स्रोत: इन्टरनेट |
प्युठान जिल्ला अस्पतालमा पनि नवजात शिशुमा देखिने जन्डिसको लागि नीलो बत्तीमा राखेर गरिने उपचार प्रविधी (फोटोथेरापी) शुरु गरिएको छ। ठुलामा देखिने जन्डिसभन्दा अलि भिन्न खालको हुने नवजात शिशुको जन्डिस धेरैजसो सामान्य खालको नै हुन्छ। कसैकसैमा यसको मात्रा धेरै नै बढी भएमा यस्तो नीलो बत्तीमा राखेर यसको उपचार गर्ने गरिन्छ।
प्युठान जिल्ला अस्पतालमा फोटोथेरापी दिदैं गरिएको। |
जन्डिस भनेको के हो?
सामान्य भाषामा भन्दा पहेंलो देखिनुलाई 'जन्डिस' भनिन्छ। जन्डिस
एउटा रोग होइन, यो एउटा लक्षण
मात्र हो र धेरै रोग तथा समस्याहरुमा जन्डिस देखिन्छ। पहेंलो देखिने कारण रगतमा 'बिलीरुबीन' भन्ने पहेंलो
पदार्थको मात्रा बढ्नाले हो। यो रगतमा भएको राता रक्तकोषहरु मरेर बन्ने गर्छ।
नवजात शिशुमा किन जन्डिस देखिन्छ?
३७ हफ्ताभन्दा बढि समय पुगेर जन्मिएका लगभग ६०% र त्यसभन्दा
अघि(समयभन्दा अघि)जन्मिएका ८०% नवजात शिशुहरुमा केहिनकेहि मात्रामा जन्डिस देखिनेगर्छ।
शिशु गर्भमा रहँदा उसको शरीरका धेरै कृयाकलापहरुका लागि आमामा निर्भर रहन्छ, यो काम साल वा
प्लासेन्टाको मद्धतले भैरहेकोहुन्छ। पहेंलो पदार्थ बिलिरुबीन पनि यसैले नै शिशुको
शरीरबाट बाहिर लैजान्छ। तर जन्मपछि यो काम शिशुको आफ्नै कलेजोले गर्नथाल्छ जसका
लागि कलेजो पूर्णरुपमा सक्षम भैसकेको हुदैंन। त्यसैले जन्मपछिका शुरुका केही
दिनहरुमा शिशुको रगतमा बिलिरुबीनको मात्रा बढेर जान्छ र जन्डिस देखिन्छ। यसलाई
मेडिकल भाषामा 'फिजियोलोजिकल
जन्डिस' भनिन्छ।
यसका साथै कहिलेकाहीं बच्चा र आमाको ब्लडग्रुप नमिल्दा, बच्चामा विभिन्न
वंशानुगत रोगहरुका कारणले,
संक्रमणका कारणले
पनि जन्डिस देखिनसक्छ।
मेरो बच्चालाई जन्डिस भएनभएको कसरी थाहा पाउन सक्छु?
पहेंलो पदार्थ बिलीरुबीनको मात्रा बढि हुने हुनाले जन्डिस
भएको बच्चा पहेंलो देखिन्छ। घामको उज्यालोमा बच्चा पहेंलो भएनभएको राम्ररी छुट्याउन
सकिन्छ। बच्चाको निधारमा,
छातीमा वा
हातखुट्टामा औंलाले केहीबेर थिचेर छोड्दा त्यहाँ पहेंलो देखिन्छ/देखिदैंन, त्यो हेरेर
जन्डिस छ/छैन थाहा पाउन सकिन्छ। जन्डिस टाउको, अनुहारबाट शुरु भएर रगतमा त्यसको मात्रा बढ्दै जाँदा क्रमश:
छाती, पेट, हातखुट्टा र
हत्केला, पैतालामा
देखिन्छ।
के यो मेरो बच्चाको लागि हानिकारक हुन्छ?
