेनले पनि म्युटेसन (Mutation) बाटै आफ्नो विशेश शक्ति पाएका हुन्। एउटा संग्रहालयमा घुम्न जादा माकुराले टोकेपछि पीटर पार्करको क्रोमोजोममा परिवर्तन आउछ उनमा माकुराको जस्तै भित्तामा हिंड्न सक्ने, माकुराले जस्तै जालो बुन्न सक्ने गुनको विकास हुन्छ उनी इस्पाइदर मेन बन्छन्।

३.      ‘ट्विलाइट/ Twilight’ का एड्वार्ड कलेन ज्याकोब ब्ल्याक:

इस्टेफेन मेयेर द्वारा लिखित युवा तथा बालबालिकाहरुमा बहुप्रचलित उपन्यास 'ट्विलाइट' मा आधारित फिल्मका पात्रहरु एड्वार्ड कलेन (Edward Cullen) भेम्पायर हुन भने ज्याकोब ब्ल्याक (Jacob Black) वेरवुल्फ हुन्। भेम्पाइर वेरवुल्फको वर्णन 'पोर्फाइरिया (Porphyria)' भनिने एउटा मेडिकल रोगसँग केही मिल्न जान्छ। भेम्पाइरले सुर्यको प्रकाश सहन नसक्ने हुन्छ, त्यस्तै वेरवुल्फ चन्द्रकिरण परेपछी मानिसबाट ब्वासोमा परिवर्तन हुने हुन्छ। पोर्फाइरिया रोगमा विरामीले प्रकाश सहन नसक्ने हुन्छ प्रकाश पर्दा उस्को छालामा परिवर्तन आएर भयानक देखिने हुन्छ। साथै मानसिक समस्या साइकोसिस, डिप्रेसन पनि देखिने हुन्छ।


४.      दि क्युरियस केस अफ बेन्जामिन बटन (The Curious Case of Benzamin Button):
८१औ ओस्कार पुरस्कार ( उत्कृष्ट चलचित्र ) पाएको यो फिल्मका मुख्य पात्र बेन्जामिन बटन (ब्राड पिट/ Brad Pitt) लाई अनौठो रोग लागेको हुन्छ। उनी जन्मिदा बुढो रुपमा जन्मन्छन् र बिस्तारै समयसंगै जवान हुँदै युवा अवस्थामा पुग्छन् र अन्तमा सानो बच्चा भएर आफ्नै प्रेमिकाको काखमा मर्छन्। यो अचम्मको रोग वास्तविक जीवनमा सम्भव त छैन तर जन्मिदा बुढो जस्तो रुपमा जन्मने भने प्रोजेरिया (Progeria) भन्ने रोगमा हुन्छ। तैपनि सुन्दै अचम्म लाग्ने यो कथा उत्कृष्ट मेकअप, भिजुअल एफेक्टले गर्दा हेर्दा रमाइलो लाग्छ।

५.      गजनी (Ghajini):

आमिर खान अभिनीत सुपर हिट चलचित्र 'गजनी' मा नायकलाई टाउकोमा लागेको चोटको कारण बिर्सने रोग एन्टेरोग्रेड एम्नेसिया (Anterograde Amnesia) हुन्छ। मस्तिस्कको सम्झनाको केन्द्र (Memory center) हिप्पोक्याम्पस (Hippocampus) मा चोट लागेमा नयाँ सम्झनाहरु बनाउन नसक्ने हुनसक्छ तर फिल्ममा देखाएको जस्तो ठीक १५-१५ मिनेटमा बिर्सने भने पर्दा बाहिरको संसारमा हुन असम्भव नै छ।






यी भए, मेडिकल रोग/ अवस्थाहरु लाई आधार बनाएर स्रिजना गरिएका केही काल्पनिक, हुन नसक्ने पात्रहरु। तर कुनै कुनै फिल्महरुमा कुनै मेडिकल रोग/ अवस्थालाई यति राम्ररी उतारिएको हुन्छ की त्यो पात्र त्यो रोगको पर्यायवाची बन्न जान्छ। त्यो फिल्म हेरेपछी त्यो रोग, त्यो रोगका रोगीहरुको मानसिकताको बारेमा धेरै नै थाहा हुन्छ। त्यस्ता केही फिल्महरु तिनमा देखाइएका रोग/ अवस्था हरु:

१.      ब्युटिफुल माइन्ड (A Beautiful Mind):

