उपहारको महत्व त्यसको मुल्यले निर्धारण गर्दैन, बरु त्यससँग जोडीएको सच्चा भावनाले र न्यानोपनले गर्छ। केही दिन अघि यस्तै अमूल्य उपहार पाइयो। खुसी लाग्यो। उनी लगभग ३ हप्ता वार्डमा बसिन्, उनको फोक्सोको बाहिर हावा जमेको 'न्युमोथोराक्स(Pneumothorax)' भएकोले उपचारको छातिमा पाइप (Chest tube) हालिएको थियो। निको भएर जानुभन्दा अघि "तपाईंहरुको हार्डवर्क र इफोर्टले गर्दा नै म यति छिटो ठिक भएको हुँ, थ्याङ्क यु" भन्दै यो चकलेट उपहार दिएकी थिइन्।
कहिलेकाहीं भए पनि पाइने यस्तो 'धन्यवाद' र 'आत्मीयताको उपहार'ले हामी जे गरिरहेको छौं त्यो गरिरहन ठूलो प्रोत्साहन मिल्दो रहेछ।
उपहारको लागि धन्यवाद।।