रामकुमारीको सधैंजसो टाउको दुखिरहन्छ। टाउको दुखेको बेलामा वाकवाकी लाग्ने, वान्ता हुने पनि गर्छ। उनको टाउको यति नराम्रोसँग दुख्छ कि कहिलेकाहीं त उनलाई टाउको चर्किएर फुट्ला जस्तै लाग्छ। उनको कहिले आधा टाउको त कहिले पूरै टाउको उम्लिएको जस्तै गरी दुख्छ। कति ठाँउमा जँचाइसकियो, कति डाक्टरलाई देखाइसकियो, तैपनि ठिक भएको हैन। एक्सरे को त के कुरा सिटी स्क्यान नै तीनचार पटक गरिसकियो, तैपनि न रोग पत्ता लाग्छ न त ठिक नै हुन्छ।
रामकुमारीलाई के भएको होला त?
माइग्रेन भनेको के हो?
माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो। यो रोग भएका विरामीको टाउको भित्रका, मस्तिष्कका रक्तनलीहरु समयसमयमा फूक्ने गर्नाले ती रक्तनलीहरुका वरीपरीका स्नायुहरु (नसाहरु) तन्किन्छन् र ती स्नायुहरुले विभिन्न प्रकारका रसायनहरु निकाल्न थाल्छन्, जसले टाउकोभित्र इन्फ्लामेसन (Inflammation) गराएर टाउको दुख्ने तथा माइग्रेनका अन्य लक्षणहरु देखिने हुन्छ। टाउको र मस्तिष्कका रक्तनलीहरु किन त्यसरी फूक्ने गर्छन् भन्ने कुराको चाहिँ निश्चित कारण पत्ता लागेको छैन।
माइग्रेनका लक्षणहरु के के हुन्?
माइग्रेन एउटा क्रोनिक (लामो समयसम्म रही रहने) रोग हो र यसका लक्षणहरु बेलाबेलामा बल्झिरहने र पूर्णरुपमा ठिक हुन निकै नै गाह्रों हुने हुन्छ। यसमा प्राय: गरेर टाउकोको एक भागमा मात्र दुख्ने हुन्छ तर करिब एक तिहाइ विरामीमा यो दुवैतिर हुने गर्छ। साथै कहिले टाउकोको एकपट्टि र कहिले अर्को पट्टि दुख्ने गर्छ। यसमा टाउको टनटनी दुख्ने, बुलुकबुलुक उफि्रएको जस्तो गरी दुख्ने, कहिलेकाही आँखाका गेडाहरु दुख्ने, निधारतिर दुख्ने, घाँटीतिर दुख्ने पनि गर्छ। यसमा टाउको दुखाइको साथसाथै वाकवाकी लाग्ने, वान्ता हुने, उज्यालो प्रकाश, हल्ला, आवाज सहन नसक्ने, हातखुट्टा चिसो हुने आदि हुन्छन्। त्यसैले पनि यो टाउको दुखाइले समाएपछि विरामीहरु प्राय: अध्यारो कोठामा कसैसँग नबोली बस्दा आराम भएको महसुस गर्छन्।
यसको टाउको दुखाइ बल्झिनुभन्दा अघि कसैकसैमा (लगभग ४० देखि ६०%मा) चिडचिडापन आउने, निद्रा लागेको जस्तो हुने, लगातार हाई आइरहने, थकाई लागेको जस्तो हुने, मिजाजमा एक्कासी परिवर्तन आउने (डिप्रेशन/ Depression वा युफोरिया/ Euphoria) हुने आदि हुन्छ।
यसको टाउको दुखाइ करिब ६ देखि ४८ घण्टासम्म रहने गर्छ। त्यस्तै माइग्रेनको टाउको दुखाइ सकिएको करिब २४ घण्टासम्म विरामीले थकान महसुस गर्ने र मन्द टाउको दुखाइ महसुस गर्ने गर्छन्।
माइग्रेनमा औरा (Aura) भनेको के हो?
