Thursday, January 20, 2011

जन्डिस एउटा रोग हैन



न्डिस भनेको कुनै रोग हैन, यो एउटा लक्षण मात्र हो, जुन सयौ रोगहरुमा देखिनसक्छ (जस्तै हेपाटाइटिस , बी, सी, डी, , जाडरक्सीले गर्दा कलेजो बिग्रेमा, पित्तथैली, त्यसको नलीको पत्थरी, क्यान्सर आदि आदि ) तपाईं हामीले देखेकै होला गाँउघरतिर कसैलाई जन्डिस देखिएमा फुक्न जान्ने मान्छेकोमा लगेर जन्डिस निकालेर फालेको वा फुकेर निको पारेको। अनि जन्डिस भएको बेलामा बेसार, चिल्लो खानु हुदैन भनेर महिनौ दिनसम्म जाउलो खाएको। यो समस्या धेरै नै देखिने भएकोले आज यो सम्बन्धी केही जान्नैपर्ने कुराहरु लेख्दैछु।

जन्डिस भनेको के हो? जन्डिस हुँदा शरीर किन पहेलो देखिन्छ?
रगतमा बिलिरुबिन (Bilirubin) भन्ने पदार्थ सामान्य भन्दा बढी भएमा शरीरको छाला, आँखा पहेलो हुने हुन्छ, यसलाई नै जन्डिस भएको भनिन्छ। यही बिलिरुबिनको कारणले नै शरीर पहेलो देखिएको हो। साधारणतया रगतमा बिलिरुबिनको मात्रा, जम्मा ( टोटल ) बिलिरुबिन (Total Bilirubin) को मिलीग्राम/ डेसीलिटर भन्दा कम हुन्छ डाइरेक्ट बिलिरुबिन (Direct Bilirubin) को मात्रा . मिलीग्राम/ डेसीलिटर भन्दा कम हुन्छ। अब प्रश्न आउँछ, यो बिलिरुबिन शरीर भित्र कसरी आउँछ, किन यसको मात्रा बढ्छ, कसरी यो बढ्नलाई रोक्न सकिन्छ, कसरी यसको उपचार गर्न सकिन्छ, फुक्दा खेरी किन कसरी यो निको हुन्छ।

शरीरमा बिलिरुबिन कसरी बन्छ?
हाम्रो शरीर नाङो आँखाले देख्न नसकिने -सानो जीवित कोसहरु मिलेर बनेको हुन्छ। ती कोसहरुको एउटा निश्चित आयु हुन्छ। हाम्रो शरिरका रक्तनलीहरुमा बग्ने रगतमा पनि थुप्रै किसिमका कोसहरु हुन्छन्, जस्मा एउटा रातो रक्तकोस (Red Blood Cells)  हो। यसको आयु साधारणत: १२० दिन हुन्छ। आफ्नो आयु पूरा भएपछि यी राता रक्तकोसहरु मर्छन यस्मा भएको हेमोग्लोबिन (जसले अक्सिजन बोक्ने काम गर्छ) बाट आइरन तत्व छुटिन्छ, अनि बाँकी भएको भागबाट बिलिरुबिन बन्छ। यो सबै प्रकिया शरीरको देब्रे फोक्सोको मुनि, करङहरु भित्र रहने अङ फियो (Spleen) मा हुन्छ। त्यसपछी पहिलो पदार्थ बिलिरुबिन रगतमा आउँछ। त्यसलाई इनडाइरेक्ट बिलिरुबिन वा अनकन्जुगेटेड बिलिरुबिन (Indirect or Unconjugated Bilirubin) भनिन्छ, जुन पानीमा नघुल्ने हुन्छ (मतलब यसलाई दिसापिसाबमा शरीर बाहिर फ्याल्न सकिदैंन) त्यसपछी कलेजो/Liver (जुन शरीरको दाहिने फोक्सो मुनि, करङहरु भित्र हुन्छ)ले उक्त बिलिरुबिनलाई बिभिन्न इन्जाइमहरुको मद्दतले पानीमा घुल्न सक्ने वा डाइरेक्ट वा कन्जुगेटेड बिलिरुबिन (Direct or Conjugated) बनाउँछ। त्यो कन्जुगेटेड बिलिरुबिन पित्तको रुपमा पित्त थैलीमा जम्मा हुन्छ दिसापिसाबमा शरीर बाहिर फालिन्छ।
चित्र हेर्नुहोस्:-