हुनसक्छ। बच्चा कति महिना/हप्तामा जन्मेको हो, कति दिनको भयो, कति तौलको छ, अन्य समस्याहरु
पनि छ/छैन, त्यस अनुसार
निश्चित मात्रा सम्मको जन्डिसलाई सामान्य मान्न सकिन्छ। त्यसभन्दा बढि भएमा
जन्डिस(अर्थात बिलिरुबिन)बच्चाको दिमागमा जम्मा भई पछिसम्म पनि त्यसको असर
देखिनसक्छ।
बच्चालाई जन्डिस देखिएपछि आमाले केके बार्नुपर्छ?
केही पनि बार्नुपर्दैन। बच्चाको जन्डिस आमाको कारणले नभै
बच्चाको आफ्नै शरीरभित्रको परिवर्तनका कारणले देखिएको हुनाले आमाले चिल्लो खाना, माछामासु केही
पनि बार्नुपर्दैन। खाना बार्नाले आमाको शरीरको दूध उत्पादन क्षमतामा कमि आइ
बच्चालाई दूध नपुगेर जन्डिस झन बढ्नसक्छ। त्यसैले बच्चालाई जन्डिस भएको बेलामा
आमाले सामान्य पौष्टिक खाना खानुपर्छ।
जन्डिस देखिएको नवजात शिशुहरुमा केके कुरामा ध्यान दिनुपर्छ?
नवजात शिशुहरुमा देखिने जन्डिस धेरैजसो 'फिजियोलोजिकल' नै हुन्छ अर्थात
त्यो माथि भनिएजस्तो बच्चाको कलेजोले राम्रोसँग आफ्नो काम गर्न नसकेकोले देखिन्छ।
तर कहिलेकाहीं यही फिजियोलोजिकल जन्डिसको मात्रा पनि धेरै बढेर बच्चालाई हानि
पुर्याउनसक्छ। जस्तै: आमा र बच्चाको ब्लडग्रुप नमिल्दा(विशेषगरी आमाको 'ओ'पोजिटिभ/नेगेटिभ
र बच्चाको अरु भएमा), बच्चालाई दूध
राम्रोसँग नपुगेमा, जन्मको बेला
बच्चाका टाउकोमा, अन्य कतै चोटका
कारण रगत जमेमा, मधुमेह भएका
आमाको बच्चाहरुमा, बच्चाले ढिलो
दिसा गरेमा, बच्चालाई भ्रुण
अवस्थामा पाठेघरभित्रै संक्रमण भएमा आदि। यदी जन्डिसको लेभल सामान्य भन्दा बढि
भएमा त्यसका लागि उपचार गर्नुपर्छ, त्यसैले आफ्नो बच्चाका जन्डिस कत्तिको कडा देखिएको छ, टाउको/छातीमा मात्र
नभै हत्केला/पैतालामा पनि देखिएको छ/छैन हेर्नुपर्छ।
साथै बच्चाको अवस्था कस्तो छ, दूध राम्ररी चुस्न सक्छ कि सक्दैन, खाएको सबै वान्ता
गर्छ कि, उठाउँदा उठ्छ कि
उठ्दैन, कत्तिको रुन्छ
जस्ता खतराका लक्षणहरु देखिएको छ/छैन विचार पुर्याउनुपर्छ।
बच्चालाई जन्डिसका साथै माथिका लक्षणहरु पनि देखिएमा
तुरुन्त अस्पताल लैजानुपर्छ।
यसको लागि के उपचार गर्नुपर्छ?
सामान्य मात्राको 'फिजियोलोजिकल जन्डिस' बच्चालाई राम्रोसँग दूध खुवायो भने ७-१० दिनभित्रमा हराएर
जान्छ। बच्चालाई नपोल्ने र चिसो पनि नलाग्ने गरेर घाममा राख्नाले पनि जन्डिस घटाउन
मद्धत पुग्छ। तर जन्डिस धेरै नै देखिएको छ भने बच्चालाई विशेषप्रकारको निलो
बत्ती (फोटोथेरापी/Phototherapy) मा राख्नुपर्छ।
साथै धेरै नै बढि भएमा बच्चाको रगत फेर्ने पनि गर्नुपर्छ।