माइग्रेन भएको करिब २०% विरामीमा टाउको दुखाइ शुरु हुनु भन्दा अघि अनौठो प्रकारका लक्षणहरु देखिन्छन्। कसैले आँखा अगाडि चम्किला प्रकाशका उज्यालाहरु यताउति छरिएका देख्ने गर्छन् भने कसैले आँखा अगाडी कालो धब्बा देख्ने गर्छन्। त्यस्तै कसैकसैले अनौठो आवाजहरु सुन्ने गरेको वा अनौठो गन्ध महसुस गरेको पनि भन्ने गर्छन्। माइग्रेन टाउको दुखाइ अघिका यी लक्षणहरुलाई औरा (Aura) भनिन्छ। लामो समयदेखि माइग्रेन भएको विरामीहरुले यी लक्षणहरुका आधारमा आफूलाई टाउको दुखाइ शुरु हुन लागेको थाहा पाउँछन्।
माइग्रेन विभिन्न प्रकारका हुन्छन्। मष्तिस्कको कुन भागमा माइग्रेनको असर भएको हो, त्यस अनुसार लक्षणहरु फरकफरक देखिने गर्छन्।
भरटिब्रो बेसिलर माइग्रेन (Vertibro-basilar Migraine) - मष्तिस्कको ब्रेन स्टेम (Brainstem) भनिने भाग (सन्तुलन र होसमा राख्ने कार्य गर्ने मष्तिस्कको तल्लो भाग) मा माइग्रेनको असर परेको छ भने औराको रुपमा विरामी बेहोस हुने साथै रिंगटा, चक्कर लाग्ने, कुनैपनि वस्तु दुईटा देखिने (Double vision) गर्छ।
हेमीप्लेजीक माइग्रेन (Hemiplegic Migraine) - माइग्रेनको टाउको दुखाइसँगसँगै कसैकसैमा शरीरको कुनै भाग नचल्ने/ प्यारालाइसिस हुने (तर प्राय: गरेर केहि समयको लागि मात्र) गर्छ।
माइग्रेन रोग नै हो भनेर कसरी पत्ता लाग्छ?
माथि भनिएका लक्षणहरुको आधारमा माइग्रेन रोग हो भनेर अनुमान लगाउन सकिन्छ। यसको लागि कुनै निश्चित जाँच छैन र डाक्टरले गर्ने शारिरीक जाँचमा पनि प्राय:मा केहि पनि खराबी नदेखिने हुन्छ।
तर यो टाउको र मष्तिस्कका अन्य विभिन्न गम्भिर समस्याहरु (सबएराक्नोइड हेमोरेज/ Subarachnoid hemorrhage, स्ट्रोक/ Stroke, ब्रेन ट्युमर/ Brain Tumor, मेनिन्जाइटिस/ Meningitis) आदी सँग झुक्किने भएकोले ती रोगहरुबाट छुट्ट्याउनका लागि लक्षणहरु अनुसार डाक्टरको सल्लाहमा रगतको जाँच, टाउकोको सिटी स्क्यान, एम आर आइ, ढाडबाट पानी निकालेर गरिने जाँच आदी गर्न सकिन्छ।
यसको उपचार के हो?