विभिन्न रोगहरुमा कुनैमा डाइरेक्ट, कुनैमा इनडाइरेक्ट बिलिरुबिन कुनैमा दुबैको मात्रा बढ्ने हुन्छ। यी सबै रोगहरुमा छाला, आँखा पहेलो देखिने भए पनि अरु लक्षणहरु फरक पर्ने हुन्छ।
यसरी सामान्य रुपमा राता रक्तकोसहरु मरेर त्यसको हेमोग्लोबिनबाट बिलिरुबिन बन्छ, जुन दिसापिसाबबाट शरीर बाहिर फालिन्छ।






बिलिरुबिनको मात्रा शरीरमा किन बढ्छ?
यो माथि भनिएको बिलिरुबिन बन्ने, जम्मा हुने फ्याकिने सामान्य प्रक्रियाको कुनै पनि भागमा गडबडी भयो भने शरीरमा बिलिरुबिनको मात्रा बढेर जान्छ।
जस्तै-

क)    सामान्य भन्दा धेरै मात्रामा राता रक्तकोसहरु मर्दा (जुन हेमोलाइटिक एनेमिया भनिने रोगहरुमा हुन्छ।),
ख)   कलेजोको खराबी भएमा (जुन हेपाटाइटिस रोगमा, बढी रक्सी सेवन गर्नाले, कलेजोको क्यान्सर आदि रोगहरुमा हुनसक्छ।),
ग)     पित्त थैलीबाट पित्त बाहिर जाने बाटोमा कुनै रोकावट भएमा (जुन पित्त थैलीको नलीमा ढुङ्गा भएमा, वा मासु पलाएमा हुन्छ।)


जन्डिसले गर्दा के के समस्याहरु आउन सक्छन?
नवजात शिशुहरुमा हुने जन्डिस (Neonatal Jaundice) बाहेक अन्य जन्डिस स्वयम आफैले प्राय: केही समस्या दिदैन। जन्डिस एउटा लक्षण मात्र भएकोले यो थुप्रै रोगहरुमा देखिनसक्छ समस्या जन्डिसले नभै ती रोगहरुको कारणले गर्दा देखिन्छ। जन्डिसकै कारणले चाँही छाला, आँखा पहेलो हुने, छाला चिलाउने, पिसाब पहेलो हुने, दिसा सेतो रंग हुने आदि हुनसक्छ। अन्यथा जन्डिस गराउने रोगहरुको कारणले विभिन्न समस्याहरु देखिन सक्छ। जस्तै- यदि हेपाटाइटिसको कारणले जन्डिस देखिएको हो भने ज्वरो आउने, खाना नरुच्ने, वान्ता हुने, पेट दुख्ने आदि हुन सक्छ। यो जन्डिसले गर्दा नभएर हेपाटाइटिस भाइरस (Hepatitis Virus)को सन्क्रमणको कारणले कलेजोमा खराबी हुनाले हुन्छ। त्यस्तै अत्यधिक जाडरक्सी सेवनले कलेजोमा खराबी देखिएर जन्डिस देखिएको हो भने पेट भित्र पानी जम्ने, पेट सुन्निने, रगत वान्ता हुने आदि हुनसक्छ। यी सबै जाडरक्सीले कलेजोको खराबी (Cirrhosis of Liver)को कारणले देखिने समस्याहरु हुन् की जन्डिसले गर्दा देखिने समस्या।

जन्डिस लक्षण देखिने प्रमुख कारण/रोगहरु के के हुन्?
जन्डिस देखिने अवस्था/रोगहरुलाई माथि भनिए जस्तै गरि प्रकारमा बाढ्न सकिन्छ।

१)       बिलिरुबिनको बन्ने प्रक्रिया सामान्य भन्दा बढी हुने अवस्थाहरु: राता रक्तकोसहरु बढी मात्रामा मर्ने रोगहरु (हेमोलाइटिक एनेमिया)
२)      कलेजोमा खराबी हुने अवस्थाहरु: अत्यधिक जाडरक्सी सेवनले कलेजोमा हुने खराबी (Cirrhosis of Liver), हेपाटाइटिस , बी, सी, डी, , कलेजोको वन्सानुगत रोगहरु, औषधीहरुको असरले गर्दा
३)       पित्त थैलीको नलीमा रोकावत हुने अवस्थाहरु: पत्थरीको कारणले, क्यान्सर आदि


