Saturday, May 12, 2018

विपन्न विरामी सहयोग कोष, २०७४ सालमा।

Add caption
२०७४ साल वैशाख देखी २०७५ वैशाखसम्ममा विपन्न विरामी सहयोग कोषबाट विरामीको उपचार लगायत विभिन्न काममा गरिएका सहयोगहरुको विवरण- 
सुनिता विक, २ वर्ष, प्युठान                                                                                 रु.,४००
कडा खालको निमोनिया भएर बुटवल रिफर गरिएको
शिव बहादुर केएम ३५ वर्ष, रातामाटा, प्युठान                                                     रु. ११,०००
निमोनिया र अत्यधिक रक्सी सेवनको समस्या (जिल्ला अस्पतालमै उपचार भएको)
राधा विक २७ वर्ष, मरन्ठाना, प्युठान नपा-९,                                                      रु. २२०० (६००+६००+५००+५००)
कडा मानसिक रोगको नियमित औषधीको लागि
वीर बहादुर नेपाली, प्युठान                                                                                   रु.,००० 
हड्डीको पुरानो संक्रमणको लागि भरतपुर अस्पताल रिफर गरिएको
विपना श्रेष्ठ, ९ वर्ष, मल्लरानी-३, प्युठान,                                                              रु.,०६०
क्षयरोग, निमोनिया, छातीमा पानी जमेको समस्याको लागि उपचार भएको
अन्जली परियार, ४ वर्ष, प्युठान न पा-८,                                                               रु.,०००
हातको हड्डी भाँच्चिएको रड हालेर जिल्लामै अप्रेशन गरेको, जिल्लामा पहिलो पटक गरिएको
अर्जुन केसी, झिम्रुक-३, प्युठान                                                                               रु.,०००
छाला प्रत्यारोपण गरिएको, जिल्लामै अप्रेशन भएको
तराईमा बाढीपीडितहरुको सहयोगको लागि DSON (Doctors Society of Nepal) बाट संचालित शिविरलाई दिईएको                                                                                               रु. ४०,०००
विमला परियार १२ वर्ष,लिवाङ-३, प्युठान                                                              रु. २६,०००
दाहिने खुट्टामा हड्डीको पुरानो संक्रमण, भरतपुर अस्पताल रिफर गरिएको
विनोद घर्ती मगर, १० वर्ष, प्युठान                                                                          रु.,०००    
नाक भित्र मासु पलाएको समस्याको लागि चितवन पठाएको
रोमे सार्की ५६ वर्ष प्युठान नगरपालिका ८,                                                          रु.,०००
फोर्नियर्स ग्याङग्रीन (Fourneir’s gangrene), जिल्लामै उपचार भएको
भुन बहादुर नेपाली, ४९ वर्ष, झिम्रुक गापा-१, प्युठान                                             रु.,०००
ढाड मुनी पारालाइसिस भएको विरामी (काठमाण्डौबाट एयर मेट्रेस मगाएर दिएको)
सिमा पुन, ३९ वर्ष अरेश-४, रोल्पा                                                 रु. ८६० (रक्तदानको लागि)
पेनसाइटोपेनिया(Pancytopenia) रगतका सबै खाले कोषहरु कम हुने रोग नेपालगंजबाट उपचार गराउने पैसा सकिएर फर्केको विरामी
कृष्ण दमाइ, ४० वर्ष, उदयपुरकोट, प्युठान                                                               रु. ८०००
छातीको सिटी स्क्यान गर्नको लागि सहयोग दिई पठाईएको
रमेश सार्की २० वर्ष, गोठगाँउ, रामेछाप                                           रु.,०००+,०००+ ,००० + ,०००
हेपाटाइटिस बी र कलेजो बिग्रेको विरामी, नियमित औषधी सेवनको लागि सहयोग गरिदै आएको
रुपलाल पुन, ३४ वर्ष, सल्यान                                                                                 रु. १५,०००
कालाजार रोग पत्ता लागे पनि उपचार खर्चको अभावमा घर फर्किएको, सल्यान जिल्ला अस्पतालका जीपी डा. प्रदीप शर्माको समन्वयमा सहयोग गरी बुटवल रिफर गरिएको
ईन्द्रम शाही, ३ वर्ष, स्वर्गद्वारी नपा-४, प्युठान                                                      रु.,५००
पोलिएको हातको जिल्ला अस्पतालमै उपचार भएको
करीश्मा थापा, ११ वर्ष, झिम्रुक गापा-७, प्युठान                                                     रु.,०००
हातको हड्डी भाच्चिएर भरतपुर अस्पताल रिफर गरिएको
सोमे घर्ती, ५ वर्ष, प्युठान                                                                                       रु.,०००
निमोनिया भएर दुवै फोक्सोमा पानी जमेको विरामी आम्दा बुटवल रिफर गरिएको
छोटु नेपाली ४ वर्ष ऐरावती-४, प्युठान                                                                  रु. ३०,०००
