Friday, September 23, 2016

Struggle for health

58 years old male from Khung-1, Pyuthan came to our OPD with complains of fever for 2-3 weeks, pain in right side of chest with productive cough. He also had loss of appetite and loss of weight. On examination his temperature was 99° F, pulse rate 92/min and BP 110/70mmHg. On chest examination there were decreased breath sounds on right side of chest. Other examination was within normal limit.

Blood investigations, chest X-ray and Sputum for AFB (for PTB) were ordered. TLC 15,500/mm3 (N73L26E1), Platelet 3,70,000/mm3. Chest X-ray showed opacity in right lung with air-fluid level suggestive of hydropneumothorax/ pyopneumothorax.

To make sure what is inside I aspirated with a syringe and got thick pus, so the diagnosis was made Pyo-pneumothorax (collection of pus and air inside the lung). For definite treatment the pus should be drained with a pipe inside the chest, it’s called chest tube insertion and drainage and intravenous antibiotics. We all know that ideally money shouldn’t be the issue between the patient and the health worker. But he had only 1-2 thousand rupees with him. This is how most of our patient comes to the district hospital. It is the scenario of every government hospital in rural areas. He even didn’t have any family member to accompany. He had come to hospital thinking he will get some tablets and cough syrup and he will return back. We told him about his condition, what needs to be done and asked him to call his wife to come to hospital. He said, “She has to stay home to look after home and the cattle.”

After taking informed written consent, we gave him Inj. Cefuroxime, Inj. Metronidazole and under local anesthesia, we inserted a 32 no. chest tube in his right chest. A gush of thick pus came, about 550ml of pus was drained and it was attached with a bag with water seal. He was admitted under Inj. Cefuroxime, Inj. Metronidazole, Tab. Levofloxacin, Analgesics, Aciloc. Later his sputum report came which showed positive for pulmonary tuberculosis, so Anti-tubercular drugs were started.

He couldn’t afford the treatment so we did all for free. If we have had relied only on government free supply we wouldn’t be able to manage this case in a district hospital. Chest tubes aren’t available in most district hospitals. Many antibiotics don’t come under free supply. And if we had referred him outside the district either he would have returned back home or he had to sell his property to arrange money for his treatment. I had bought chest tubes, water seal bags from the NSI (Nick Simons Institute) GP fund, few medicines, tapes, sutures from my ‘Poor patient treatment fund’ (for which I collect donations from various kind-hearted donors) and got some medicines from NCCDF (Nepal Critical care development Foundation).

After 3 weeks of treatment, he improved a lot, most of the pus was drained but the entire lesion was not clear. CECT chest was the best option to see the extent and detail of the lesion and obviously a cardiothoracic consultation. But for that he had to go out from the district and he didn’t have money for that and he was not ready for that. So we discussed the situation, explained him and took out the tube and discharged him on Anti-tubercular drugs and other medicines. I know this isn’t the world’s best treatment what he got. People may say why you didn’t do pus culture, why you didn’t do CECT chest to see lesion, why didn’t you send him for the CTVS consultation, what if he develops some complications and many things. But what we did is the best in this situation and in these settings. We knew that we had limited resources; we knew that we were less specialized. But everything was well explained to him and it was a joint decision to do the best in that situation. This is how we are giving our service; yes definitely compromised, may not be according to the international guidelines, may not be satisfactory to the super-specialized doctors but it is definitely stuffed with lot of warmth, devotion, dedication and right to the situation and settings.

Sometimes we have to move ahead and act out of our profession and do something extra to provide health service in the rural areas. I want to thank NSI, NCCDF and all the donors who believed in me and my work and helped me and also my whole team for supporting me.

बाँकी पढ्नुहोस् >>

Wednesday, August 17, 2016

कसरी सुध्रिएला सरकारी अस्पताल

यही साउन २९ गते शनिबारको कान्तिपुरमा छापिएको 'कसरी सुध्रिएला सरकारी अस्पताल' भन्ने मेरो लेखको नन-एडिटेड भर्सन। पत्रीकामा स्पेसको कमीले गर्दा छोट्टिएर आएको थियो तर सारसंक्षेपमा अर्थ र आशय उही थियो। स्थान दिएकोमा कान्तिपुर परिवारलाई धन्यवाद।। 
कान्तिपुरको लेखको लिंक- 
  • सरकारी नेत्रित्व तथा निकायहरुको प्राथमिकतामा सरकारी अस्पतालहरु पर्न नसक्नु

जनस्वास्थ्यका प्रतिकारात्मक (preventive)सेवाका क्षयरोग, एचआइभी एड्स, कुष्ठरोग, खोप जस्ता कार्यक्रमहरुका लागि जती ठोस कार्यक्रम र बजेट हुन्छ, अस्पतालका उपचारात्मक (curative) सेवाका सुधार र विस्तारको लागि ठोस कार्यक्रमहरु हुँदैनन्। अस्पताल सुध्रिढीकरणको लागि भनेर छुट्टै बजेट आउन थालेको पनि भर्खरै केही वर्ष मात्र हुन थालेको छ र यसको राम्रो असरहरु देखिन केही समय लाग्ने नै छ। वार्षिक समिक्षामा पनि गएको वर्षदेखी बल्ल जनस्वास्थ्य बाहेक अस्पतालको समिक्षा छुट्टै हुन थालेको छ। यो राम्रो कुरा हो तर शुरुवाती चरण भएकोले होला, सेवाको विस्तार, सुधारका बारेमा भन्दा नि कती प्रतिशत बजेट खर्च भयो, के किनियो, कती फ्रीज भयो भन्ने छलफलमै समिक्षा अड्किएको थियो। सरकारी अस्पतालबाट राखिएका अपेक्षाहरु के हुन्, जनतालाई कुन तरिकाले सेवा दिन सकिन्छ, कसले कहाँ कसरी आफ्ना सेवाहरु दिईरहेको छ, अरुले त्यसबाट के सिक्ने भन्ने खालका रचनात्मक र सकारात्मक विषयहरुमा छलफल हुनसके सरकारी अस्पतालहरु अहिलेको भन्दा धेरै स्तरीय हुने थिए कि।
  • उदासीन अस्पताल विकास समिति

हरेक अस्पताल, प्राथमिक उपचार केन्द्र, हेल्थ पोस्टहरु संचालनका लागि भनेर स्थानीय स्तरमै सकृय, पहुँच भएका, समाजसेवी, बुद्धिजीवीहरुको एउटा समिति बनाएर उक्त स्वास्थ्य केन्द्रको विकास, सुधारको जिम्मा दिईएको हुन्छ। उक्त स्वास्थ्य केन्द्रको विकास र सेवाको स्तरमा यो समितिको लगनशीलता र कार्यकुशलताको धेरै ठुलो भूमिका हुन्छ। तर देशका अधिकांश अस्पताल र स्वास्थ्य केन्द्रका विकास समितिहरु राजनीतिक पार्टीले आफ्नो रवाफ देखाउने ठाउँ बनेको छ, आफ्ना मान्छे भर्ना गर्ने, हरेक पार्टीका लाई भागबण्डा लगाउने, अनि अस्पतालको लागि काम चैं फिटिक्कै गर्न नजान्ने, नखोज्नेहरुको भिड देखिन्छ। यसले पनि सरकारी अस्पतालहरुको सेवाको सुधार र विस्तारमा बाधा पुर्याएको छ भन्ने कुरा विकास समिति चुस्त भएका केही अस्पतालहरुको स्तरियता हेरेर नै अनुमान लगाउन सकिन्छ।
  • कर्मचारीतन्त्रको सोच र मौलाएको दण्डहिनता

