केही दिन अघी एक जना साथीले सुनाएको कुरा..
वार्डमा एउटी विरामी बच्ची भर्ना भएकी थिइन्। उन्को उपचारको क्रममा इन्भेजिभ प्रोसिडोर/Invasive procedure (घोचेर गर्नुपर्ने केही जाँच)गर्नुपर्ने भो रे, फेमोरल क्याथेटर/Femoral catheter हाल्नुपर्ने वा कतै बाट बायोप्सी/Biopsy लिनुपर्ने यस्तै केइ थियो। मैले ऐले ठ्याक्कै बिर्सें। त्यो थाहा पाएपछी ति बच्ची १-२ सम्म बोल्दैबोलिनन् रे। साच्चै नै डराएकी थिइन् कि के भो उन्लाई, पटक्कै बोलिनन् रे। न त उस्की आमाबुवासँग न त अरु सँग, न त डक्टरसँग नै। जे गर्दा नि नभएपछी मानसिक रोगको डाक्टरलाई नि बोलाएर देखाइयो रे। तैपनी खासै केइ लागेन रे। पछी एक दिन बिहानबाटै उनी मजाले कुरा गर्न थालिन् रे। किन, कसरी भन्ने थाहा नपाएका सबै अचम्ममा परे। हिजोसम्म चुप आज यो फुच्चीलाई के भयो भन्न थाले वरिस्ठ डाक्टरहरु पनि।खासमा भएको के थियो रे भने एक जना साथीको नाइट ड्युटी परेको थियो रे। र उनले ति फुच्चीलाई रातभरी आफ्नो ट्याब्लेट/मोबाइलमा गीतहरु सुनाएका थिए रे। फुच्चीसँग उसैको उमेरमा झरेर, उ जस्तै बनेर गफ गरेका थिए रे। यो कुनै ठुलो कुरा त होइन तर मैले यो घटनामा दुइटा कुरा सिकें।
विरामीलाई आफ्नो कुरा बुझाउन उनिहरुको स्तरमा रहेर कुरा गर्नुपर्छ, चाहे त्यो उमेरको स्तर होस्, बौद्धिकताको स्तर होस्। आफ्नै तालले ठुलाठुला मेडिकल शब्दहरु र अङ्रेजी शब्दहरु घुसाएर विरामीसँग बोल्दा वरिस्ठ भइएको भ्रम त होला तर विरामिले त्यो शायदै बुझेका हुन्छन्। मेडिकल डायग्नोसिस, शब्दहरुलाई ठ्याक्कै नेपालीमा भन्न साह्रै अफ्ठेरो हुन्छ, अर्थ मिल्दैन, अनर्थ लाग्न सक्छ, तैपनी विरामीले बुझ्ने गरी भन्ने सक्दो प्रयास गर्नुपर्छ। बच्चाहरुसँग कुरा गर्दा त बच्चा नै भएको झन राम्रो। यो गुण बच्चाको डाक्टरमा त अनिवार्य नै हुनुपर्ने हो, तर धेरैमा यो हुँदैन।
अर्को कुरा चै, संगीतको, म्युजिकको कुरा। राम्रो, मिठो गीतसंगितले मान्छेको मुड चेन्ज गर्न सक्छ, उस्को सोचाइ, फिलिङस बदल्न सक्छ। विरामीको उपचारमा प्रयोग गर्न सकिने यस्ता धेरै अल्टर्नेटिभ विधीहरु हामीकहा वर्षौदेखी छन्। मेडिटेसन, योगा, विभिन्न घरेलु उपचारहरु आदी आदी। तर हाम्रो एलोप्याथिक मेडिसिनले यस्ता अल्टर्नेटिभ तरिकालाई आफुमा समेट्न सकेको छैन, हामी डाक्टरहरु र विरामिहरु पनि औषधीको गोलीमै विश्वास गर्छौ। धेरै, महँगो औषधी लेखे ठुलो डाक्टर, औषधी नलेखी यस्तै राम्रो सल्लाह मात्र दियो, नजान्ने डाक्टर।
अन्तमा,
त्यो साथीको त्यो अनौठो उपचार पद्धतीको खै कसैले सराहना गरे गरेनन् थाहा भएन, तर म चै यस्ता नौलो तरिका अपनाउनेलाई मान्छु। यस्तै जीवन्त तरिका र व्यवहारहरुले नै हामी डाक्टरहरुलाई सुई घोच्ने र गोली दिने तालिमप्राप्त रोबोट नभै मानवता भएको जिउदो र वास्तविक साथी(विरामिको) बनाएको छ। धन्यवाद उनलाई र उन्को त्यो तरिकालाई।।
Interesting.
ReplyDeleteGreat brother!
ReplyDeleteThank U. :)
ReplyDeleteReally it is.
ReplyDelete