मधुमेहका लक्षणहरु के-के होला भनेर कसैलाई पनि सोध्दा बढि भोक लाग्ने, बढि प्यास लाग्ने, बढि पिसाब लाग्ने भन्ने उत्तर पाइन्छ। तर ती भनेका पछिका वा रोगले बढि नै असर गरिसकेपछिका लक्षणहरु हुन्। त्यसैले रोगलाई पहिले नै समाएर त्यसका जटिलताहरुबाट आफूलाई बचाउनका लागि यसका सुरुका लक्षणहरु थाहा पाउनुपर्ने हुन्छ। अन्य दिर्घरोगहरुमा जस्तै यसमा पनि शुरुमा केहि पनि लक्षणहरु नदेखिन सक्छ। त्यस्तो बेलामा अघिल्लो पोष्टरमा भनिएका मध्ये मधुमेह हुनसक्ने सम्भावना भएका कुनै अवस्था वा समस्या भएमा आफूलाई मधुमेह भए नभएको जाँच गर्नुपर्छ।
के मधुमेह निको पार्न सकिन्छ त?
सकिदैंन। उचित रेखदेख र उपचारबाट यसलाई नियन्त्रणमा मात्र राख्न सकिन्छ र एक पटक यो रोग लागिसकेपछि हाम्रो प्रयास पनि यसलाई नियन्त्रणमा राखेर यसका कारणले अन्य अंगहरुमा जटिलता नआओस् भन्ने नै हुन्छ न कि चमत्कारिक रुपमा यसलाई ठिक पार्ने, जुन सम्भव पनि छैन र यसका विरामी र सामान्य व्यक्तिहरुले पनि यो बुझ्नु अति जरुरी छ।
त्यसोभने यस्तो महामारीको रुपमा फैलिदै गरेको दीर्घरोगबाट बच्ने कुनै उपाय छैन त? त्यसो होइन। यदी तपाईं मधुमेह हुनसक्ने सम्भावित सूचीमा पर्नुहुन्छ भने तल दिइएका उपायहरु अपनाएर यो रोग लाग्ने सम्भावनालाई धेरै कम गर्न सक्नुहुन्छ। यसमा पेटको गोलाई (नाइटोको वरीपरिको)/Abdominal Girth अति महत्वपूर्ण हुन्छ। यसको नाप पुरुषहरुमा ९० सेमी भन्दा कम र महिलाहरुमा ८० सेमी भन्दा कम राख्नुपर्छ। यी उपायहरु स्वस्थ जीवन शैलीका तरिकाहरु हुन्, जुन रोग लागेपछि वा रोग लाग्ने सम्भावना देखिएका व्यक्तिहरुले मात्र नभई सबैले अपनाउनु फाइदाजनक हुन्छ।
मधुमेह नियन्त्रणका उपलब्ध विधिहरु निम्न हुन्। ध्यान दिनुहोस्- औषधी र इन्सुलिन यसको पाचौं नम्बरमा परेको छ र पहिले नम्बरमा शिक्षा र ज्ञान छ। मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोगहरुमा रोग लागेर उपचार गर्नुभन्दा पहिले नै रोगका बारेमा जानकारी ज्ञान लिएर त्यसलाई लाग्नै नदिने उपायहरु अपनाउनु बुद्धिमानी हुन्छ।
नियमित व्यायामले शरीरमा इन्सुलिनको कार्य प्रभावकारिता बढाई रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्छ। त्यस्तै शरीरको तौल नियन्त्रणमा राख्ने र शरीरलाई स्फूर्त राख्ने गर्छ।
मधुमेह रोग एउटा भएपनि शरीरका धॆरै अंगहरुमा यसले असर गर्छ। त्यसैले नियमित रुपमा रगतमा चिनीको मात्रा जाँचेर मात्र यसको असर र अवस्थाका बारेमा थाहा पाउन सकिदैंन। पोष्टरमा भनिएजस्तै नियमित समयमा मृगौला, आँखा, मुटु, खुट्टा आदीको जाँच गरिरहनुपर्छ।
मधुमेहका विरामीहरुमा आपतकालीन र दीर्घकालीन गरी दुई थरीका जटिलताहरु देखिनसक्छन्। चिनीको मात्रा अचानक कम हुनु/Hypoglycemia र बढि हुनु/Diabetic KetoAcidosis (DKA) or HyperOsmolar Non-Ketotic coma (HONK) ले विरामीको ज्यान पनि जानसक्छ। त्यसैले विरामी र उसका परिवारले यस्ता अवस्थाका लक्षण र त्यस्तो बेलामा गर्नुपर्ने उपचारका बारेमा जानकारी लिइराख्नुपर्छ। कहिलेकाही चिनीको मात्रा कम हुँदा र बढि हुँदाको अवस्थाका लक्षणहरु छुट्टयाउन गाह्रों हुनसक्छ, त्यस्तो बेलामा चिनीको मात्रा कम भएको ठानेर ग्लुकोज पानी वा गुलियो कुरा खानुपर्छ, किनकी चिनी कम हुने अवस्थाले विरामीको ज्यान तुरुन्तै जानसक्छ भने बढि हुने अवस्थामा त्यस्तो स्थिती आउन केही घण्टा वा दिन लाग्नेगर्छ साथै चिनीको मात्रा बढि भैरहेको बेलामा थप केही बढि भएमा खासै फरक पर्दैन तर चिनीको मात्रा कम हुँदा क्षणभरमा ज्यान जानसक्छ।

दीर्घकालीन रोगहरुमा धुम्रपान जस्ता कुलतले समस्या र जटिलताहरुलाई बढाउने छिटो ल्याउने काम गर्छ।
त्यसैले त्यस्ता कुलतहरुलाई चटक्कै छोडेर स्वस्थ जीवन जीउनु नै बुद्धिमानी हुन्छ।