अमेरिकाका वरिष्ठ डा. रमेश आचार्यको नेपाली मेडिकल क्षेत्रलाई दोषारोपण सहितको भिडियो नै आएछ। उनी भर्खरै नर्भिक अस्पतालको इमर्जेन्सीमा मृत्यु भएकी भिक्टोरियाका बुवा हुन् जसले उनको उपचारमा लापरवाही भएको भन्दै उजुरी हालेका थिए र स्वास्थ्य मन्त्रालयबाट गठित छानवीन समितिले "लापरवाहिको प्रमाण नभेटिएको" भनेर आफ्नो रिपोर्ट दिएको थियो। यहाँ हेरौं -
'नर्भिकमा बालिका मृत्यु प्रकरण : भेटिएन लापरबाहीको ठोस आधार'
यो उनलाई बद्नाम गर्नका लागि लेखिएको हैन र नर्भिक अस्पतालको बचावमा पनि लेखिएको हैन। उनले आफ्नी १६ महिनाकी छोरीलाई भर्खरै गुमाएका छन्, त्यसमा हामीलाई नि दु:ख लागेको छ तर उनले जुन तरिकाले आफ्नो अल्प मेडिकल ज्ञानलाई प्रयोग गरी मिडिया र दुनियाँको आँखामा छारो हाली नेपाली डाक्टरहरु र नेपाली मेडिकल क्षेत्रलाई पूरै गलत देखाउने कुचेष्टा गरेका छन् त्यसको पर्दाफास भने हुनैपर्छ।
उनका कुराहरुमा मेरा केही असहमतिहरु-
१. छोरीलाई Common cold मात्र जस्तो देखिन्थ्यो भन्नुभो, सिरियस नि हैन भन्नुभो अनि सिधै PICU छ छैन किन सोध्नुभाहोला? कुरा अलि मिलेन।
२. Ceftriaxone भन्ने high dose को औषधि दिएर छोरीको तापक्रम १०५ पुग्यो। कुनै मेडिकल पर्सनले यसरी बोल्छ र? Antibiotic दिएर ज्वरो न त बढ्छ न त घट्छ। पत्रकारलाई बुझाउन नि वरिष्ठ चिकित्सकले यसरी बोल्दैनन्।
३. उनको छोरीलाई जबर्जस्ती समातेर ET tube राखिदिए। कुनै पनि स्वास्थ्यकर्मीले जबर्जस्ती ET tube राख्दैन। काठमाण्डौ भित्रै विरामी transfer गर्दा नि ET Tube राख्ने अवस्था आएको थियो थिएन, तपाईं यदि वरिष्ठ चिकित्सक हो भने आफैंले थाहा पाउनुपर्ने। त्यस्तो अवस्था नआई कसैले नि बुवाले लिइसकेको बच्चीलाई खोसेर ट्युब हाल्दैन।
४. १६ महिनाको बच्चीलाई ६ नं को ET tube हाल्यो, त्यो पनि बालरोग विशेषज्ञले! कसैले पत्याउछ? ३ वर्ष बच्चासम्बन्धी अध्ययन गरेको, NICU, PICU मा काम गरेको बालरोग विशेषज्ञले १६ महिने बच्चालाई ६ को ट्युब हाल्न सपनामा पनि सोच्दैन। तपाईंले कहाँबाट सोच्नुभो?
५. Pediatric pulmonologist र Pediatric anesthesiologist नेपालमा कति छन्? इमर्जेन्सी कन्डिसनमा ती विशेषज्ञ छैनन् भने तिनलाई विदेशबाट भए नि बोलाएर कुरेर बस्ने हो? हाम्रो इमर्जेन्सीको तालिममा त त्यस्तो हुन्थेन। तपाईंले कहाँ पढ्नुभा हो कुन्नी?
६. Midazolam sensitive to body. कहिल्यै नसुनेको। vancomycin र ceftriaxone को sensitivity test गरेर मात्र हालिन्छ र? खै थाहा भएन। त्यै पनि इमर्जेन्सी condition मा severe allergic drug लाई मात्र sensitivity test गरिएला। अरुलाई गरिन्न।
७. ET tube intubation procedure ले pneumothorax भएको रे। intubate गरेर ambu bagging ले बढी प्रेशर भएर वा ventilator मा राख्दा positive pressure ventilation ले भए अर्को कुरा, intubating procedure ले नै pneumothorax गराउछ भन्ने कुरा anatomically नि सम्भव छैन।
८. postmortem report ले autopsy को कुरा बोल्दैन। यो कस्तो कुरा हो? दुवै एउटै हैन र?९. निमोनिया आफैंले suspect गरे रे। शुरुमा चैं common cold रे। कुरा कतैबाट नि मिल्दैन।
१०. पेडियाट्रीक सोसाइटी पेडियाट्रीक डाक्टरहरुलाई बचाव गर्न बनेको संस्था हो। उनीहरुले गल्ती गरे पनि, अपराध गरे पनि बचाउने संस्था हो। मेडिकल पर्सनले विभिन्न मेडिकल सोसाइटी बारे यहि बुझेको हुन्छ? के हाम्रा सोसाइटीहरु गल्ती छोप्न र बचाउन मात्र बनेका हुन् र?
