बीपी कोइराला स्वा वि
प्र, धरानको 'बीपीमाछट्पटाउदै सुत्केरी,चिकित्सक रमिते' भन्ने
खबर अन्नपूर्ण पोस्टमा
छापिएपछी धेरैलाई डक्टरहरुप्रती घ्रिणा
आयो होला, कस्तो
मानवतै नभ'का
डक्टरहरु रैछन् भन्ने लाग्यो
होला। कतीले सामाजिक
सन्जालहरुमा त्यस्को लिन्क राखी
पैसाले डक्टर बनेकाहरु, यस्ता
डक्टरलाई त कार्वाही
गर्नुपर्ने पनि भन्नु
भो। घटना दु:खद हो,
मलाई नि नराम्रो
लाग्यो। अस्पतालको अघी बेडको
अभावमा कसैले आफ्नो बच्चा
गुमाउछ भने त्यो
भन्दा नराम्रो कुरा
के होला र,
त्यस्पछी अस्पताल र डक्टरप्रती
कम्ता रिस नउठ्ला
र। त्यो एकदमै
स्वाभाविक हो। पत्यार
लाग्दैन भने एक्छिन
आफुलाई उस्को ठाउँमा राखेर
सोच्नुस्।
यो लेख कसैको
बचाउ गर्न, कसको
दोस, को निर्दोस
भन्न लेखिएको हैन।
यो मात्र मेरो
अनुभव र भावना
हो।
हाम्रो देशको धेरैजसो ठुला
र राम्रा अस्पतालहरुमा
विरामीहरुको चाप अती
नै धेरै छ।
अस्पतालले धान्नसक्ने भन्दा धेरै,
बेड सन्ख्या भन्दा
धेरै विरामी दैनिकरुपमा
ओपिडी र इमर्जेन्सीमा
आउछन्। राजधानीको टिचिङ अस्पतालको
इमर्जेन्सी र ओपिडीको
भिड त सबैले
देख्नु भएकै होला।
ओपिडीमा कती विरामी
टिकट नपाएर फर्कन्छन्
भने इमर्जेन्सीमा एउटै
बेडमा २, ३
जनासम्म राखेर उपचार गराइरहेको
हुन्छ। अन्त पठाउन
नसकिएर, वा पठाउदा
नि जान नमानेर,
नसकेर। त्यो हाम्रो
चाहना हैन, विरामीलाई
एउटै बेडमा खादेर,
दु:ख दिएर
हामीले के पाउछौ
र? हामी त
विरामीलाई सहयोग गर्न त
बसेका हौ नि।
तर त्यस्मा नि
'विरामीलाई यस्तरी कोचेर राख्ने!
यस्तो असुविधा दिने,
हामी त टिचिङमा
राम्रो हुन्छ भनेर पो
आ'को, झन
यस्तो पो रैछ,
विरामीसँग कस्तो खेलबाड गरेको,
लापर्वाही गरेको' भन्ने गाली
इमर्जेन्सीमा काम गर्ने
डक्टर, नर्सहरुले बेलाबेलामा भेटीर'का हुन्छन्।
अब भन्नुस् विरामीलाई
त्यसरी राख्नुमा कस्को दोष?