यो भनेर मैले सबै उस्तै छन् भन्न खोजेको हैन तर आफ्नो जिम्मेवारीलाई सहि र पूर्णरुपमा गर्ने कर्मचारी कमै मात्र भेटिन्छन्। यो हालत सरकारी अस्पतालको मात्र हैन, हरेक सरकारी कार्यालयमा यही तस्वीर देखिन्छ र यो समस्याले कुनै एक मात्र नभै सबै तहका कर्मचारीहरुलाई नराम्ररी जकडेको छ। वर्षौंदेखीको देखीआएको चलीरहेको चलनहरुबाट नै सिक्दै नयाँ कर्मचारीहरुले पनि उहीं तौरतरिका सिक्दै उही व्यवहारमा आफूलाई ढाल्ने गर्छन्। यो बहावमा आफू बहन नसके उ कि एकलकाटें हुन्छ कि भिज्न नसकेर 'पागल' कहलाउछ। कर्मचारीहरुका कामको नियमित अनुगमनको कमी, राम्रो काम गरे पुरस्कार र नराम्रो गरे सजाय दिन कागजमा भएको व्यवस्थाको सहि कार्यान्वयन नभएर नि यो समस्या बल्झिएको हो। कार्वाही गर्न खोजे झन्झटिलो विधी, राजनीतिक हस्तक्षेप, नातावाद, कृपावादले पनि 'म त सरकारी कर्मचारी कल्ले के गर्न सक्छ र?' भन्ने सोच हावी छ। प्रोत्साहित र पुरस्क्रित गर्दा पनि लगनशील भएर राम्रो काम गरेकोलाई भन्दा नि आफ्नो मान्छे, नजिकको मान्छे, आफ्नो पार्टीको मान्छेलाई चुन्ने प्रव्रिती छ। जसले एकातिर काम गर्न खोज्ने निरुत्साहित हुन्छन् भने कामचोर र चाकडीबाजहरु झन मौलाउछन्।
  • योजनाहरु कागजमै, फितलो कार्यान्वयन

सरकारी अस्पतालहरुको अवस्था सुधारका लागि काम नभएका हैनन्। सरकारी अस्पतालहरुको सेवा सुधार र विस्तारका लागि भनेर बेलाबेलामा योजनाहरु पनि आउने गरेका छन्, तर सरकार ढलेसँगै त्यसको प्राथमिकता पनि हराएर जाने र राम्रा नितीहरु पनि कागजमै सिमित भएर रहने प्रचलन देखिदै आएको छ।
जस्तो, १०-३ को ओपिडीले धेरै सेवाग्राहीको मागलाई पूरा गर्न सकेको छैन। एक त त्यही पनि समयमा शुरु नहुने र समय अघी सकिने, अर्को थोरै डाक्टरहरुले सयौं विरामी हेर्नुपर्ने। त्यसैले नचाहनेका त कुरै छोडौं, चाहने डाक्टरहरुले पनि आफ्नो स्तर र सोचाइ अनुसारको सेवा दिन सकिरहेका हुँदैनन्। यसको लागि भनेर डाक्टरहरुको प्राइभेट प्राक्टिस रोक्नका लागि भनेर सरकारी अस्पतालमै केही बढी शुल्क लिएर नियमित ओपिडीभन्दा थप समय सेवा दिने Extended Health Services (EHS/ .एच.एस.) लागू गर्ने भनेर निर्णय नि भएको छ र प्राइभेट प्राक्टिस नगर्नेलाई नन प्राक्टिस भत्ता (Non Practicing Allowance)दिने नि भनेको छ। तर धेरै व्यक्ति र संस्थाहरुको स्वार्थसँग बाझिदा यो निर्णय धेरै सरकारी अस्पतालहरुमा कार्यान्वयन हुनसकेको छैन।
जिल्ला अस्पतालको स्तरमा सुधारमा लागि न्यूनतम सेवा के के हुनुपर्छ भनेर केही वर्षअघी देखी 'Minimum service standard (MSS)/ मिनिमम सर्भिस स्ट्यान्डर्ड' भनेर यो यो कुरा हुनुपर्ने भनेर कार्यक्रम चलिरहेको छ, विभिन्न तालिम, गोष्ठी पनि भएका छन्, सुधारका कार्यक्रम नि भएका छन्। सुन्दा उदेक लाग्ला तर अहिले नेपालका कुनै पनि जिल्ला अस्पतालले सेवाका यी न्यूनतम स्तरमा पूर्णान्क ल्याउन सकेको छैन। धेरैजसो जिल्ला अस्पतालहरुले ५०-६० अंक मात्र पाएका हुन्छन्। यसरी न्यूनतम स्तर पनि नभएका अस्पतालहरुबाट कस्तो सेवाको आस गर्न सकिएला? यसरी न्यूनतम स्तर नि नपुगेका अस्पतालहरुलाई अवस्था सुधारको लागि कती समयको अवधी दिने हो? यती समयसम्म नि अवस्था सुधार नभए वा न्यूनतम स्तर नि नभए कार्वाही हुने हो भनेर भन्नुपर्ने हो कि? कि वर्षौं यही अंक दिदै र न्यूनतम नि पुगेको छैन भन्दै बस्ने हो?
विरामीले सुपथ मूल्यमा अस्पतालभित्रै औषधी किन्न पाओस् भनेर सबै सरकारी अस्पतालभित्र आफ्नै फार्मेसी हुनुपर्छ भन्ने नियम नि बनिसकेको छ। यसमा सर्वोच्च अदालतले नै कार्यान्वयन नगरे कार्वाही हुने भनेको छ र पछील्लो समयमा धेरै अस्पतालहरुमा यो शुरु हुन लागेको छ। यसैगरी सबै दिर्घकालिन र हितकर निर्णयहरुमा कडाइ गरे राम्रो हुने थियो।
  • भत्ताको लागि दिइने र लिइने तालिमहरु

सरकारले स्वास्थ्यकर्मीहरुको क्षमता अभिव्रिद्धीका लागि, दक्ष जनशक्ति तयार गर्ने भनेर विभिन्न समयमा धेरै खाले ट्रेनिङहरु संचालन गर्ने गरेको छ। जुन सुन्दा, पढ्दा धेरै राम्रो छ। 'हामीले यती प्रतिशत स्वास्थ्यकर्मीलाई तालिम दिईसकेका छौं' भनेको सुन्दा आहा जस्तो लाग्छ। तर धरातलमा गएर हेर्दा ती तालिमप्राप्त स्वास्थ्यकर्मीले उक्त तालिम अनुसार काम गरेनगरेको हेर्ने केही संयन्त्र छैन। एनएसआइ भन्ने संस्थाले दक्ष प्रसुती सम्बन्धी तालिम लिएका स्वास्थ्यकर्मीहरुको फलोअप कार्यक्रम गर्दा आधा भन्दा बढीले प्रसुती सम्बन्धी कामै नगरेको वा प्रसुती नै नहुने ठाउँमा सरुवा भएर बसेको देखिएको थियो। त्यस्तै मेडिकल अफिसरहरुलाई दिने सिजेरियन गर्ने तालिम लिएका कती डाक्टरहरु पनि अप्रेसन नै नहुने ठाउँमा गएर बसिदिन्छन् वा पहुँच, पैसा मिलाएर त्यस्तो ठाउँमा सरुवा गराउछन्। सरकारले पनि तालिम दिएपछी तालिममा पाएको ज्ञानको प्रयोग गर्नको लागि उपयुक्त वातावरण बनाउन सहयोग गरिदिनुपर्छ। अहिले तालिम धेरैजसो, दिनेको लागि 'यती जनालाई दिईसक्यौं भनेर रिपोर्ट देखाएर फूर्ती लाउने र लिनेको लागि भत्ता, घुमघाम र छुट्टीको लागि मात्र भएको छ। तालिममा लिएको ज्ञान, सीप प्रयोगमा आएको छ कि छैन, भत्ताको लागि भन्दा तालिम लिएपछी उसको बढुवा वा केही सुविधाको लागि अंक थपिने कार्यनिती ल्याउनुपर्छ।
  • सरकारी अस्पताल मेरो हो, हाम्रो हो, यसलाई राम्रो बनाउनुपर्छ भन्ने सोचको कमी


