एक जना डाक्टर साथीले फेसबुकमा शेयर गर्नुभएको कुरा यहाँ सबैसँग बाढ्न चाहन्छु।
एकजना २२वर्षिय युवक सास फेर्न गार्हो भएर उनी काम गरिरहेको अस्पतालको इमर्जेन्सीमा आए। जाचको क्रममा उनको म्रिगौलाले काम नगरि शरीरमा अत्यधिक क्रिएटिनिन/creatinine जम्मा भएको, शरीरमा पानी बढी भएर पल्मोनरी इडिमा/Pulmonary edema मा गएको र उपचारको लागि तुरुन्त डायलाइसिस/Dialysis गर्नुपर्ने देखियो। आफ्नो अस्पतालमा डायलाइसिस र आइसियु नभएकोले उन्ले विरामी रिफर त गरे तर विरामीको अवस्था अती सिकिस्त भएको र विरामीले पैसा डिपोजिट राख्न नसक्ने भएकोले प्राइभेट नर्सिङ होमहरुले विरामी लिनै मानेनन् भने सरकारी अस्पतालमा बेड खाली नभएको र अन्य कारण देखाइ विरामी लिन मानेन। विरामीको अवस्था अझ गम्भिर भएर श्वासप्रश्वासमा गार्हो पर्दैगएकोले उन्ले तत्कालको लागि मुखबाट पाइप हाली बाहिरबाट श्वास दिन इन्टुबेसन/Endotracheal Intubation गरे। तर त्यो तत्कालको लागि मात्र थियो, डायलाइसिस नपाईकन सुधार हुने अवस्था छैन, जुन त्यो विरामीले पाउने सम्भावना छैन। अब विरामीका परिवारहरुले उन्ले पाइप हालेका हुनाले विरामीको जिम्मेवारी उन्ले लिनुपर्ने र जसरी नि उपचार गर्नुपर्ने भन्दैछन रे।
आफुले सक्दो प्रयास गरेर विरामी बचाउन खोज्नु के उन्को दोस हो? कि पैसा विना विरामी नै लिन नमान्ने नर्सिङ होमहरुको दोस हो? कि भरिभराउ भएका सरकारी अस्पतालहरुको दोस हो? कि "म सक्दिन, जतासुकै लानुस्" भनेर आफ्नो हात झिक्न नसकी मानवता देखाउनु उन्को दोस हो? कि यस्ता इमर्जेन्सी सेवा नि:सुल्क गर्न नसक्ने हाम्रो सरकारको दोस हो? कि यस्तो देशको नागरिक भएर जन्मिनु उही विरामीको दोस हो? यो कस्को दोस हो??
दोष हाम्रो मानवियता विहीन जिन्दगीको हो, गरिब भएर जन्मनुको दोष हो अरु नै खै कसलाई के भन्ने
ReplyDeleteसबै हाम्रो सरकारि निकायको नै कमजोरि हो । गरिब होस या धनि सबैले सम्पुर्ण उपचार पाउने ब्याबस्था हुनुपर्छ सहि समयमा। बाचे पछि लेनदेन त गरौला नि। ज्यान रहे पैस तिरियला नि । आम नगरिक को स्वास्थ को जिम्मा सरकार ले नै लिन सक्नु पर्छ।
ReplyDeletehttp://kishorkc.blogspot.com