के इमर्जेन्सीका डक्टरले
जानीजानी, दु:ख
दिनलाई, लापर्वाही गर्नलाई त्यसो
गरेका हुन् जस्तो
लाग्छ तपाईंलाई? अनी एउटै बेडमा २-३ जना राखेर नि ठाउँ नपुगेर अब सक्दैनौ बा भनेर विरामीलाई रिफर गर्नुमा कस्को दोष? डक्टरकै?? यो
सिस्टमको खराबी हो। अनी
मारमा पर्छन् डक्टर
र नर्सहरु।
हरेक अस्पतालमा यती विरामी
आउनसक्छन् भनेर निश्चित
बेड सन्ख्या, निश्चित
डक्टर, नर्स अन्य
कर्मचारी तोकिएको हुन्छ। समय
अनुसार यो कुराको
परिमार्जन नगरिएर हो वा
गरेको भन्दा नि
विरामी धेरै आएर
हो प्राय: ठुला
र सेन्टरका अस्पतालहरुमा
अनुमान गरिएको भन्दा धेरै
नै विरामी हुन्छन्।
मैले देखेको एउटा
मुख्य कारण त
पेरिफेरीका अस्पतालहरुले तोकिए अनुसार सेवा
दिन नपाएका, नसकेका,
विरामीलाई यहाँ पनि
उपचार हुन्छ भनेर
विश्वास दिलाउन नसकेका, अर्थात
चिकित्सा प्रणालीप्रती विरामीहरुको अविश्वास नै
हो। हेटौंडाबाट, पश्चिमबाट
कती विरामी सानासाना
समस्याका लागि चितवन,
काठमाण्डौ पुगिरहेका हुन्छन, जबकी
तीनको उपचार त्यही
क्षेत्रका अस्पतालमा गर्न सकिन्थ्यो
र गरेको भए
सेन्टरका अस्पतालमा भिड कम
हुन्थ्यो। यो विश्वासको
वातावरण खस्कदै जानुमा हामी
सबैको गल्ती छ,
डक्टर, नर्सहरुले राम्रो उपचार
हुन्छ भनी विश्वास
दिलाउन नसकेको, विरामीहरुले नि
चाहिने भन्दा बढी शंका
गरेको, अनी मिडियाले
नि राम्रो कुरालाई
नलेखी नराम्रा कुरा
खोजिखोजी प्रचार गरेको आदी
आदी।
क्षमता भन्दा धेरै विरामी
आए के गर्ने?
तपाईंको घर कती
जनासम्म पाहुना आए भने
राम्रो सेवा सत्कार
दिन सक्नुहुन्छ? ५
जना, १० जना?
एउटा छोटो कथा,
मानौं जाडोको महिनामा
एक्जना दयालुको घरमा १-१ गरेर
१० जना पाहुना
आए रे। उस्ले
बल्लतल्ल गरेर १०
जना पाहुनालाई नै
राम्ररी सत्कार गर्दै थियो
रे। त्यही बेला
कताकताबाट अर्को १ जना
फेरी थपिए रे।
उस्लाई मन त
छ ती अन्तिममा
आ'को पाहुनालाई
नि आफ्नैमा राखेर
सक्दो मद्दत गरुँ
तर चाहना मात्र
भएर भएन आफ्नो
क्षमता पनि त
हेर्नुपर्यो। अनी
त्यस्तोमा उस्ले आफ्नो असक्षमता
देखाएर तिन्लाई "अरु कुनै
घरमा पाहुना जानुहोला"
भन्दा अरु घर
टाढा भएकोले "म
यही बस्छु, अन्त
जान सक्दिन, भित्र
नदिने भए यही
बाहिरै सुत्छु" भनेर रातभर
खुला आकाशमै सुते
रे। तर विहान
हेर्दा त जाडोले
गर्दा तीनको मृत्यु भएको
रहेछ। अब भन्नुस्
यस्तो बेलामा दोश
कस्को हुन्छ? हामीले
ती दयालु घर
मालिकले १० जनालाई
आतिथ्य सत्कार दे'को
कुराको सम्मान गर्ने कि
ती एक जनालाई
बचाउन नसकेकोमा दोस
दिने? ती ११औ
पाहुनाको मृत्यु
हुनुमा कस्लाई दोसी देख्नुहुन्छ?
के सबै कुरामा
कुनै १-२ जनालाई दोश दिदैमा
समस्या समाधान हुन्छ?