कसैले आफ्नो घर किन राम्रो बनाउछ, सफा राख्छ? उसलाई त्यो मेरो हो भन्ने सोच हुन्छ। तर सरकारी अस्पताल वा जुनसुकै सरकारी कार्यालय किन लथालिङ र भत्केको हुन्छ? किनभने  कसैलाई पनि त्यो मेरो हो, यसलाई राम्रो राख्नुपर्छ भन्ने सोच नै छैन। न त्यहाँ काम गर्ने कर्मचारीलाई, न स्वास्थ्यकर्मीहरुलाई, न माथिल्लो निकायका पदाधिकारीहरुलाई, न मन्त्रीलाई। जुन ठाउँमा त्यो सोच भएका कर्मचारी, स्वास्थ्यकर्मीहरु मनग्गे हुन्छन्, ती अस्पतालहरु उदाहरणीय भएका देखिएका छन्। मिसन अस्पतालहरु किन राम्रा हुन्छन् त? प्राइभेट अस्पतालहरु किन राम्रा हुन्छन् त? कारण यही नै हो। ठूलाठालु, सक्नेहरु प्राइभेट महंगा अस्पताल गईहाल्छन्, सरकारी अस्पताल आउने भनेको उही नसक्ने, गरिव जनता नै हुन्, अरु आउने भनेको जसको पहुँच र पावरका कारण सरकारी अस्पतालले तिनलाई विशेष सुविधा सहित सत्कार गर्छ, जसको लागि सरकारी अस्पताल सरकारी अस्पताल रहन्न। कर्मचारी, नेत्रित्ववर्ग, स्थानीय नागरिक सबैमा अस्पतालप्रती अपनत्वको भावना आएर अधिकार मात्र नखोजी जिम्मेवारी पनि बुझ्ने सोच जबसम्म आउँदैन, माथिबाट जस्तोसुकै नितीनियम, कानुन बने पनि अवस्था सुधार हुन गार्हो छ।
बाँकी पढ्नुहोस् >>

Thursday, July 28, 2016

'कुखुरा मर्यो भन्ने चिन्ता भन्दा स्याल पल्क्यो भन्ने डर'

यो लेख कसैलाई बचाउ गर्न, कसैलाई दोषी देखाउन, घटनालाई तोड्न, मोड्न कसैबाट प्रायोजित भएर लेखिएको हैन। यो मेडिकल क्षेत्रमा व्याप्त बेथितीहरु र त्यसका गलत विश्लेषण र सम्प्रेषणहरुले यो क्षेत्रमा बढ्दै गएको अविश्वासको खाडलदेखी चिन्तित भएर एउटा सक्कली डाक्टरको कलमबाट निस्केको स्वस्फूर्त लेख हो। - लेखक

केही दिन अघी एउटा साइटमा यस्तो समाचार छापिएको थियो। उक्त समाचार लाख पटक भन्दा धेरै पढिएको थियो, हजारौं पटक शेयर गरिएको थियो। 
फेसबुकमा मृतकका आफन्तले यस्तो लेखेको नि भेटिएको थियो। यो शेयर गरिएको लिन्क नै ३८ हजार भन्दा धेरैले हेरेका र लाइक गरेका थिए। 
पत्रकार र आफन्तले घटना के हो र दोषी को भन्ने फैसला सुनाइसकेपछी जनताले आफ्ना कुरा (गाली, आक्रोस, श्राप) थपेर कमेन्ट गर्ने त भए नै।

घटना भएको सत्य हो, हिंडेर गएकी विरामीलाई औषधी दिएपछी मृत्‍यु भएकै हो, अस्पतालले पनि क्षतिपूर्ती दिने सम्झौता गरेकै होला। त्यसो भए मलाई किन खसखस त?

(कसैलाई लाग्ला यो डा. भोला रिजालको बचाउमा लेखिएको लेख रहेछ। उहाँसँग मेरो मेडिकल शिक्षाको व्यापारीकरणबारे फरक मत छ र यो उहाँको अस्पतालको समर्थनमा लेखिएको लेख हैन। यी दुई सम्बन्धित कुरा पनि हैनन्। गलतलाई गलत र सहिलाई सहि भनिनुपर्छ भनेर लेखेको हुँ।)

धेरै साथीभाईहरुले भन्छन् कि "सबै ऐरेगैरे वेबसाइटहरुले के लेख्छ, कसरी लेख्छ भनेर कमेन्ट गरेर बस्न सकिन्न, साँचो कुरा के हो आँफैं थाहा भईहाल्छ, नबिराउनु नडराउनु"। तर यहाँ त कुखुरा मर्यो भन्ने भन्दा नि स्याल पल्क्यो भन्ने चैं डर भईसकेको अवस्था हो। यस्तो गरेर लेखिएका समाचारहरु नै धेरै पढिन्छन्, शेयर गरिन्छन् अनी समाजले यसैबाट नै आफ्नो धारणा नि बनाइरहेको हुन्छ। यही समाचार १ लाख भन्दा धेरै पटक पढिएको, हजारौं पटक शेयर गरिएको छ र यसमा हजारौंले कमेन्ट गरेका छन्। त्यसैले यस्ता घटनाहरुको गलत तरिकाले बयान गरिनु जती डरलाग्दो हो त्यो भन्दा घातक सहि तरिकाले टुंगो नलाइनु हो। जसले गर्दा यसबारे भ्रम समाजमा बसीरहन्छ र समाजको स्वास्थ्य क्षेत्रप्रतीको दृष्‍टिकोणमा नै असर गर्छ।

समाचार लेखिएको तरिका बारे विश्लेषण गरौं।

पूरै एकतर्फी कथा। के गल्ती भएको हो, कसको गल्ती हो, ज्यान कसरी गयो, सबै आँफैले निर्णय गरेर लेखिएको लेख। शिर्षक 'भोला रिजालको ओम अस्पतालमा डाक्टरले गलत औषधी खुवाएपछी महिलाको मृत्‍यु'। औषधी गलत भनेर कल्ले भन्यो? पत्रकारज्यूले नि मेडिसिन वा फार्मेसी पढ्नुभएको भए छुट्टै कुरा, नत्र कन्ट्रास्ट सिटी स्क्यान गर्नको लागि दिइने ओम्निपाक भन्ने औषधी विरामीमा त्यही जाँचको लागि दिनु कसरी गलत भयो? त्यो गलत औषधी भए खासमा उनलाई कुन औषधी दिनुपर्ने थियो त? इन्जेक्सनमा दिनुपर्ने मुखबाट दिएर यस्तो भयो भन्ने कुरा नि आयो। त्यो औषधीको अनलाइन जानकारीमा पनि हेर्नुभए हुन्छ, त्यो इन्जेक्सन, ढाडबाट, मुखबाट नि अवस्था र जाँच अनुसार दिन मिल्छ। त्यसैले विरामीको जाँचको लागि दिईएको औषधीलाई गलत औषधी दियो, विष दियो भनेर प्रचार गरिनु सरासर गलत हो। विरामीको मृत्‍युले विक्षिप्त बनेका आफन्तले विष दियोभन्यो भन्दै लेखमै त्यही लेखिदिनु कहाँसम्मको प्रोफेसनालिज्म हो?

