घरमा तीनवटा बच्चा छन् रे उनका, यो आठौ गर्भ हो रे, अरु कोइ पेटमै खेर गए, कोइ जन्मेर खेर गए रे। लेखाजोखा नै छैन, उनलाई याद नि छैन। पछील्लो बच्चा जन्मेपछी पाठेघर खस्ने समस्या भएर पाठेघर फालेको रे। कालिकोट मान्मको शिविरमा फालेको भन्थिन्। अहिले गर्भवती भएर आएकी थिईन्। हुनै नसक्ने कुरा। पाठेघर नै फालेपछी कसरी गर्भ बस्छ, कहाँ गर्भ बस्छ। हुन त उनी अति नै विपन्न, चेतनाको स्तर न्युन भएकी देखिन्थिन्। गाउघरका धेरैजसो विरामी यस्तै हुने रहेछन्। आफ्नो अवस्थाको बारेमा केही थाहा नहुने, के औषधी खाएको, के अप्रेसन गरेको त झनै थाहा हुने कुरै भएन। उनलाई आफ्नो पाठेघर फालिएको भन्ने चै शायद शिविरमा उपचार पछी कसैले भनेको थियो होला। उनको साथमा कोइ बुझ्ने मान्छे आएको छ कि भनेर सोद्धा जेठी श्रीमतीको छोरा आएका रहेछन्, उनलाई धेरै थाहा नभए नि "शिविरमा आङ खस्ने समस्याको उपचार गरेको, त्यो बेला अरुहरुको पनि पाठेघर फालेको थियो" भनेर मात्रै भन्न सके। पेटमा सुन्दा खेरी बच्चाको मुटुको धड्कन चै सुनिन्थ्यो। पेटमा काटेको दाग केही नभए पनि तलबाट जाच्दा औंला हाली जाच्दा भने योनी एकदम साघुरिएको थियो। सिजेरियन अप्रेसन गरियो, पाठेघर सङ्लै थियो, बच्चा राम्रै भयो।
उनको पाठेघर निकालिएकै थिएन। पाठेघर खस्ने समस्याको लागि योनीमार्गको अप्रेसन (Pelvic floor repair) मात्रै गरिएको थियो कि, उनलाई बुझाउदा पाठेघर नै फालेको भनेर पो बुझिन् कि। अथवा पाठेघर नै ननिकाली निकालेको पो भनेका हुन् कि। जे पनि हुनसक्छ।
मैले यहाँ भन्न खोजेको चै हाम्रो उपचार प्रणालीमा 'डकुमेन्टेसन'को कमजोरी र स्वास्थ्य प्रणालीमा गरिनुपर्ने सुधार बारे हो। ती महिलाको के उपचार, अप्रेसन गरिएको थियो भनेर लिखित रेकर्ड कतै भएको भए यति 'कन्फ्युजन' नै हुन्थेन। हो, विरामीलाई के कस्तो उपचार, अप्रेसन भनेर सबै बुझाउन सकिदैन, सबैको त्यत्तिको मेडिकल ज्ञान पनि हुँदैन। तर कुनै पनि विरामीको उपचारको कतै रेकर्ड हुने सिस्टम भयो भने त्यो व्यक्तीको जिन्दगी भरको लागि सजिलो हुन्छ।
हाम्रोमा कती विरामी अस्पताल आउनु अघी नै विभिन्न एन्टीवायटिक, थरीथरीका औषधी खाएर आएका हुन्छन्, के खानुभाथ्यो भनेर सोध्यो भने नाम थाहा हुने त कुरै भएन अनी एउटा सेतोसेतो लामो ट्याब्लेट थ्यो, अर्को गुलियो गुलियो झोल थ्यो, दिनको ३ पटक खाने, यस्तै यस्तै भन्छन्, त्यसैका आधारमा अन्दाज मानेर यो खाएको होला भनेर चल्नुपर्ने हुन्छ। कति बेला पहिल्यै चलेको औषधी फेरी दोहोरिन्छ, भन्न सकिदैन। कसै कसैले पुराना कागजात, औषधीहरुको थुप्रो बोकेर आएका हुन्छन्, कतिले त के बोक्ने के नबोक्ने थाहा नपाएर औषधीको, जाचहरुका बिलहरु पनि लिएर हिड्छन्। पुराना प्रेस्क्रिप्सनहरु पनि कहिले कस्कोमा देखा'को हुन्छ, कहिले कस्कोमा। एउटै औषधी दोहोरिएको हुन्छ, एउटै जाच अनावश्यकरुपमा पटक पटक भईरहेका हुन्छन्, पैसा अनावश्यक खर्च भईरहेको हुन्छ, समस्या जहिको तही हुन्छ। विरामीले नि पटक पटक डक्टर फेरेको भएर डक्टरसँगको कुनै स्थायी सम्बन्ध अनुभव गर्न पाएका हुँदैनन्, डक्टरहरुले नि ४-५ मिनेटको भेटमा विरामीलाई खासै केही सेवा दिन सकिरहेका हुँदैनन्।
त्यसो भने हुनुपर्ने के हो त? कस्तो हो त?
