लिजोनेर्स रोगको बारेमा भ्रमहरुको बारेमा डा. चिरायु रेग्मी ले आफ्नो फेसबुक वालमा लेख्नुभएको कुराहरु:-
लिजोनेर्स डिजिज (Legionnaires disease) को बारेमा पत्रिकामा यसरी समाचार आइदियो कि, पाठकहरुले सामाजिक संजालमा पानी 'उमालेर' मात्र खान समेत सुझाब दिए।
यी भ्रमहरुको खिलाफमा केहि तथ्यहरु-
१. लिजोनेर्स डिजिज- यो एक किसिमको निमोनिया हो। लिजोनेल्ला भन्ने व्याक्टेरियाले गर्दा यो रोग लाग्ने गर्छ। निमोनियाको कारणको रुपमा यो व्याक्टेरिया नेपालमा पहिलो पटक पत्ता लागेको हो।
२. यो रोग संक्रमित/फोहोर पानी खाएर सर्दैन- बरु जीवाणुयुक्त पानीको बाफ/फोहरालाई साससंगै फोक्सो भित्र तानियो भने सर्छ- AC को प्रयोग हुदा, अस्पतालमा nebulizer/respirator द्वारा, आधुनिक shopping mall मा तरकारीलाई ताजा राख्न प्रयोग गरिने पानीको स्प्रेद्वारा र कहिलेकाही sauna/shower मा नुहाउदा सर्न सक्छ। यी किसिमले प्रयोग गर्ने पानीलाई रासायनिक माध्यमले प्रसोधन गरे यो रोग फैलनबाट रोक्न सकिन्छ।
३. रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका बृद्ध, दिर्घ धुम्रपान गरेका र फोक्सोमा पहिलै अरु समस्या भएकाहरुलाई सजिलै सर्छ, अरुमा सर्न गार्हो छ।
४. यसको उपचार नेपालमा सजिलै उपलब्ध छ। मान्छेबाट मान्छेमा सर्दैन, त्यसैले ठूलो महामारी फैलने सम्भावना कम छ।