'हिंडेर गएका महिलाको आधा घण्टामै मृत्‍यु'
यो एकदमै अप्रत्याशित दु:खदायी घटना हो, तर हिंडेर गएका भन्दैमा स्वस्थ हुन् भन्ने हुँदैन। हिंड्न सक्नु, नसक्नु भनेको बाहिरबाट देखिने कुरा हो, तर उसको रोग के थियो, अवस्था कस्तो थियो भन्ने कुरा फरक हो। प्रेसर २२०/१२० भएका पनि हिंडेर अस्पताल आउन सक्छन्, रगतको मात्रा (हेमोग्लोबिन) २-३ भएका नि हिंडेर आउन सक्छन्। त्यसैले मिडियाले हिंडेर आएको विरामी भनेर भन्नु अघी उसको रोग के हो, अवस्था के थियो, हुनसक्ने जटिलता के थियो भनेर बुझ्नु जरुरी हुन्छ। दुनियाँले पढ्ने गरी लेख लेखिसकेपछी गलत भएमा मलाई त्यो विषयमा जानकारी भएन भनेर उम्कन पाइदैन। थाहा थिएन भने डाक्टर वा स्वास्थ्यकर्मीलाई सोध्नुपर्छ। लेखमा देखाइएका डकुमेन्टहरुका आधारमा उक्त विरामीको खुट्टा सुन्निएको, तल्लो पेटमा केही डल्लो भएको हुनसक्ने (पेल्भिक मास) भन्ने बुझिन्छ। मेडिकल भाषामा त्यसलाई डिभीटि अर्थात् डिप भेन थ्रोम्बोसिस अर्थात खुट्टाका भित्री तहका रक्तनली (शीराहरु)मा रगत जमेर बसी खुट्टा सुन्निएको अवस्था भनेर भनिन्छ। त्यसैले उनको तल्लो पेटमा भएको मासुको डल्लो (पेल्भिक मास) के हो भनेर जाँच गर्न औषधी दिएर गरिने सिटी स्क्यान (सिटी एन्जियोग्राफी) गर्न भनेर ओम अस्पताल पठाइएको थियो।
यी हुन् गलत औषधी खुवाउने डाक्टर भनेर जसको फोटो देखाइएको छ, उनी आँफैले आफू रेडियो टेक्निसियन भनेर भनेका रहेछन्। "अस्पताल वा औषधी पसलमा काम गर्ने पुरुष जती सबै डाक्टर, महिला जती सबै नर्स" नपढेका नबुझेका साधारण जनताहरुले मात्र यसो भन्छन् होला भन्ने मेरो सोचाइ थियो। तर हैन रहेछ, देशको चौथो अंग भनेर चिनिने कलम भन्ने शक्तिशाली हतियार बोक्ने पत्रकार साथीहरु पनि यही भ्रममा हुनुहुने रहेछ। अब शुरुमा डाक्टर भनेको के हो, नर्स भनेको के हो, ल्याब टेक्निसियन भनेको के हो, रेडियोग्राफर भनेको के हो भनेर पढाउन शुरु गर्नुपर्ने देखियो। थाहा नपाउनु नराम्रो हैन, सबैलाई सबै कुरा थाहा पनि हुँदैन। मलाई पनि पत्रकारिताको धेरै कुरा थाहा छैन तर थाहा छैन भने त्यसबारेमा बोल्नु, लेख्नु अघी त्यसबारे बुझेका मान्छेहरुसँग सोध्नुपर्छ। हावैहावामा सबै जानेको छु भन्ने भ्रममा दौडिनु हुँदैन र दुनियाँलाई दौडाउनु पनि हुँदैन।

अस्पतालले साँढे २१ लाख दिने निर्णय गर्‍यो भनेर नि लेखिएको रहेछ। कतीले गल्ती नगरेको भए यत्रो पैसा किन त्यसै दिन्थ्यो त? पक्कै पनि केही लुकाउनका लागि यसो गरेको हो भनेर अन्दाजैको भरमा निर्णय गरेको पाइयो। त्यो सहि हुन पनि सक्छ। तर त्यही लेखमा लेखिए अनुसार 'पहिले सामान्य वादविवाद भएको र पछी आन्दोलनले हिंसात्मक रुप लिन थालेपछि उक्त क्षतिपूर्ती दिने मौखिक सम्झौता भएको' भनेर लेखिएको छ। अस्पतालले आफ्नो सम्पत्तीमा धेरै हानी नोक्सानी नपुगोस्, अस्पतालको नाम मिडियामा नआओस् भनेर सामसुम पार्न त्यसो गरेको हुनसक्दैन? मेरो अनुभवमा प्राइभेट अस्पतालहरुले धेरैले त्यसो गरेको पाईन्छ। गल्ती हुने बेलामा त दिने भए नै नहुने बेलामा पनि धेरै हल्ला नहोस्, बाहिर नाम नआओस् भनेर केही पैसा दिएर घटना मिलाउने गरेको देखिएको छ।

हिजोआज कती प्राइभेट अस्पतालहरुमा चैं केही यस्ता समूहहरु हुन्छन् रे, जो कुनै विरामीको मृत्‍यु भएमा विवाद बढाउने, उचाल्ने र पर्‍यो भने तोडफोडमा पनि उत्रने हुन्छन् रे, बदलामा आएको क्षतीपूर्तीको केही प्रतिशत उनीहरुको गोजीमा जाने शर्तमा। यो सुनेको कुरा हो, सहि नहुन पनि सक्छ, सहि नहोस् पनि।

हुनुपर्ने के थियो? छानवीन कसरी गरिनुपर्थ्यो?
विरामीको मृत्‍यु अप्रत्यासित भएको हो भने मृत्‍युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिनुपर्छ। लेखबाट पाएको जानकारी अनुसार यो केसमा मृत्‍युका हुनसक्ने कारणहरुमा एउटा कन्ट्रास्टको लागि दिईएको औषधीको एनाफाइलाक्सिस(Anaphylaxis) वा एलर्जी हो भने अर्को खुट्टाको डिभीटी(DVT)बाट भएको पल्मोनरी ईम्बोलिज्म(Pulmonary Embolism) अर्थात खुट्टाका रक्तनलीमा जमेको रगत मुटु हुँदै फोक्सोमा गएर फोक्सोले काम नगर्ने हुनु। यी दुवै अवस्थामा विरामी तुरुन्त सिकिस्त हुने र समयमा उपचार नपाए र कहिलेकाही उपचार गर्दागर्दै पनि मृत्‍यु हुनसक्छ। डिभिटीमा पल्मोनरी ईम्बोलिज्म भएर विरामी मर्नुमा डाक्टर वा कोही स्वास्थ्यकर्मीको कुनै दोष हुन्छ जस्तो लाग्दैन। एक त पल्मोनरी ईमबोलिज्म भएको तुरुन्त पत्ता लगाउन गार्हो हुन्छ त्यस माथि नेपालमा डिभिटीपछी पल्मोनरी ईम्बोलिज्म हुन नदिन गरिने उपचार धेरैजसो अस्पतालहरुमै छैनन्। बेलाबेलामा गर्भवती र सुत्केरी महिलाहरुको अचानक मृत्‍यु हुने कारणहरु मध्ये यो पनि एक हुनेगर्छ।

अर्को कारण एनाफाइलाक्सिस वा ज्यान लिनेगरी भएको एलर्जी। कतिपय औषधीहरुको सेवन गर्दा वा सूईबाट दिदा हजारौंलाखौंमा एक दुईजनालाई यस्तो हुनसक्छ। पेनिसिलिन इन्जेक्सन, दुखाइका सूईहरु, कन्ट्रास्टका औषधीहरुको प्रयोगमा यस्तो देखिन सक्छ। यस्तो समस्याको उपचारको लागि एड्रेनालिन इन्जेक्सन दिनुपर्ने हुन्छ। यस्ता एनाफाईलाक्सिस रियाक्सन हुनसक्ने औषधीहरु प्रयोग गरिने स्थलहरुमा एड्रेनालिन इन्जेक्सन थिए कि थिएनन्? त्यो अवस्था तुरुन्त पत्ता लगाइ इन्जेक्सन दिईएको थियो कि थिएन? एनाफाईलाक्सिस रियाक्सनको उपचारमा गरिनुपर्ने प्रकृयाहरु गरिएका थिए कि थिएनन्? गर्नुपर्ने सबै उपचार समयमै गरेर पनि विरामीको मृत्‍यु भएको हुनसक्छ। त्यस्तोमा विरामीलाई मारेको भन्न कदापी मिल्दैन। त्यो हरसम्भव प्रयास गर्दा पनि बचाउन नसकिएको हो। अस्पतालमा भएका उपचारका रेकर्डहरुको आधारमा के गरिएको थियो थिएन भनेर छानवीन गर्न सकिन्छ।

छानवीनबाट उपचारमा गल्ती भएको हो वा कमजोरी भएको हो भने के कहाँ गल्ती भएको हो पत्ता लगाऔं, अनी भविष्यमा त्यस्तो हुन नदिन के सुधार गर्न सकिन्छ त्यो गरौं। उपचार गर्दागर्दै पनि बचाउन नसकिएको हो भने त्यसबाट भविष्यको लागि के पाठ सिकिएको हो मेडिकल फिल्डमा शेयर गरौं, सबैको लागि शिक्षाको काम गर्न सक्छ। व्यवस्था सुधार हुने भनेको त यसरी पो हो। तोडफोड गरेर क्षतीपूर्ती मात्रै लिने दिने, घटनाको सहि छानवीन नहुने, गल्ती, कमजोरीको सुधारको प्रयास नहुने हो भने अहिलेको घटना त साम्य होला तर यसले एकदमै गलत नजिर बस्छ र भविष्यमा पटक पटक फेरी यस्तै हुने सम्भावना बढेर जान्छ र थप तोडफोड हुने, अस्पताल र स्वास्थ्यकर्मीहरु असुरक्षित हुने खतरा एकदमै बढेर जान्छ, जसले अन्तमा असर विरामीको उपचारमा नै पर्ने हो। दिनैपर्ने औषधी दिदा नि हुनसक्ने जटिलताको लागि आफूलाई दोष लगाइन्छ भने कसले जोखिम लिएर औषधी दिन्छ? कसले जोखिम लिएर अप्रेसन गर्छ? भोली पेनिसिलिन इन्जेक्सन लगाउन नि आइसीयु भएको अस्पतालमा रिफर गरियो भन्ने सुन्नुपर्दा अचम्म नमाने हुन्छ।