खासमा हुनुपर्ने के भने कुनै एउटा निश्चित क्षेत्रको लागि एउटा एमडीजीपी डक्टर वा फेमिली डक्टर हुनुपर्छ, जस्को जिम्मामा त्यो क्षेत्रका सबै महिला, पुरुष, बच्चा, बुढाबुढी, सबैको स्वास्थ्य अवस्थाको हेरचाह हुनुपर्छ। कुनै महिला गर्भवती भईन् भने गर्भावस्थाको जाच गर्ने, टिटी सूई लाउने, आइरन चक्की खाने आदी सबै काम उसैको मातहतमा हुनुपर्छ, र त्यो सबको रेकर्ड उसको अफिसमा हुनुपर्छ। र केही गरेर रिफर गर्नुपर्यो भने उसले नै केन्द्रको स्त्री रोग विशेषज्ञकोमा रिफर गर्ने र रिफरको बेला आवश्यक जानकारी सम्बन्धित विशेषज्ञकोमा पठाउने जिम्मा नि उही डक्टरको हुनुपर्छ। त्यसै गरी त्यो क्षेत्रका हरेक बच्चाबच्चीको स्वास्थ्य अवस्था, खोप लाए नलाएको रेकर्ड, जन्मको बेलाको रेकर्ड, प्रत्येकपल्ट विरामी हुँदा, अस्पताल भर्ना हुँदाको रेकर्ड त्यो क्षेत्रको जीपीको अफिसमा हुनुपर्छ। त्यस्तै क्यान्सर, उच्च रक्तचाप, मधुमेह जस्ता विभिन्न दिर्घरोगहरुको पनि नियमित फलोअप उनैको अफिसबाट हुनुपर्छ। केन्द्रका ठुला अस्पतालहरुमा भर्ना भएर, अप्रेसन गरेर फर्केका विरामीहरुको पनि फलोअप गर्नको लागि क्षेत्रकै जीपीको माध्यमबाट गरिनुपर्छ, जसले गर्दा विरामीलाई नि शहर नै धाउनुपर्ने झन्झट हुँदैन र डक्टर-डक्टर बीचको कम्युनिकेसनबाट फलोअप हुने हुँदा गलत जानकारी जाला भन्ने डर पनि हुँदैन। साथै जीपीले आफ्नो क्षेत्रका विरामीको रिफरलका लागि व्यवस्था मिलाउने, केन्द्रका स्पेसलिस्टलाई विरामीको मेडिकल रेकर्ड उपलब्ध गराउने, गरिएको उपचार, औषधीका बारेमा थाहा दिने, केही नबुझिएको भए थप जानकारी दिने अनी विरामीको मेडिकल प्रवक्ताको रुपमा काम गर्ने पनि गर्नुपर्छ।
प्राय: विकसित देशहरुमा यस्तै खाले मेडिकल प्रणाली सरकारीरुपमा नै लागू भएको हुन्छ। यसले जनताको स्वास्थ्य अवस्थाको रेकर्ड राम्रो रहन्छ, विरामीलाई आफ्नो स्वास्थ्य समस्या आफ्नो क्षेत्रको जीपी वा फेमिली डक्टरलाई भन्ने भनेर निश्चित हुन्छ, विरामीको उपचारमा निरन्तरता हुन्छ, रिफरलको राम्रो सिस्टम नि बस्छ, कम्युनिकेसन ग्याप पनि हुँदैन। सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न सरकारीरुपमै स्वास्थ्य विमा गर्ने कानुन ल्याएर त्यस अन्तर्गत यस्तो प्रणाली बसाल्न सक्यो भने हाम्रो पनि स्वास्थ्य क्षेत्र व्यवस्थित भएर जान्थ्यो कि।
शुरुको केसमा शायद हाम्रो स्वास्थ्य सेवा प्रणाली नमिलेको हो, कुनै मेडिकल चमत्कार भएको हैन।