११. मेडिकल कुराहरुमा उनको कमेन्टहरु एकदमै नन मेडिकल मान्छेले भन्ने जस्ता छन्। सुन्दा उनले मेडिकल पढेका हुन् भन्नेमै शंका लाग्छ। उनले चिनबाट मेडिसिन पढेको सर्टिफिकेट ल्याएका थिए रे। तर नेपाल मेडिकल काउन्सिलको लाइसेन्से जाँच पास गर्न सकेनन्। अहिले उनले आफूलाई अमेरिकाको वरिष्ठ फिजिसियन भनेर चिनाएका छन्, जुनमा शंका छ।
हुन त उनको आफ्नो सर्टिफिकेट सक्कली होस् या नक्कली ले यो अनुसन्धानमा खास असर नगर्नुपर्ने हो तर मिडिया, पब्लिकले उनलाई अमेरिकाको डाक्टरको रुपमा हेरेको छ र उनले भनेका कुराहरु मेडिकल्ली पनि सहि छन् र नेपालका डाक्टरहरु गलत छन् र लापरवाही गर्या हुन् भनेर सोचिरहेका छन्, जुन गलत हो, उनले बोलेका मेडिकल कुराहरु विश्वास गर्न लायक छैनन्। किनकी उनको मेडिकल सर्टिफिकेटमै शंका छ।
उनको पहिलेको रेकर्डहरुको बारेमा थाहा पाउन यो लेख हेर्नुहोला।
'चीनमा एमबिबिएसका ७० विद्यार्थी अलपत्र, डा. आचार्य सहायक डिन भनेर ठग्दै'
(स्वास्थ्य खबर पत्रीकाको २ वर्ष अघीको न्युजमा लेखिएको छ- 'डा. आचार्य चीनको थ्री गर्जेज विश्वविद्यालयबाट सन् २०११मा एमबिबिएस गरेको प्रमाणपत्र नेपाल मेडिकल काउन्सिलमा पेश गरेका छन्। सन् २०१२मा काउन्सिल दर्ता परीक्षामा फेल भएपछि उनले दोहोर्याएर परीक्षा दिएका छैनन्। एमबिबिएस मात्र गरेका आचार्यले योग्यता बिनै आफूलाई छाङचा विश्वविद्यालयको सहायक डिन दाबी गर्दै आएका हुन्। उनले भर्खरै हिमशिखर टेलिभिजनलाई दिएको अन्तर्वार्तामा पनि आफुलाई सहायक डिनका रुपमा प्रस्तुत गरेका छन्।')
उनका कुराहरुमा मेरा सहमतिहरु-
१. डाक्टरहरु विरामी र विरामीका मान्छेसँग राम्ररी बोल्दैनन्। धेरैजसो नेपाली डाक्टरहरुमा विरामीसँगको कम्युनिकेसन सीप छैन। त्यो हामीले आफूलाई विरामीको ठाउमा उभ्याएर आफैले गरेको व्यवहार सम्झेर हेर्दा थाहा हुन्छ कि हामी कति सुध्रन बाकी छ।
२. अनुसन्धानका केसहरुमा स्वतन्त्र छानवीन भए हुन्थ्यो, रगत जाँच टेकुमै पठाएको भए हुन्थ्यो। उनको अनुमतिमा उनैलाई पनि सँगै राखेर पोस्टमार्ट्म गरिदिएको भए हुन्थ्यो।
अन्त्यमा,
हामीमा नि सुधार गर्नुपर्ने कुराहरु छन्, तर उनले आफ्नो डिग्री (नक्कली) को बलमा मिडिया र जनतालाई झुक्काएर सान्त्वना लिदैं जसरी नेपाली डाक्टरहरुलाई दोष लगाइरहेका छन् त्यो सहन सकिने छैन। यसै पनि बढ्दै गईरहेको विरामी र डाक्टरहरु बीचको अविश्वासको वातावरणलाई यसले झन बढाउने काम गरेको छ।यसलाई नर्भिक अस्पताल वा पेडियाट्रीक सोसाइटी वा सम्बन्धित कसैले खण्डन गरि समाजमा नेपाली डाक्टरको इमेज थप बिग्रनबाट बचाऔं।
No comments:
Post a Comment