हो अस्पतालमा कोही पनि मर्छु भनेर जादैन, बाच्छु भनेरै जाने हो, तर अस्पतालमा पनि कोही स्वास्थ्यकर्मी विरामी मार्छु भनेर बसेको हुन्छ जस्तो लाग्दैन, बचाउछु भनेर नै बसेको हुन्छ जस्तो लाग्छ। सधैं बचाउन सकिदैन त्यो अलग कुरा हो। तर हरेक बचाउन नसकिएका विरामीको मृत्‍युमा उनै बचाउन लागेका स्वास्थ्यकर्मीहरुलाई नै दोष लगाइन्छ भने कसैले आफ्नै ज्यान हत्केलामा राखेर किन विरामीको उपचार गर्न अघी सर्छ र?

औषधी दिएर विरामीको मृत्‍यु भयो भन्दैमा दिने व्यक्ति दोषी, औषधी विष हो भन्न मिल्दैन। सबै औषधी एक प्रकारको केमिकल नै हो, सबैको धेरै थोरै केही न केही साइड ईफेक्ट हुन्छन् नै। त्यसैले त भनेको नि औषधीलाई चना र भट्मास जसरी नबेचौं, नखाऔं, आवश्यक पर्ने औषधी आवश्यक मात्रामा मात्र खाऔं।

अन्तमा घटनाको सहि छानवीन होस्, सत्य तथ्य खुलोस्, निर्दोषलाई दोष नलगाइयोस्, गल्ती भएको भए कार्वाही होस्, भविष्यमा यस्तो नहोस् भनेर सावधानी अपनाईयोस्, यस्ता घटनाहरु लेख्नु अघी मिडिया जिम्मेवार बनोस्, आँसुको व्यापार नगरोस्, दुनियाँ समाजले पनि एउटै न्यूजका आधारमा आफ्नो धारणा बनाउनुको साटो समाचारको शैली र विश्वासनीयता हेरेर निर्णय गरोस्।


हिजोआज मेडिकल क्षेत्रमा स्वास्थ्यकर्मी र विरामीका बीच विश्वासको खाडल बनेको छ। विरामीलाई 'यो डाक्टरले मलाई नराम्रो पो गर्ने हो कि, यो नक्कली डाक्टर पो हो कि, यसले मेरो ज्यान पो लिने हो कि' भन्ने शंका छ भने डाक्टरलाई 'यो विरामीलाई केही भयो भने मलाई हातपात गर्ने पो हो कि, सहि गर्दागर्दै नि परीणाम सोचेजस्तो नआए मलाई क्षतीपूर्ती माग्दै तोडफोड पो गर्ने हुन् कि' भन्ने डर छ। यस्तो वातावरणमा कसरी सहि ढंगले उपचार गर्न सकिन्छ? यो अवस्था आउनुमा स्वास्थ्यकर्मीहरु, विरामी, विरामीका आफन्त, मिडिया सबैको केही न केही भूमिका छ। यसको समाधान नि सबै मिलेर मात्र गर्न सकिन्छ, जुन बेलैमा नगरिए देशको स्वास्थ्य क्षेत्रमा ठुलो संकट आउने स्पष्ट देखिन लागेको छ।
बाँकी पढ्नुहोस् >>

Sunday, June 26, 2016

‘लखतरान डाक्टर’लाई एनएमएको अपिल कति व्यवहारिक?

२०७२ चैत्र १६ गते नेपाल मेडिकल एसोसिएसनको अपील पत्रपत्रिकाहरुमा छापिएको थियो, जसका केही वाक्यांशहरु यस्ता छन्,‘चिकित्सकहरु मनोटोनस हुने गरेका’ र ‘व्यक्तिगत जीवन र परिवारप्रतिको जिम्मेवारीमा समेत ह्रास आएको गुनासो।’

यसमा मेरो मत यस्तो छ। डाक्टरको दैनिकी एकदम व्यस्त हुन्छ, अस्पताल, क्लिनिक, बेलाबेला नाइट ड्युटी, घरमा पनि पढाई। लगातारको यो व्यस्तताले व्यक्तिगत स्वास्थ्य र पारिवारिक जीवनमा असर त पार्छ नै। यो कसैले गुनासो गरेपछि मात्रै बुझिने कुरा थिएन। संघमा पदासिन महानुभावहरुले आफ्नै वर्षौंको अनुभवका आधारमा पनि थाहा पाउनु पर्ने हो। अनि अहिले आएर यो एक दिने छुट्टीको लागि अपिल गर्ने जुक्ति कहाँबाट आयो? अचम्म लाग्यो! जे होस् ढिलै भए पनि डाक्टरहरुको समस्या बारे सोच्ने मौका मिलेछ।

‘सरकारी, गैरसरकारी तथा सम्पूर्ण स्वास्थ्य सेवा प्रदायक संघसंस्थाहरुले अनिवार्य रूपमा हप्ताको एक दिन चिकित्सकलाई सार्वजनिक विदा मिलाउन हुन संघ हार्दिक अपिल गर्दछ ।’

कुरा एकदम सही हो। कदम एकदम राम्रो हो तर यो अपिल औपचारिकता निभाउन मात्रै हो कि? यो देशमा अपिल गरेर कसैले कुनै कुरा सुन्छ र! नियम बनाएर लाद्न खोज्दा त नसकिने देशमा सबै सरकारी, गैरसरकारी र सम्पूर्ण स्वास्थ्य सेवा प्रदायक संघसंस्थाहरुलाई  र डाक्टरहरुलाई एक दिने छुट्टी मिलाउन पत्रिकामा अपिल छापेर एनएमएले जग हँसाएको छ। तीमध्ये कुनै पनि सरकारी वा निजी अस्पतालका सञ्चालक वा व्यवस्थापकले यो अपिल पढेर ‘ए एनएमएले अपिल गरेछ, अब हाम्रा डाक्टरलाई कसरी छुट्टी मिलाउने होला’ भनेर एकपटक पनि सोचेको भए आठौं आश्चर्य हुनेछ।
अपिलमा उल्लेख गरे जस्तो डाक्टरहरुको व्यस्त र ‘मोनोटोनस’ जिन्दगीप्रति र यसले गर्दा बिरामीको उपचारमा पर्न सक्ने असरप्रति साँच्चै एनएमए गम्भीर छ भने लागू भएर छाड्छ यो। यसमा केही गृहकार्य पक्कै गरेको हुनुपर्छ। औपचारिक रुपमा एउटा अपिल छापेर सस्तो लोकप्रियता खोजेको नहोस्। वैशाख आउन धेरै दिन बाँकी छैनन्। यो अपिलप्रति संघ र स्वास्थ्य संस्थाहरु कत्तिको गम्भीर छन्? चाँडै देख्न पाइएला।

अपिल आएको भोलिपल्ट (चैत्र १७ गते ) एक राष्ट्रिय दैनिक पत्रिकाको अग्रपृष्ठमा कार्टुन सहितको समाचार छापियो, ‘डाक्टर लखतरान’ शिर्षकमा। स्वास्थ्य र स्वास्थ्यकर्मीको समस्यालाई लिएर लेखिएको समाचारले कहलिएको राष्ट्रिय दैनिकको मुख्य पेजमा स्थान पाएको थियो । यो राम्रो कुरा पनि हो। अपिलमा सबै कुरा समेट्न नसकिने हुँदा अपिलकर्ताले समाचारमा खुलाएका होलान् भन्ने आशा थियो। समस्याको विश्लेषण र समाधानका उपाय पत्रिका मार्फत् प्रस्तुत गरे होलान् भनेर पढ्दै गएँ तर अपेक्षित कुरा भेटिनँ।

डाक्टरहरुको निरन्तरको तनावपूर्ण व्यस्तताले उनीहरुको व्यक्तिगत स्वास्थ्य र पारिवारिक जीवनमा त असर पार्छ नै यसरी थकित शरीर र मन लिएर काम गर्दा बिरामीको स्वास्थ्योपचारमा पनि गल्ती हुने खतरा बढेर जान्छ। त्यसोभने किन यसरी आफ्नो स्वास्थ्य र परिवारलाई नै नहेरी मरेर काम गर्छन् त डाक्टरहरु? पैसाको लोभ? के यही मात्र कारण हो त? त्यसोभए किन यति लोभ गर्छन् त डाक्टर? के उनीहरु आम नेपाली जत्तिकै लोभी हुन्? कि त्यो केही बढी लोभी हुन् त? केले गर्दा उनीहरुमा यस्तो व्यवहार देखियो होला?