टाउकोको समस्याको कारणले बुटवल रिफर गरिएको
हरी बहादुर नेपाली, ४६ वर्ष, ऐरावती गापा-६, बिजुली                                            रु. १०,०००
३५ वर्ष पुरानो हर्निया पैसा अभावका कारण अप्रेशन नगराइ बसेका, जिल्ला अस्पतालमा नै अप्रेशन गरिएको
साजन विक ११ वर्ष, झिम्रुक गापा-५, ओखरकोट, प्युठान                                      रु.,०००
हातको हड्डी भाँच्चिएको अप्रेशन जिल्लामै गरिएको
केशवराज बस्याल, प्युठान                                                                                    रु. १०,०००
हर्नियाको अप्रेशन जिल्लामै गरिएको
कृष्ण दमाई, ४० वर्ष, उदयपुरकोट, प्युठान                                                             रु.,०००
छातीको सिटी स्क्यानको लागि बुटवल रिफर गरिएको
रेशमी केएम, ३० वर्ष, प्युठान                                                                                 रु. १०,०००
देब्रे खुट्टाको दुवै हड्डी भाँच्चिएको, भरतपुर सरकारी अस्पताल रिफर गरिएको
कर्णदेवी पुन, नौबहिनी गापा-२, लिगा, प्युठान                                                         रु. १०,०००
हर्नियामा आन्द्रा अड्केको अवस्थाको अप्रेशन गरी आन्द्रा काटेर जोडेको, हर्निया अप्रेशन गरेको, यस्तो खालको ठुलो अस्प्रेशन जिल्ला अस्पतालमै पहिलो पटक भएको।
मनोज झाँक्री, ९ वर्ष, नौबहिनी गापा-३, खवाङ, प्युठान                                            रु.,००० 
हातको हड्डी भाँच्चिएको अप्रेशन जिल्ला अस्पतालमै गरिएको
बीना बस्नेत, कपुरकोट गापा-६, सल्यान                                                                रु. १०,०००
स्टेरोइडले काम नगर्ने खालको कडा नेफोटिक सिन्ड्रोम (म्रिगौलाको समस्या)को लागि काठमाण्डौ रिफर गरिएको
ईश्वर घले, ३६ वर्ष, नवलपरासी                                                                               रु.,०००
फैलिएको क्षयरोग, रक्सी सेवन, सेप्सिसको कारणले जिल्ला अस्पतालमा मृत्‍यु भएको तर शव घरसम्म लैजान रकम अभाव भएकोले सहयोग गरिएको।
महिला                                                                                                                     रु.,०००
आगोले जलेर उपचारको क्रममा मृत्‍यु भएको
बाटुली केएम, २० वर्ष, प्युठान                                                                                 रु. १५,०००
रियुमाटिक हार्ट डिजिज (मुटुको भल्भ सम्बन्धी रोग) पैसा अभावमा अप्रेशन नगराई बसेको, कागजपत्र बनाएर सहयोग गरी गंगालाल मुटु अस्पताल पठाइएको
नेमबहादुर घर्ती, १० वर्ष, प्युठान                                                                            रु.,०००
भीरबाट लडेको विरामी, रिफर गरी पठाइएको
पवित्रा के एम, ४६ वर्ष, प्युठान                                                                              रु.,०००
निमोनिया, सेप्टिक शक, बुटवल रिफर गरिएको
पूर्ण बहादुर केसी, ५३ वर्ष, गौमुखी गापा-४, प्युठान                                              रु.,०००
फोक्सोमा पीप जमेको, छातीमा पाइप हालेर जिल्ला अस्पतालमै उपचार भएको
लिले घर्ती, ४९ वर्ष, सिर्प, रोल्पा                                                                             रु.,०००
फोक्सोमा पीप जमेको, छातीमा पाइप हाली जिल्ला अस्पतालमै उपचार गरिएको
तारा ग्वाम मगर, ११ वर्ष, मान्डवी गापा-२, प्युठान                            रु. ५२,००० (विभिन्न समयमा गरी)
फोक्सो र कलेजोमा ठूला फोकाहरु (हाइडटीड सिस्ट/Hydatid Cyst) भएको, २ वर्षअघी नै रोग पत्ता लागे पनि पैसा अभावमा उपचार नगरी बसेको, शुरुमा बुटवल पठाइएको, पछी अप्रेशनका लागि मनमोहन कार्डियोथोरासिक सेन्टर काठमाण्डौ पठाईएको
घन्द्र योगी, ४२ वर्ष, दाखा-१, प्युठान                                                                      रु.,५००
रक्सीको कारणले दिमागमा समस्या भई हिंड्न, उभिन समस्या भएको
पदम केएम, २२ वर्ष, प्युठान नपा-८                                                                        रु. २२,५००
तिघ्राको हड्डी भाँच्चिएकोले उपचारको लागि भरतपुर अस्पताल रिफर गरिएको, एम्बुलेन्सको भाडा तिरिएको।
विभिन्न विरामीहरुका लागि फार्मेसीबाट औषधीहरु किनेको                                  रु. १०,०३५

