Wednesday, April 2, 2014

अटिजम जनचेतना/ Autism Awareness

आज अप्रिल २, अटिजम जनचेतना दिवस Autism Awareness Day रहेछ। धेरैलाई थाहा छैन होला, मलाई पनि थाहा थिएन। टिचिङतिर केही कामले गएको बेलामा सानो पालमुनी केही विधार्थीहरु अटिजम/Autism को बारेमा सबैलाई जानकारी दिन व्यस्त देखिन्थे। अटिजम त्यत्ती प्रचलित शब्द हैन, नेपालीमा यस्को ठ्याक्कै अर्थ आउने शब्द नि छैन। सुस्त मनस्थिती अर्थात Mental Retardation भन्दा अली भिन्न हुन्छ यो अवस्था। अटिस्टिक स्पेक्ट्रम डिसअर्डर/ Autistic Spectrum Disorder/ ASD भित्र पर्ने अटिजम एउटा न्युरो डिबेलभ्मेन्टल डिसअर्डर (Neurodevelopmental disorder) हो, अर्थात बच्चाको बुद्धीको बिकासको क्रममा हुने असामान्य अवस्था हो।

उक्त जनचेतना कार्यक्रममा देखिएका केही दृश्यहरु:



सुस्त मनस्थिती भएको बच्चा, चकचके बच्चा, राम्ररी ध्यान नदिने बच्चाहरुसँग यस्का केही लक्षणहरु मिल्न जाने हुनाले अभिभावकहरुलाई आफ्नो बच्चामा अटिजम भएको हुनसक्छ भनेर अनुमान लगाउन गार्हो हुनसक्छ।




अटिजम केयर नेपाल/Autism Care Nepal अटिजम भएका बच्चाहरुका अभिभावकहरुद्वारा खोलिएको संस्था हो। अटिजम जनचेतना दिवसको उपलक्ष्यमा यस्ले विभिन्न कार्यक्रमहरु राखेको छ। थप जानकारी यस्को वेबसाइटमा हेर्नुहोला। 






अटिजम र अटिस्टिक स्पेक्ट्रम डिसअर्डर अटिजम जस्तै लाग्ने अवस्थाहरुबारे बनेका फिल्महरु। यी फिल्महरुबाट पनि यसबारे जानकारी पाउन सकिन्छ।

ट्विटरमा यसबारे न्युजहरु #Autism #Autismawareness #Autismawarenessmonth सर्च गरेर हेर्न सकिन्छ। 

No comments:

Post a Comment