समाचारमा डाक्टर ‘पैसा पैसा पैसा’ भन्छन् भनेर भनिए पनि लोभले मात्र यो व्यवहार देखिएको हो जस्तो मलाई लाग्दैन। समाचारमै भनिएको छ, ‘करोड रुपैयाँभन्दा बढी खर्च गरेर विशेषज्ञता हासिल गरेका डाक्टरको सरकारी तलब जोड्ने हो भने जिन्दगीभरी पनि त्यति कमिँदैन। कामअनुसारको प्रोत्साहन समेत छैन। त्यही कारण उनीहरू पैसाका लागि पनि खटेको खट्यै गर्नुपर्ने अवस्था छ।’ त्यसैले आफ्नो स्वास्थ्य र परिवारलाई नै पाखा लाएर मरिहत्ते काम गर्ने डाक्टरहरु धेरैजसो लोभले ग्रसित भन्दा नि बाध्यताले पीडित हुन् जस्तो लाग्छ।

सरकारी डाक्टरहरुको तलब स्केल न्यून छ, पढाईमा लागेको खर्च, परिवार पाल्ने हो भने त्यो सुख्खा तलबले पुग्दै पुग्दैन। प्राइभेट प्राक्टिस गर्नैपर्ने हुन्छ। प्राइभेट प्राक्टिसमा पनि भने जस्तो सजिलो पक्कै छैन। दैनिक यति मात्रै बिरामी हेर्न पाउने वा यति घण्टा मात्रै बिरामी हेर्न पाउने भन्ने कडा नियमको अभावमा नयाँ डाक्टरलाई प्रतिस्पर्धामा टिक्नै गार्हो छ। भ्याए पनि नभ्याए पनि, राम्ररी समय दिए पनि नदिए पनि, बिरामीहरु पनि नाम चलेको पुरानै डाक्टरकोमा देखाउन जाने फेसनै छ। यसले स्थापित डाक्टररुको कमाइ त राम्रो होला तर उनीहरुको व्यस्तता धान्नै नसकिने गरेर बढेर जान्छ र आशा गरिए जति डाक्टरबाट समय र सेवा नपाउँदा बिरामीहरुको असन्तुष्टी पनि बढेर जान्छ। यसो भन्दा नयाँ डाक्टरले पुराना स्थापित डाक्टरहरुको आरिस गरेको जस्तो देखिएला तर मेरो उद्देश्य बिरामीहरुले चित्तबुझ्दो उपचार, कन्सल्टेसनमा डाक्टरहरुको पर्याप्त समय पाउन् र डाक्टरहरु आफूले पनि आराम पाउन् भन्नु मात्रै हो। यसको लागि एउटा डाक्टरले दिनमा यति घण्टा प्राइभेट प्राक्टिस गर्न पाउने, एउटा बिरामीलाई लगभग यति समय दिनुपर्ने भन्ने मापदण्ड बनाइनुपर्छ। सातामा एक दिन अनिवार्य विदा लिने अपिल सुन्दा कर्णप्रिय लागे पनि त्यति व्यवहारिक भने देखिदैन।

खासमा यो निर्णय कस्ता डाक्टरका लागि भन्ने कुरा नै स्पष्ट छैन। मेडिकल अफिसरका लागि वा कन्सल्टेन्टका लागि वा एमडी गरिरहेका रेजिडेन्टहरुका लागि? सरकारी डाक्टरहरुका लागि वा प्राइभेट मात्र गरिरहेकाहरुका लागि पनि? वा एनएमएका सदस्य डाक्टरहरुका लागि मात्र? सबैका लागि भनेर सजिलो जवाफ दिन सकिएला तर त्यो अनुसार लागू गर्न धेरै गाह्रो छ। जागिरे मेडिकल अफिसर र कन्सल्टेन्टले त नियमले पनि एक दिन बिदा पाइरहेका हुन्छन् नै (कागजी रुपमा भए पनि) तर एमडी रेजिडेन्ट, जसले मेडिकल कलेजहरु चलाइरहेका हुन्छन्, उनीहरु पढाईको त नाममा गधा जसरी पेलिएका हुन्छन्। यो डिपार्टमेन्ट र कलेज अनुसार केही फरक होला तर व्यस्त हुने ठाउँमा आज बिहान ८ बजे शुरु भएको ड्युटी भोली बेलुका ३–४ बजे बल्ल सकिन्छ, लगभग ३०–३२ घण्टे ड्युटी हुन्छ। त्यसपछि पर्सिपल्ट फेरि बिहान ८ बजे हाजिर हुन पुग्नुपर्छ। विकसित देशमा त यो खालको अमानवीय शैलीको पेलाइमा परिवर्तन आइसकेको छ तर हाम्रो र हाम्रा छिमेकी देशहरुमा यो अझै बाँकी छ। के एनएमएको अपिलले रेजिडेन्टहरुलाई ड्युटीमा खटाइने यो शैलीलाई पनि सम्बोधन गरेको हो? कि एनएमएका लागि एमडी रेजिडेन्टहरु डाक्टर नै होइनन्। अनि तिनले हेर्ने बिरामीको स्वास्थ्यप्रति ऊ गम्भीर नै छैन? तर, एमडी रेजिडेन्टहरुको ड्युटीको समयलाई तलमाथि गर्न अपिलले मात्र पुग्दैन। कलेज र विश्वविद्यालयसँग बहस नगरी हाललाई यो सम्भव छैन भन्दा हुन्छ।

मेडिकल अफिसरहरुको हकमा धेरैजसो सरकारी अस्पतालमा पर्याप्त मात्रामा डाक्टर नभएकाले नाइट ड्युटी गरेपछि बिदा बस्न नपाइने अवस्था छ। साथै धेरैजसो स–साना पोलिक्लिनिक भनेर खोलिएका केही बेड सहितका औषधि पसलहरुले डाक्टरलाई राम्रै तलब दिएर २४ घण्टा ७ दिन ड्युटी भनेर पनि खटाएको हुन्छ। यो अपिलले यस्ता जागिरहरुलाई कसरी सम्बोधन गर्ला त?

कन्सल्टेन्टको हकमा पनि केही अन्यौल छ। जस्तै अनकल ड्युटीलाई ड्युटी मान्ने कि नमान्ने? त्यो ड्युटी गरेपछि उसले अर्को दिन बिदा पाउने कि नपाउने? बिदा पायो भने त्यसैलाई उसको एकदिने छुट्टीमा गन्ने कि नगन्ने? कि अर्को दिन फेरि छुट्टी बस्नुपर्ने हो? यो एक दिने छुट्टीको नियम नै बनाएर लगाइयो भने सबैभन्दा बढी असर गर्ने भनेको धेरै व्यस्त रहने प्रख्यात सिनियर डाक्टरहरुलाई नै हो र उनीहरुले यो कुरा सजिलै मान्छन् जस्तो लाग्दैन। हेरौं एनएमएले आफ्नो यो अपिललाई कसरी कहाँसम्म बोकेर लैजान सक्छ?