यहाँ बुझ्नुपर्ने कुरा के छ भने माइग्रेनको उपचारले यो पूरा ठिक हुने र भविष्यमा कहिले पनि नदोहोरिने एकदमै कममा मात्र हुन्छ। तर त्यसो भनेर निरास हुनुपर्ने अवस्था छैन किनकी माइग्रेनका लक्षणहरु कम गर्ने, विरामीको दैनिक जीवन सजिलो बनाउने विभिन्न उपचार पद्दतीहरु हामीसँग उपलब्ध छन्।
यसको उपचारका दुई भागहरु छन्।
१. टाउको दुखाइ (माइग्रेन अट्याक) शुरु भैसकेपछि सो कम गर्न गरिने उपचार
यसमा सामान्य टाउको दुखाइका औषधीहरु जस्तै पारासिटामोल र NSAIDs (ब्रुफेन, नाप्रोक्सेन आदि) का साथै माइग्रेनमा प्रयोग गरिने विशेष औषधीहरु जस्तै ट्रिप्टान, एर्गोट समूहका औषधीहरु पर्छन्। पारासिटामोल र ब्रुफेनहरु टाउको दुखाइको शुरुवातसँगै सामान्य रुपमा प्रयोग गर्न सकिन्छ। तर यिनीहरु प्रयोग गर्दा यिनका खराब असरहरु (पारासिटामोलको अत्यधिक सेवनले कलेजोमा पार्ने खराब असर, ब्रुफेनको अत्यधिक प्रयोगले मृगौलामा पार्ने खराब असर) र अन्य औषधीहरु पनि सेवन गरिरहेको भए तिनीहरुसँग गर्ने प्रतिकि्रया बारे पनि ख्याल राख्नुपर्छ। त्यसैले अन्य औषधीहरु पनि खाइरहेको भए वा अन्य रोगहरु पनि भएको अवस्थामा डाक्टरको सल्लाहमा मात्रै यी औषधीहरुको सेवन गर्नु उचित हुन्छ।
यी औषधीहरु सिटामोल, आइबुप्रोफन, क्याफिन/ Caffeine, वान्ता रोक्ने औषधी मेटोक्लोप्रामाइड/ Metoclopramide आदीका विभिन्न कम्बिनेसनहरुमा पाइन्छन्।
टाउको दुखाइ सामान्यभन्दा बढि भएको अवस्थामा माथि भनिएका औषधीहरुले काम नगर्न सक्छन्। त्यस्तो बेलामा ट्रिप्टान र एर्गोट समूहका औषधीहरु प्रयोग गरिन्छन्। यिनीहरुले माइग्रेन हुने कारणलाई नै कम गर्छन् अर्थात् रगतका फूलेका नलीहरुलाई खुम्चाउने काम गर्छन्। त्यसैले माइग्रेनमा यिनीहरु सामान्य दुखाइका औषधीहरुभन्दा बढि प्रभावकारी हुन्छन् तर यिनीहरुले माइग्रेन गराई रहेका रक्तनलीहरुलाई मात्र नभई अन्य अँगहरुका रक्तनलीहरुलाई पनि खुम्चाउने भएकोले मुटु, मष्तिस्क जस्ता विभिन्न अँगहरुमा खराब असरहरु देखिन सक्छन्। साथै यी औषधीहरु गर्भवती महिलाहरुमा प्रयोग गर्नु हुदैंन।
ट्रिप्टान (Triptan) समूहका केहि औषधीहरु:-
सुमाट्रिप्टान/ Sumatriptan, जोलमीट्रिप्टान/ Zolmitriptan, रिजाट्रिप्टान/ Rizatriptan
एर्गोट (Ergot) समूहका केहि औषधीहरु:-
एर्गोटामीन/ Ergotamine, डाइहाइड्रो एर्गोटामीन/ Dihydroergotamine
नोट:- डाक्टरको सल्लाह विना यी औषधीहरुको सेवन गर्नुहुदैंन।
यी औषधीहरुका साथै अँध्यारो कोठामा सुत्नाले पनि सामान्य माइग्रेनमा विरामीले आराम महसुस गर्छन्। त्यस्तै टाउको दुखाइ अलिअलि मात्रै भएमा बरफको प्रयोग गर्ने, ध्यान गर्ने, आराम गर्ने पनि गर्न सकिन्छ।
२. भविष्यमा कम माइग्रेन अट्याक होस् भनेर गरिने उपचार (प्रोफाइल्याक्टिक उपचार/ Prophylactic treatment)
यो दुइ तरिकाले गर्न सकिन्छ।
क) माइग्रेन गराउन सक्ने कारक तत्वहरुबाट टाढा रहने
विभिन्न वातावरणीय कुराहरु र शारिरीक कुराहरुले माइग्रेन टाउको दुखाइ निम्त्याउन सक्छन्। यो विरामी अनुसार फरक फरक हुन्छन् र कमैले मात्र ‘यहि कारणले मलाई माइग्रेन निम्त्याउछँ’ भनेर थाहा पाँउछन्। मानसिक वा शारिरीक तनाव, अनिद्रा, खाली पेट बस्नु, जाँडरक्सी सेवन, चुरोटको धँवा, एमएसजी (MSG), टाइरामीन (Tyramine) भएका खाना, चीज (Cheese) चकलेटको सेवन, चम्किला झिमझिम गरिरहेका बत्तीहरु, महिनावारीको बेलामा हुने हर्मोनहरुको गडबडी आदी विभिन्न कारणहरुले माइग्रेन निम्त्याउने गर्छन्। यो कुरा थाहा भएमा उक्त कुराबाट टाढा बसी माइग्रेनको अट्याक कम गर्न सकिन्छ।