यो कोषबाट २०७४ सालभरीमा विभिन्न विरामीहरुलाई गरेर रु.,८६,३९५ रकम सहयोग गरियो। म प्युठान जिल्ला अस्पताल आएर यो कोष शुरु गरिसकेपछी गरिएको सहयोग रकम भने रु.,९८,३०५ पुगिसकेको छ। यो कोषमा अहिले पनि रु.,६०,४३२ बाँकी छ।

ससानो रकमको अभावमा निको हुनसक्ने रोगले पनि मान्छेले ज्यान गुमाएको वा पीडामा बस्नु परेको देखेर त्यसमा केही राहत दिन सकिन्छ कि भनेर यो 'विपन्न विरामी सहयोग कोष' शुरु गरिएको हो। पहिलेपहिलेका लेखहरुमा पनि यो कोषको उद्देश्य, कस्ता विरामीहरुलाई लक्षित गरिएको हो भनेर लेखिसकेको छु।

यो कोषबाट प्युठानका साथै रोल्पा, सल्यान, रामेछाप, ओखलढुंगा, नवलपरासी जिल्लाका विरामी साथै तराईका बढी पीडित जनताले पनि सहयोग पाएका छन्।

यो कोषमा धेरै जनाले समय समयमा र केहीले नियमितरुपमा नि:स्वार्थ भावनाले सहयोग गर्नु भएको छ। धेरैले आफ्नो नाम प्रकाशित नगरिदिनुहोला भन्ने अनुरोध गर्नुभएकोले दाताहरुको नाम समावेश गरेको छुइनँ। सबै सहयोगीहरुलाई हृदयदेखी नै धेरै धन्यवाद।


कतिले ठुलो ठाउँको ठुलो अस्पतालमा विरामी पुर्याउने बेलामा विरामीलाई बसपार्कसम्म लिन जाने, त्यहाबाट अस्पताल पुर्याउने, अस्पतालको बसाइको दौरान विरामी र उनका आफन्तलाई आफ्नो अमूल्य समय दिएर सहयोग गर्ने काम गर्नुभएको छ। गाँउका विपन्न विरामी जसका शहरमा कोही आफन्त छैनन्, चिनेका मान्छे छैनन्, ठूला अस्पतालमा बोलिदिने कोही हुन्नन्, तिनका लागि उहाँहरुको यो सानो सहयोग पनि ठुलो हुनजान्छ र उपचार सहज हुनेगर्छ र दुर्गमका ती विरामीले विरानो शहरमा पनि आफ्नोपन महसुस गर्ने गर्छन्। विरानो ठाउँमा आफ्नो मान्छेलाई झैं न्यानो सत्कार दिनुहुने सबै भोलेन्टियर साथीहरुलाई धेरै धन्यवाद। 

विपन्न विरामीहरुको उपचार गर्ने क्रममा प्युठान जिल्ला अस्पतालका सम्पूर्ण स्टाफहरु, बुटवल, चितवन, किर्तीपुर, काठमाण्डौका विभिन्न अस्पतालहरु(आम्दा अस्पताल, क्रीमसन अस्पताल, भरतपुर अस्पताल, किर्तीपुर अस्पताल, टिचिङ अस्पताल, मनमोहन कार्डियोथोरासिक सेन्टर आदी), त्यहाँका डाक्टरहरु, स्टाफहरुबाट भएको सहयोगको लागि धन्यवाद दिन चाहन्छु। साथै नेपाल सरकारले दिने गरेको नि:शुल्क औषधी (भनेजती उपलब्ध नहुने भए पनि) र कडा रोगहरुको नि:शुल्क उपचार सेवाले पनि धेरै सहयोग पुर्याएको छ।  

प्युठान जिल्लामा स्वास्थ्य बीमा सेवा लागू भईसकेको अवस्थामा अब यो कोषको रकम विपन्न विरामीको उपचारका साथसाथै विपन्न परिवारहरुको स्वास्थ्य बीमामा पनि प्रयोग गर्ने निर्णय गरेको छु। यस अन्तर्गत सरकारले तोकेको विपन्नको सूचीमा नपरेका, दीर्घ रोगी, जेष्ठ नागरिकहरुलाई प्राथमिकता दिइने छ।


अन्तमा, यो कोष पूर्णरुपमा विश्वासको आधारमा चलेको कोष हो। मेरो कामलाई विश्वास गरेर सहयोगी भावना राखी अहिलेसम्म विभिन्नरुपमा साथ दिनुभएका सम्पूर्ण महानुभावहरुलाई मेरो व्यक्तिगत र मेरा विरामीहरुको तर्फबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु।
बाँकी पढ्नुहोस् >>