सरकारीमा मात्र वा प्राइभेटमा मात्र काम गर्ने डाक्टरमा यो नियम लगाउन सजिलो होला (मानिदिए भने) तर सरकारी र प्राइभेट दुवैमा काम गर्ने डाक्टरहरु(धेरैजसो यही समूहमा पर्छन्)को हकमा भने यो गाह्रो देखिन्छ। जस्तो सरकारी डाक्टरले आइतबारदेखि शुक्रवारसम्म त सरकारी अस्पतालको ओपिडीमा काम गरेको हुन्छ। अब त्यसको मतलब शनिवार ऊ छुट्टीमा बस्नुपर्यो। अर्थात् धेरैजसो डाक्टर शनिबार छुट्टी बस्नुपर्ने हुन्छ। त्यसो हो भने त शनिबार प्राइभेट क्लिनिकहरु बन्द गर्नुपर्ने हुन्छ। जुन असम्भव कुरा हो। एनएमएले त्यसो गर्न खोजेको पनि पक्कै होइन होला। त्यसो भए उसले यो लिनैपर्ने एक दिने छुट्टीको नियमलाई कसरी लागू गर्ने भनेर सोचेको छ त?

यसको अर्को मुख्य समस्या भनेको यसले समस्याको गुदीलाई सम्बोधन गर्दैन। मात्र बाहिरी खोल टल्काउने काम गर्छ। डाक्टरहरु यसरी मरिहत्ते गरेर काम गर्नुको एउटा मुख्य कारण थोरै तलब हो। एक त महंगो र लामो पढाई (एमबीबीएस, एमडी, डिएम सबै) अनि अर्काेतर पढाई सकेपछिको तलब पनि चित्तबुझ्दो नहुने (स्कुल, प्लसटुका सँगैका मेडिसिन नपढेका साथीहरुले आफूले एमबीबीएस भ्याउँदा मास्टर्स सकिसकेर जागिर वा व्यापार शुरु गरिसकेको हुन्छन्)। अनि परिवारको उत्तरदायित्व, समाजले आफूप्रति हेर्ने दृष्टिकोण आदि कुराको सन्तुलन मिलाउन धेरै गाह्रो पर्छ। यस्तोमा उसलाई पढाइको बेला लागेको लगानी उठाउन (ऋण पनि हुनसक्छ), नयाँ बनेको स्टाटस मेन्टेन गर्न, पारिवारिक जिम्मेवारी पूरा गर्न नैतिक दवाव पर्छ। शायद यसैले ऊ सबै बिर्सेर पैसा कमाउन लागिपर्छ। पुराना नाम चलेकाहरुका हकमा भने बजारमा आफ्नो बढेको मागलाई सम्बोधन गर्नैपर्ने भन्ने दवाव वा गरिएन भने भोलि आफ्नै बजारमा असर गर्ला कि भन्ने डर हुन्छ, सायद। त्यसैले छोड्न सक्दैनन् र आएका जति सबैलाई हेर्ने गर्छन्। केहीमा आएको लक्ष्मी किन छोड्ने भन्ने लोभ त हुन्छ नै, आखिर मान्छे नै हुन्।

समस्याको यो भित्री पाटोलाई सम्बोधन नगरी जबरजस्ती एक दिने छुट्टी भनेर आइरहेको कमाइ काट्ने नियम लगाइयो भने राम्रै सोचेर ल्याइएको भएपनि शायदै कसैले मान्छन् होला।

आफ्ना डाक्टरहरुको समस्यालाई मनन गर्नु, बिरामीको उपचारप्रति गम्भिर हुनु सकरात्मक कुरा हो। मुद्दा सही उठाइएको हो। रातभर नाइटबस चलाउने ड्राइभरले त दिउसो सुत्न पाउँछ किनकी निद्रा नपुग्या ड्राइभरले बस चलाउँदा दुर्घटना हुने सम्भावना बढ्छ रे। त्यसो हो भने रातभर ड्युटी गरेको डाक्टरले अर्को दिनभर बिरामी हेर्दा वा बिना आराम हरेक दिन १ सय भन्दा बिरामी हेर्दाचाहिँ गल्ती, दुर्घटना हुने सम्भावना बढ्नु स्वाभाविक हो।  तर, यसको समाधान भनेर यस्तो हल्का खालको अपिल गर्नुको साटो गृहकार्य गरेर कसरी यो कम गर्न सकिन्छ भनेर वैचारिक मन्थन गरेको भए हुन्थ्यो।

जस्तो कि डाक्टरहरुको तलब बढाउनलाई दवाव दिने, तलव बढाउनलाई के समस्या हो? बरु तालिमहरुका अनावश्यक भत्ताहरु काटेर पो तलव बढाउन सकिन्छ कि? एक दिने छुट्टीको साटो एक हप्तामा निश्चित घण्टामात्र (प्राइभेट र सरकारी दुवै गरी) बिरामी जाँच्न पाउने, एउटा बिरामीलाई निश्चित समय दिनुपर्ने, कसले कति समय काम गरिरहेको छ भन्ने रेकर्ड राख्ने संयन्त्र बनाउने आदि। साथै मेडिकल शिक्षामा राज्यले लगानी गरेर कसरी सस्तो र सकेसम्म निःशुल्क बनाउन सकिन्छ भनेर छलफल गर्न सकिन्छ। किनकी कुनै पनि क्षेत्रमा आफ्नो लाखौंको लगानी लगाएपछि प्रतिफल आउने बेलामा त्यो व्याज सहित असुल गर्न खोज्नु त साधारण मानवीय व्यवहार हो।

पढ्ने बेलामा लाखौं खर्च भएको चाहिँ नदेख्ने अनि पछि चिकित्सकिय धर्म भित्रै रहेर पनि कमाउन खोज्दा पनि ‘समाजसेवा गर’, ‘डाक्टर भएर पैसाको लोभ गर्ने!’ भनेर आँखा तरेर हेर्ने दोहोरो चरित्रको हाम्रो समाजको सोच बारे पनि मन्थन हुनु जरुरी छ। यसो नगरिए यो एउटा अपिल मात्र बन्नेछ र नियम नै बनाएर लगाइए पनि धेरै डाक्टरहरुले यसलाई मान्ने छैनन्। नेपालका अन्य धेरै नियमहरु जस्तै यो पनि कागजमा मात्र सजिएर बस्ने निश्चित छ।

यो लेख २०७२ चैत्र २६ गती 'स्वास्थ्यखबर पत्रीका' मा छापिएको थियो।
बाँकी पढ्नुहोस् >>

Tuesday, February 23, 2016

प्रसूति अप्रेसन गर्दा पाठेघरै झिकियो...



यो लेख घटनामा कसैलाई दोषी देखाउन वा कसैलाई दोषबाट बचाउन लेखिएको हैन। लेखक दुवैतर्फसँग सम्बन्धित छैनन्। यो लेख सेतोपाटीमा प्रकाशित खिलानाथ ढकालले लेख्नुभएको 'प्रसूती अप्रेसनगर्दा पाठेघरै झिकियो' भन्ने लेख पढेपछीको प्रतिकृया हो। यसलाई घटनाको छानवीनको लागि कानुनीरुपमा प्रयोग नगरियोस्।