ख) माइग्रेनको अट्याक कम गराउने औषधीहरुको सेवन गर्ने
प्रोफाइल्याक्टिक औषधीहरुको सेवनले माइग्रेन अट्याक कहिल्यै पनि नहुने होइन तर यसको बारम्बारता र बल्झिरहने क्रम कम हुन्छ। निम्न औषधीहरु यो उद्देश्यले प्रयोग गर्ने गरिन्छन्।
१. बिटा ब्लकर (Beta blockers)
प्रोपानोलोल/ Propanolol, एटेनोलोल/ Atenolol, मेटोप्रोलोल/
Metoprolol, नाडोलोल/ Nadolol आदी
२. क्यालसियम च्यानल ब्लकर (Calcium Channel Blockers)
डील्टियाजाम/ Diltiazam, भेरापामील/ Verapamil आदी
३. ट्राइसाइक्लिक एन्टि डिप्रेसेन्ट/ टिसीए (Tricyclic
Antidepressants/ TCAs)
एमीटिप्टालीन/ Amitryptiline, नर टिप्टालीन/ Nortriptiline,
डोक्सेपिन/ Doxepin, इमीप्रामीन/ Imipramine आदी
४. एन्टि कन्भल्सेन्ट (Anticonvulsants)
भाल्प्रोइक एसिड/ Valproic Acid, फेनोबारबीटोल/
Phenobarbitol, गाबापेन्टिन/ Gabapentin आदी
यी औषधीहरुका विभिन्न खराब असरहरुको साथसाथै अन्य रोगहरु र औषधीहरुसँग प्रतिकि्रया गर्ने भएकाले डाक्टरको सल्लाहमा मात्र यिनीहरुको प्रयोग गर्नुपर्छ। त्यस्तै सबैमा यी औषधीहरुको प्रयोग गर्नुभन्दा अत्यधिक मात्रामा टाउको दुख्ने, महिनाको दुई पटक भन्दा बढि माइग्रेन अट्याक हुने, माइग्रेनले दैनिक जीवनमा धेरै नै असर गरेको अवस्थामा मात्र प्रयोग गर्ने गर्नुपर्छ। यी औषधीहरु लगातार रुपमा लामो समयसम्म खाइरहनुपर्ने हुन्छ।
माइग्रेनका विरामीहरुले के के गर्नुपर्छ?
१. माइग्रेन अट्याक वा टाउको दुखाइ कहिले कहिले हुन्छ, के गर्दा हुन्छ, के खाँदा हुन्छ भनेर ध्यान पुर् याउनुपर्छ। विभिन्न कुराहरुले यो टाउको दुखाइ हुने अवस्था सिर्जना गरिरहेका हुन्छन्। र त्यसरी ध्यान पुर् याइयो वा ख्याल राखियो भने पछि ती कुराहरुबाट बचेर माइग्रेन अट्याकलाई कम गर्न सकिन्छ।
२. यसको बारेमा धेरै भन्दा धेरै जानकारी लिनुपर्छ। आफ्नो रोगको बारेमा थाहा भएमा त्यसको असर देखिएको बेलामा के गर्ने भनेर थाहा हुन्छ।
३. जाडरक्सी, चुरोटको सेवन कम गर्ने, लामो समयसम्म खाली पेट नबस्ने, निद्रामा गडबडी हुन नदिने, ध्यान गर्ने, स्वस्थ खानाको सेवन गर्ने जस्ता जीवन पद्दतीमा परिवर्तन ल्याएर पनि माइग्रेनको अट्याकहरुलाई कम गर्न सकिन्छ।
स्रोतहरु:-
yaha lekheko jastai malai 2-3 din dekhi astai vai raheko 6 ..tauko tan-tan dukha6.. ani bihan afno manle uthana khojda pani tauko ko dukhai ka karanle ma uthana sakdin pahila chadai uthane man6e ahile ma 12 ghanta jasti sut6u.tauko ma badal lageko jasto gari susta kisimle chali raheko 6a exam aaearaheko 6a padhana pani saki raheko 6ain ..asto belama maile k garda chai upukta hola dr.sahab. k malai maigren nai bhako ho ? pahila pahila tauko dukhanne banta aaune hunthiyo akpatti tauko pani dukhathiyo ahile ra mero purai tauko dukhi ra 6a.pls ramro hospital kun hola batai dinuhola.