डक्टर भएपछी आफ्नो साथीभाइको
वकालत गरिहाल्यो भन्नु
होला। तर मैले
नि त्यस्तो परिस्थितीमा
काम गरेको छु,
त्यस्तो अफ्ठ्यारो भोगेको छु
त्यसैले मलाई थाहा
छ, चाहना भएर
मात्र गर्न सकिदैन।
शायद नेपालमा काम
गर्ने धेरै डक्टर,
नर्सहरुले यस्तो भोगेका छन्
होला। कुनै अस्पतालले
आ'को जती
सबैलाई राखेर जाननसक्ने, नचाहनेलाई
भूईमै भएपनी राखेर
उपचार गर्छन्, जस्ले
धेरैले सेवा त
पाउछन तर सिमित
स्रोत, जनशक्ती, साधनको कारण
सेवा स्तरिय हुन
सक्दैन। कुनै अस्पतालले
भने बेड सन्ख्या
भन्दा बढी विरामी
भर्ना लिदैनन्, जस्ले
आ'को सबैलाई
त सेवा दिन
सकिदैन, रिफर गर्नुपर्ने
हुन्छ तर भर्ना
भएर बसेकालाई भने
स्तरिय सेवा दिन
सजिलो हुन्छ।
कुरा त्यत्रो अस्पतालमा एउटा
विरामी अट्ने ६ फिटको ठाउँ
नि खाली नभएको
भन्ने हैन। कुरा
कती विरामिलाई सेवा
दिनको लागि कती
डक्टर, नर्स छन्,
वार्डमा कती बेड
छन् भन्ने हो।
तर एउटा कुरा
नि चिनेको मान्छे भ'को
भए, पहुचवाला भ'को भए
नियम मिचेरै भएपनी
एक्स्ट्रा बेड बनाउने,
भर्ना गर्ने गरिन्छ,
यो चलन नेपालका
सबै ठाउँमै छ।
मलाई मन नपर्ने
कुरा यही हो।
यदी नियम लाग्छ
भने चिनेको मान्छे
नभएको, गरिवहरुलाई मात्र किन
नियम लाग्छ? उनिहरुप्रती
किन हाम्रो नियम
कठोर हुन्छ र
धनी, पहुचवालाप्रती किन
नियम लचकदार बन्छ?
नियम लाग्छ भने सबैको लागि बराबर लाग्नुपर्छ। सडक दुर्घटनामा मान्छे
घाइते भ'को
भन्दा मार्नु सजिलो,
सस्तो हुन जाने
र त्यसै गर्न
उक्साउने जस्तो हाम्रो देशको
नियमका बारेमा के भन्नु
खै?
मानवता VS नियममा जब मानवतालाई
नियमले सपोर्ट गर्छ, सिस्टमले
साथ दिन्छ तब
त्यो फक्रेर आउछ,
तर जब मानवताको
पक्षमा लाग्ने बाटो अफ्ठ्यारो
हुन्छ, नियमको विरुद्धमा जानु
हुन्छ तब थोरै
मात्र त्यो बाटोमा
हिंड्न सक्छन्। कोइ मान्छे
डक्टर हुँदैमा त्यत्तिको
बहादुर हुन्छ, हुनुपर्छ भन्न
मिल्दैन। कोइ हुन्छन
कोइ हुँदैनन् त्यो
आफ्नो आफ्नो कुरा
हो। अनी यो कुरा कस्तो हो भने बाहिर बसेर
भन्न सजिलो हुन्छ, आँफैलाई पर्दा भने गर्न गार्हो हुन्छ। जब सिस्टमले तपाईंलाई, तपाईंले
चाहेको कुरालाई सपोर्ट गर्दैन नि तब त्यस्को विरुद्धमा लाग्न ठुलो इक्ष्याशक्ती चाहिन्छ।
माफ गर्नुहोला, कुरा अली फिलोसफिकल हुँदै गयो। भन्न खोजेको के भने जबसम्म नियमले मानवतालाई
पूरा सपोर्ट गर्दैन, मानवता नियमको लडाईं चली नै रहन्छ। कती बेला कस्ले जित्छ भन्ने
चाँही आ-आफ्नो कुरा।
No comments:
Post a Comment