रसेल क्रो (Russel Crowe) द्वारा अभिनित यो फिल्म नोबेल पुरस्कार विजेता जोन फोर्ब्स न्यास (John Forbes Nash) को जीवनीमा आधारित छ। यस फिल्मका प्रमुख पात्र पारानोइड स्किजोफ्रेनिया (Paranoid Schizophrenia) रोगबाट पीडित हुन्छन् त्यस दौरानमा उनले भोगेका, उनको जीवनमा आएका उतारचढावहरुलाई अति नै राम्रो तरिकाले प्रस्तुत गरिएको छ। यसले ७४ ओस्कार पुरस्कार ( उत्कृष्ट चलचित्र ) पनि जितेको थियो। पारानोइड स्किजोफ्रेनिया रोग त्यस्का विरामीको मनोभावना बुझ्न यो फिल्म एकपटक हेर्नै पर्ने हुन्छ।




२.      रेन मेन (Rain Man):

डस्टिन हफ्मेन (Dustin Huffman) टम क्रुज (Tom Cruise) द्वारा अभिनित यो फिल्मले ६१औ ओस्कार पुरस्कार ( उत्कृष्ट चलचित्र, उत्कृष्ट अभिनेता ) पाएको थियो। यसका प्रमुख पात्र रेमन्ड ब्याबिट वा रेन मेन, जस्को भूमिका डस्टिन हफ्मेन निभाएका छन्, लाई अटिजम (Autism) रोग हुन्छ। नेपालतिर त्यति नसुनिने (नसुनिने भन्नाले नहुने भन्न खोजिएको हैन, तर पत्ता नलाग्ने, पत्ता लागे पनि वास्ता नगरिने) यो रोग बालबालिकाको मस्तिस्क विकास हुने बेलामा सुरु हुने गर्छ बच्चाको सामाजिक व्यबहार, भाशाको विकासमा असार गर्छ।




३.      लव एन्ड अदर ड्रग्स (Love and Other Drugs):
सन् २०१० मा रिलिज भएको जेक गेलिनहाल (Jake Gyllenhaal) एन्नी हाथ्वे (Anne Hathaway) अभिनित यो एउटा रोमान्टिक फिल्म हो। यस्मा एन्नी हाथ्वेले निभाएकी पात्रलाई पार्किन्सन्स डिजिज (Parkinson’s Disease) हुन्छ। यो रोगले गर्दा उनले उनीसँग सम्बन्धितहरुले भोग्नु परेका समस्याहरुलाई यो फिल्ममा देखाइएको छ। एन्नी हाथ्वेले पार्किन्सन्स रोगको विरामीको भूमिकामा राम्रो अभिनय गरेकी छिन्।

४.      पा (Paa):

यो फिल्ममा अमिताभ बच्चनको चरित्र 'औरो' लाई दुर्लभ वन्शानुगत रोग 'प्रोजेरिया/ Progeria' लागेको हुन्छ। त्यहि रोग त्यसले गर्दा उस्को परीवार उसलाई पर्ने दु:, बुवाआमासँगको उस्को सम्बन्धको बारेमा यो फिल्ममा देखाइएको छ। अभिसेख बच्चन (जो वास्तविक जीवनमा अमिताभ बच्चनका छोरा हुन्) ले 'औरो' को बुवाको भूमिका निभाएका छन्।







५.    तारे जमिन पर (Taare Zameen Par):
बलिवुडको सन् २००७ को उत्कृष्ट यो फिल्ममा मुख्य पात्र इशान (दर्शिल शफारी) लाई डिस्लेक्सिया (Dyslexia) अर्थात पढ्नलाई समस्या पर्ने एउटा मेडिकल अवस्था हुन्छ। त्यहि बिषयलाई लिएर बनाइएको यो फिल्ममा त्यस्ता बालबालिकाहरुलाई कसरी व्यबहार गर्ने, कसरी हौसला बढाउने भनेर राम्रोसँग देखाइएको छ।

६.      माइ नेम इज खान (My name is Khan):
यो फिल्ममा शाहरुख खानले एस्पर्जर सिन्ड्रोम (Asperger Syndrome) को रोगीको भूमिका निभाएका छन्। अटिजम (Autism) जस्तै लक्षण हुने यो रोगको कथालाई लिएर मुस्लिम समाज प्रतिको बढ्दो नकारात्मक सोचाइको विरोध गरेका छन्। यो फिल्ममा उनको अभिनय सर्हानिय छ।

यस्ता चलचित्रहरुले विभिन्न मेडिकल रोग/ अवस्थाहरुलाई (चाहे ती दुर्लभ नै किन नहुन्) आफ्ना कथावस्तुमा प्रस्तुत गरी जनमानसमा रोगहरु सम्बन्धी चेतना जगाउने काम गरेका छन्। यस्ता अरु पनि धेरै फिल्महरु छन्, तपाईंको सम्झनामा कुनै भए यहाँ लेख्न नबिर्सनु होला। अनि अर्को कुरा, हाम्रो नेपाली चलचित्रहरुले पनि यस्ता बिषयमा ध्यान दिनु पर्ने हैन ?




No comments:

Post a Comment