ReplyDeleteरोशन जी, तपाईंको पहिले पनि टाउको दुख्ने र माथि भनिएका जस्तै लक्षणहरु देखिने कुरा विचार गर्दा समस्या माइग्रेन जस्तो नै देखिन्छ, तर यकिनका साथ भन्न र उपचार गर्न त नजिकको चिकित्सकसँग जचाएर सल्लाह लिनैपर्ने हुन्छ। त्यही पनि आपत्कालिन स्थितीको लागि माथि भनिए जस्तै दुखाइ काम गर्ने औषधी सेवन गरी चिकित्सकलाई भेट्न सकिन्छ।
Deletedr.samir g maigren vayo ho la vaner ma nikai chintit vako thiea tara malai check up gare pa6i taha vo malai "thyphiod" bheako rahe6a aausadhi seban gareko 2 din mai thik pani vayo malai.maile dr.g lai sodhada maigren vako ma6elai kahile pani joro aaudain vannu vako thiyo ? so tapaiko amulya sujhab ko lagi thanx...
DeleteDear sir. Mero mom ko tauko dukhi rahanthiyo ra pachi bhairawa medical college ma admit gare pachi dr. Le ct scan gare pachi migraine vayeko vannu vayo. Ahile mom le medicine lina lageko 4-5 month vayo ra medicine chae alin25mg ra sibellium10mg khanu hun6. Tara kahile kahi yek dam jor le tauko dukcha vannu hun6 ra nausea pane hun6. K vayeko ho plz detail ma reply garidinu la ane hajur sanga contact kasari garne.
ReplyDeleteशम्भु जी, प्रश्नको लागि धन्यवाद। तपाईंको आमाको समस्या 'माइग्रेन' भनेर उहाँलाई जाच्ने डाक्टरले भन्नुभएको रहेछ। टाउको दुखाइको प्रक्रिति, विरामिको जाँच र नर्मल सिटी स्क्यान सबै हेरेर नै डाक्टरले 'माइग्रेन' हो भन्नुभएको होला। 'माइग्रेन रोग'को बारेमा माथिको लेखबाट पनि धेरै कुरा थाहा पाउन सकिन्छ। तपाईंको आमाले खाइरहनु भएको औषधीहरु Alin 25mg, Sibelium 10mg माइग्रेन अटेक/Migraine Attack अर्थात टाउको दुखाइको frequency कम गर्न अर्थात छिटोछिटो टाउको नदुखोस् भनेर प्रोफाइलेक्सिस/prophylaxis को लागि दिइएको हो। तैपनि यस्लाई पूर्ण रुपमा निर्मुल गर्न गार्है हुन्छ। त्यसैले बेलाबेलामा डाक्टरलाई देखाइरहने र डाक्टरसँग यो रोगको बारेमा व्रिस्त्रित छलफल गर्ने गर्नुहोला। हामी यो ब्लग अथवा यसको फेसबुक पेजबाट निरन्तर संपर्कमा रहन सक्छौ।
DeleteIts realy gread side. Thanks alot.
ReplyDelete