'प्रसुती अप्रेसन गर्दा पाठेघरै झिकियो।'
यो वाक्यको आशय के होला? सामान्य मान्छेले यो पढ्दा के बुझ्छन्? मैले झट्ट हेर्दा चैं प्रसुती अप्रेसन गर्दा गल्ती वा लापरवाहीले ननिकाल्नुपर्ने पाठेघर निकालियो, विरामीको स्वास्थ्यमा खेलबाड गर्दै डाक्टरहरुले उनको पाठेघर नै झिकिदिए भन्ने बुझें। सिजेरियन अप्रेसन वा प्रसुती अप्रेसनमा अनुभव भएको नाताले म के भन्न सक्छु भने कुनै पनि डाक्टरले यो अप्रेसन गर्दा चाहेर अनावश्यकरुपमा वा नचाहेर लापरवाही भए पनि पाठेघर झिक्न सक्दैन। सहि अवस्थाको मगज भएको डाक्टरले बच्चा जन्मेपछी पाठेघर नखुम्चिएर अत्यधिक रक्तस्राव भयो भने आमाको ज्यान बचाउनका लागि पाठेघर निकाल्ने अप्रेसन गर्छन् न कि लापरवाही गरेर झुक्किएर वा रमाइलोको लागि। यदी चाहेर नै अनावश्यकरुपमा दु:ख दिन झिक्छ भने त्यो 'क्रिमिनल माइन्ड'को जनावर हो, मान्छे हैन। त्यसैले भएको घटनालाई सहि उद्रित गरेको भए पनि यो शिर्षकको आशय एकदमै गलत देखिन्छ।
'चौबिसै घन्टा विशेषज्ञ सेवा दिनुपर्ने अस्पतालमा शनिबार भन्दै डाक्टर आएनन्।'
के साँच्चै यो भएको हो? के त्यो दिन कोही ड्युटीमै थिएनन्? के त्यो दिन राउन्ड नै भएन त? कुनै पनि अस्पतालमा २४ घण्टा भरी राउन्ड नै नहुने भनेको चैं लापरवाही हो, यदी समाचार सहि हो भने। यो कुरा त अनुसन्धान गरे पत्ता लाग्ने कुरा हो, एकजना भिजिटरले डाक्टर आएनन् भन्दैमा पत्याउन मिल्दैन, कैले उ नभएको बेलामा राउन्ड भएको हुनसक्छ।
'डाक्टर….आइपुगिन्। चेकजाँच नगरी हात हालिन्। बच्चा निस्किएन।'
'चेकजाँच नगरी हात हालिन्' यो भन्या के हो, बुझिएन। पाठेघरको मुख कती घर सेमी खुल्यो, बच्चा कती तल आयो, बच्चाको टाउकोको अवस्था के छ, तल आउन केइले रोकेको छ कि छैन आदी सबै बुझ्नलाई योनीबाट औंला हालेर जाचिन्छ।
'परिवारलाई खाली कागजमा सही गराए।'
कसैले पनि खाली कागजमा सहि गराउछ भने त्यो एकदमै गलत हो। के साँच्चै उनीहरुलाई खाली कागजमै सहि गराईएको थियो त? यदी 'थियो' भने यो पूरै अपराध हुनजान्छ तर मलाई यो कुरामा विश्वास छैन। आफन्तले सहि गर्ने भने मन्जुरीनामाको कागजमा हो, जसमा के अप्रेसन गर्न लागिएको हो, के कस्ता जटिलताहरु आउन सक्छन् आदी सबै प्रष्टसँग लेखिएका हुन्छ्न्, त्यसको तल सहि गर्नुको मतलब 'सबै पढें र सबै जानकारी भयो र यसको लागि तयार छु' भन्ने बुझाउछ। त्यसैले कुनै कुरामा सहि गर्नु अघी के हो, किन गर्ने सोध्नुपर्छ र बुझिएन भने फेरीफेरी सोध्नुपर्छ।
'त्यतिलाई पनि सहिरहेका थिए तर जब डाक्टरले पाठेघर झिकेको खबर गरे अनि परिवारलाई झन् चिन्ता लाग्यो।'
कैलेकाही जे अप्रेसन गर्न अप्रेसन कोठाभित्र लगिएको हो, त्यो बाहेक केही थप वा फरक अप्रेसन गर्नुपर्ने अवस्था आउन सक्छ। त्यस्तो बेला एकजना डाक्टर बाहिर आएर सो बारे परिवारलाई जानकारी गराउनुपर्छ। हतारमा, इमर्जेन्सी अवस्थामा, तनावले गर्दा कती बेला अप्रेसन गर्ने डाक्टरहरुले यो कुरा बिर्सन्छन्। सकेसम्म यो जानकारी सो अप्रेसन गर्नु अघी दिनुपर्छ तर ज्यान जोगाउन गरिने इमर्जेन्सी अप्रेसनहरुमा पहिले ज्यान जोगाएर पछी जानकारी गराए पनि हुन्छ।
गल्ती भयो, लापरबाही भयो, जे भयो नराम्रो नमान्दिनुस्,’ दुबै डाक्टरले भनेछन्।
अप्रेसन गर्ने दुवै डाक्टरले यसो भनेकै हुन् त? दुवैले गल्ती, लापरवाही स्विकारेका भए त कुरै सकियो, उहाँहरुलाई सिधै के गल्ती भएको हो, के लापरवाही भएको हो भनेर स्पष्ट सोधेर त्यही लेखिदिनुभएको भए झन राम्रो हुन्थ्यो। तर मैले धेरैपटक सम्बन्धित व्यक्तिले एउटा कुरा भनेको समाचारमा फरक अर्थ लाग्ने गरी बङ्याइएर लेखेको पाएको छु, त्यसैले यो कुरामा नि मलाई शंकै लाग्छ।

पत्रकारसाथीहरु र सम्पादकज्यूहरुलाई फेरी पनि अनुरोध।
स्वास्थ्य क्षेत्र यसै पनि संवेदनशील हो, त्यस माथि नक्कली डाक्टरहरु भेटिएका छन्, अस्पतालहरु व्यापारिक लाभका लागि चलाइन थालइएको छ, गलत रिपोर्ट दिने ल्याबहरु फेला पर्न थालिएको छ। तर यो भनेर सबैलाई एउटै आँखाले हेर्न मिल्दैन। हामी पनि यो क्षेत्रमा भएका विक्रिती छिटो पत्ता लागोस्, यसको सुधार होस् भन्ने चाहन्छौं। हामी पनि मान्छे हौं गल्ती चाहेर नचाहेर हुन्छ तर भएका घटनाहरुलाई तोडमरोड गरेर काँटछाँट गरेर आफूले चाहेजस्तो गरी सबैको अघी पस्केर समाजलाई दिगभ्रमित गर्नु ठीक हुन्न। कुनै एक पक्षको सतही कुरा सुनेर त्यसमा आफ्नो इमोसनल डायलगहरु भरेर धेरै बिक्ने कथा लेख्दा तपाईंको पत्रीकाको भ्यू र विक्री त बढ्ला तर यसले स्वास्थ्य क्षेत्रको संवेदनशीलतामा वर्षौंसम्म गहिरो असर पार्छ।
उक्त लेखको शेयरमा सेतोपाटीको पेजमा यस्ता प्रतिकृयाहरु लेखिएका थिए, शायद लेखक र सम्पादकले यस्तै खोज्नुभएको हो कि?  
डाक्टर, नर्स वा सबै स्वास्थ्यकर्मी साथीहरुलाई अनुरोध।
हामीले विरामीको उपचारमा दिनदिनै धेरै कुरा गरिरहेका हुन्छौं तर ती कामकुराहरुलाई विरामी र उनका आफन्तहरुलाई सहि तरिकाले बुझाउन सकेका हुँदैनौं। र धेरैपटक यही मिस कम्युनिकेसन नै हामी माथि लापरवाहीको दोषको रुपमा आउने गर्छ। विरामीको अवस्था अनुसार गरिएको उपचार, औषधी सहि नै हुन्छ तर सर्वसाधारणले अहिलेको शंकालु नजरले हेर्दा गल्ती वा लापरवाही देख्ने गर्छ। राम्रोसँग बुझाईएन भने सीपीआर (मुटु बन्द हुँदा छाती थिचेर गरिने उपचार प्रकृया) गर्दा तपाईंलाई 'विरामीको छाती थिचेर मार्यो' भन्ने दोष लाग्न सक्छ, श्वासनली बन्द हुँदा इमर्जेन्सी ट्र्याकियोस्टोमी (घाँटीमा हावा आउनजान वैकल्पिक बाटो खोल्ने अप्रेसन) गर्दा 'घाँटी काटेर मार्यो' भन्ने दोष आउन सक्छ। त्यसैले हामीले गर्ने जाँच, औषधी, उपचार, अप्रेसनहरुको बारेमा सकेसम्म बढीभन्दा बढी जानकारी दिने कोशीश गरौं र उनीहरुले सहि बुझेका छन् कि छैनन् भनेर पनि कन्फर्म गर्ने गरौं। साथै उपचार प्रकृयाका कुराहरुको सकेसम्म रेकर्ड राख्ने गरौं, हिजोआज 'मेडिकोलेगल' प्रकृया हुने सम्भावना धेरै नै बढेर गएको छ।
बाँकी पढ्नुहोस् >>