जन्डिसको उपचार के हो?
शरीरमा बिलिरुबिनको मात्रा माथि भनिएको भन्दा बढी भएमा जन्डिस हुन्छ। तर रगतमा बिलिरुबिनको मात्रा देखिदैमा आत्ति हाल्नुपर्ने, उपचार गरिहाल्नुपर्ने हुदैन। किनभने जन्डिस आफैले केही अवस्था बाहेक खास हानी गर्दैन र जन्डिस आफैको उपचार पनि हुदैन। बरु यो किन देखिएको हो, कुन रोगको कारणले देखिएको हो पत्ता लगाइ त्यो रोगको उपचार गर्नुपर्छ।
काठमान्डौ लगायतका शहरहरुमा गर्मी, वर्शाको समयमा देखिने जन्डिस प्राय: हेपाटाइटिस ए को कारणले गर्दा हुन्छ। यो रोग पानी, खानाबाट सर्छ। यो रोगले कलेजोमा लामो समयसम्म असार गर्दैन र धेरैमा त केही लक्षण पनि देखिदैन। यो रोगको खास उपचार केही हुदैन र केही समयपछी आफै ठीक हुन्छ।
जाडरक्सीको अधिक सेवनले कलेजो बिग्रेर जन्डिस देखिएको हो भने जाडरक्सी सेवन बन्द गर्नुको साथै अन्य विभिन्न उपचार गर्नुपर्ने हुन्छ।
कसैकसैमा शारिरिक तनाव बढी हुँदा, ज्वरो आउँदा, अन्य सन्क्रमण हुँदा सामान्य जन्डिस देखिने हुन्छ,यो गिलबर्ट सिन्ड्रोम (Gilbert Syndrome) भन्ने रोगले गर्दा हुन्छ। यसमा कलेजोको एउटा इन्जाइमको मात्रा वन्शानुगत रुपमै कम हुन्छ। यो त्यस्तो डरलाग्दो रोग हैन र यसको उपचार पनि गरिरहनु पर्दैन तर जन्डिस देखिने अन्य धेरै रोगहरुसँग झुक्किने भएकोले यो रोग पत्ता लाग्न गाह्रो हुन्छ।
क्यान्सर, पत्थरीले गर्दा जन्डिस देखिएको भए त्यहि अनुसार उपचार गर्नुपर्छ।
समग्रमा, जन्डिसको उपचार भनेको जन्डिसको कारणको उपचार हो।

फुकेर जन्डिस कसरी निको हुन्छ?
धेरैजसो देखिने जन्डिस सामान्य प्रकारको, आफै ठीक हुने खालको हुन्छ। कतिमा यसको कारण हेपाटाइटिस ए, कतिमा अन्य सामान्य भाइरल सन्क्रमण, कतिमा खाइरहेको कुनै औषधीको असर आदि हुन्छ। यस्ता सामान्य कारणले देखिएको जन्डिस आराम गर्ने, स्वस्थ खाना खाने, धेरै चिल्लो नखाने, औषधीको असर भए त्यो औषधी नखाने गरेमा आफै निको हुन्छ। यति भनिसकेपछि फुकेर जन्डिस कसरी निको हुन्छ त भनिरहनु नपर्ला। किनकी सामान्य रोगहरुले गर्दा देखिएको भए यो नफुके पनि निको हुन्छ।

अन्तमा,

१)      जन्डिसको हैन जन्डिसको कारणको उपचार गर्नुपर्छ। त्यसैले जन्डिसको कारण खोज्ने प्रयास गर्नुपर्छ र खाली रगतको रिपोर्टमा बिलिरुबिन बढी देखियो भनेर त्यस्कै पछि दौडी रहनुहुदैन।
२)       जन्डिस देखिने बेलामा कलेजोमा असर परेको हुनसक्छ र कलेजोको एउटा काम चिल्लो खानालाई पचाउनको लागि पित्त उत्पादन गर्नु पनि हो। त्यसैले यस्तो बेला चिल्लो कम खाने, स्वस्थ खाना खाने, कलेजोलाई असर गर्नसक्ने औषधीहरु नखाने गर्नुपर्छ। धेरैको सोचाइ जस्तो बेसार बार्नु भने आवस्यक छैन। बेसार र जन्डिसको रंग बाहेक अरु केही सम्बन्ध छैन। साथै महँगो भिटामिन, लिभर टोनिक खानु भन्दा फलफुल, स्वस्थ खाना खानु फलदायी हुन्छ।
३)      आफुलाई देखिएको जन्डिसको बारेमा आफ्नो चिकित्सकसँग सल्लाह लिनुपर्छ।


स्रोतहरु: