Saturday, November 23, 2013

प्लास्टिक सर्जरी एक प्रकारको आर्ट हो।


- डा. बुद्धिनाथ अधिकारी, एमएस, एमसिएच (प्लास्टिक सर्जरी)

बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट एमबिबिएस र जेनेरल सर्जरीमा एमएस गरेर हालै मात्र टिचिङ अस्पताल महाराजगन्जबाट प्लास्टिक सर्जरीमा एमसिएच पूरा गर्नुभएका डा. बुद्धिनाथ अधिकारी हाल चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेज(नयाँ मेडिकल कलेज)मा कार्यरत हुनुहुन्छ। उहाँ नेपालबाटै एमसिएच डिग्री हासिल गर्नेमा प्रथम हुनुहुन्छ भने नेपालभरिकै दोस्रा एमसिएच प्लास्टिक सर्जन हुनुहुन्छ। प्लास्टिक सर्जरीसम्बन्धी मैले उहाँसँग गरेको छोटो कुराकानी यहाँ प्रस्तुत छ।

तपाईं मेडिकल क्षेत्रमा अनि प्लास्टिक सर्जरीमा कसरी आउनुभयो?
मेरो ममी विराटनगरभन्दा बाहिर ल्याब टेक्निसियनको काम गर्नुहुन्थ्यो, जहाँ गईरहन्थे। त्यही विरामीहरु देखिरहने भएर होला डक्टर बन्ने चाहना आएको। प्लास्टिक सर्जरी पढ्ने चाहना चाँही जेनेरल सर्जरीमा एमएस गर्दा प्लास्टिक सर्जनसँग काम गर्ने पाएपछी आयो, यो विधा अरु भन्दा अलि भिन्न भएको, एक प्रकारको आर्ट जस्तो, जिग्सा पजल(Jigsaw puzzle) मिलाएको जस्तो, इम्याजिनेसन(imagination)को प्रयोग गर्नुपर्ने आदी भएकोले यो विधा मलाई मन परेको हो।

प्लास्टिक सर्जरी प्राक्टिस गर्न के डिग्री चाहिन्छ?
सर्जरीमा मास्टर्स एमएस गरेपछी अर्को तीन वर्ष प्लास्टिक सर्जरीमै एमसिएच गर्नुपर्छ। एमबिबिएस बाटै जोड्ने हो भने लगभग साँढे एघार वर्ष लाग्छ। अन्य हप्ता, महिना, महिनाका छोटा ट्रेनिङ कोर्सहरु पनि हुन्छन्, जस्मा कुनै एक विधासम्बन्धी ट्रेनिङ हुन्छ।

प्लास्टिक सर्जरी भनेको के हो?
प्लास्टिक सर्जरीमा विभिन्न विधाहरु पर्छन्। सबैभन्दा ठुलो चाँही हो, जस्मा जन्मजातै वा पछी बिग्रिएका, बाङिएका, नराम्रो भएका अङहरु बनाउने, मिलाउने काम हुन्छ। यस अन्तर्गत निको नभएका घाऊहरु, जन्मजात वा दुर्घटनाका कारण भएका घाऊहरु, रेडियोथेरापी वा क्यान्सरको अप्रेसनपछीका घाऊहरु, खाटे घाऊहरु(Bed sores), छालाका क्यान्सर, मुख, अनुहार खुँडो को उपचार आदी पर्छन्।
अरु विधाहरुमा
बर्न सर्जरी(Burn surgery), जस्मा आगोले पोलेका विरामीको उपचार, अप्रेसन तथा पछी गएर बिग्रिएका, बाङिएका अङहरुको उपचार पर्छ।
कस्मेटिक सर्जरी(Cosmetic surgery), जस्मा अनुहार वा अन्य देखिने भागमा रहेका पूराना घाऊ, खत, दाग, कोठी, सिस्ट(cyst), ट्युमर आदीको अप्रेसन पर्छन्। पेट घटाऊने लिपोसक्सन(liposuction), स्तन सानो, ठुलो पार्ने, नाक, कान, आँखा चाहेजस्तो मिलाउने, बोटोक्स(Botox), फिलर(Filler)ले चाउरी परेको हटाउने आदी पनि यसै अन्तर्गत पर्छन्।
ह्यान्ड सर्जरी(Hand Surgery) अन्तर्गत ठुला तथा जटिल हातका घाउहरु, स्नायु(Nerve), टेन्डन(Tendon), रक्तनलीहरु(Blood vessels)का अप्रेसन पर्दछन्।
पाँचौ विधा माइक्रोसर्जरी(Microsurgery) हो, जस्मा मीमी भन्दा साना आँखाले देख्न गार्हो पर्ने अङ्हरु जस्तै मसिना स्नायु, रक्तनलीहरु, टेन्डनहरुका साथै भ्यासेक्टोमी रिभर्सल(Vasectomy reversal) अप्रेसन आदी पर्दछन्।
धेरैको सोचाइ जस्तो प्लास्टिक सर्जरीमा प्लास्टिक वा पोलिथिनको प्रयोग हुने चै हैन। प्लास्टिक’ शब्द ग्रिकबाट आएको हो, जस्को अर्थबिग्रिएका अङ्हरुको ढाँचा मिलाउने काम’ हुन्छ।

प्लास्टिक सर्जरीमा दागै नआउने अप्रेसन गरिन्छ भनिन्छ नि? के यो सत्य हो?
शरीरको कुनै पनि भागमा चिरा लगाएर अप्रेसन गरेपछी दाग आउछ नै। प्लास्टिक सर्जरीले चिरेपछी आउने दागलाई मिलाएर लुकाउने, अनुहारको मुजामा नदेखिने गरेर पार्ने, मुखभित्रबाट गर्ने, इन्डोस्कोप, माइक्रोस्कोप प्रयोग गरिने भएकोले दाग अन्य सर्जरीमा जस्तो ठुलो र प्रोमिनेन्ट(prominent) नहुने हुन्छ। तर धेरैले सोचे जस्तो दाग नै नहुने भने हैन।

प्लास्टिक सर्जरीका खतराहरु के के छन्?
% जतीमा माइनर कम्प्लिकेसनहरु हुनसक्छन्, जस्तो कि घाऊ निको हुन बढी समय लाग्ने, घाऊ पाक्ने जस्ले गर्दा दाग ठुलो रहने आदी। ठुला जटिलताहरु भने % भन्दा नि कममा मात्रै देखिन्छन् बेहोसीका औषधी, प्रकृयाले ज्यान जाने सम्भावना ५७,००० मा जतीलाई रहन्छ।
पूराना रोगहरु जस्तै मधुमेह, उच्च रक्तचाप, क्यान्सर, रगत बग्ने रोगहरु(Bleeding disorders), औषधीको एलर्जी, लामो समयदेखी रक्सी चुरोट खाने बानी, बुढाबुढीहरुमा घाऊ निको हुन ढिलो हुने अन्य जटिलता देखिने सम्भावना अलि बढी रहन्छ।

किन प्लास्टिक सर्जरीबाट गराउने ?
हरेक मान्छेको घाऊ भिन्दाभिन्दै हुन्छ तर निको हुने तरिका सबैको उस्तै हो। तपाईंले कुनै पनि दागलाई राम्ररी हेर्नुभो भने थाहा हुन्छ, दाग रहेको ठाउँ, त्यस्को उबडखाबड, लम्बाइ, चौडाइ, त्यस्को रङ आदिले त्यस्लाई राम्रो नराम्रो देखाउने हो। प्लास्टिक सर्जरीमा यी सबै कुरालाई मिलाएर माइक्रोस्कोपबाट अप्रेसन गर्ने हुनाले दाग सानो मिलेको हुन्छ।

दाग हटाउनको लागि अप्रेसनको विकल्प छैन ?
अप्रेसन विना दाग पूरै हटाउन नसके पनि ७०% जती रङ फिका /फेड गराउन सकिन्छ। यस्का लागि - महिनासम्म लाग्नसक्छ। यदी समय रङले गर्दा मात्रै दाग नराम्रो देखिएको हो भने अप्रेसन बाहेकका विधिबाटै उपचार गराउनु राम्रो हुन्छ। अप्रेसन बाहेकका अरु उपायहरुमा विभिन्न मलम लगाउने, लेजर/laser, Dermabrasion, Currattege, Electrodessication, Cryotherapy आदी पर्छन्। तर उबडखाबड भएका, लम्बाइ चौडाइका कारणले नराम्रो देखिएका, क्यान्सरको शंका भएका घाऊ, दागहरुलाई अप्रेसन गरेकै उचित हुन्छ।

अन्त्यमा के भन्न चाहनुहुन्छ?
स्थानिय रुपमा उपलब्ध सामानहरुको प्रयोग गरिने भएकोले हामीले गर्ने प्लास्टिक सर्जरी धेरैले सोचेजस्तो महँगो हुँदैन। राम्रो देखिनु सबैको अधिकार हो दागहरुले पूराना दुर्घटनाहरुको सम्झना दिईराख्ने दाग हटाइएपछी आत्मविश्वास पनि बढ्ने भएकोले त्यस्ता समस्याको समाधान खोजेको राम्रो।

तर भन्नै पर्ने एउटा कुरा- यो कुनै चमत्कार हैन, अनुहार पूरै परिवर्तन गरेर फ्लिमको हिरो जस्तो देखिन खोज्ने, मोटिभेसन(motivation) नभएका, ग्यारेन्टीको उपचार खोज्ने, धेरै नै एक्स्पेक्टेसन(expectation) राख्ने विरामिलाई यस्बाट सन्तुस्टी नमिल्न सक्छ। यी सबै कुरा बुझेर नै प्लास्टिक सर्जरीको लागि वा भनौं कुनै पनि उपचारको लागि निर्णय गर्नु ठीक हुन्छ।

No comments:

Post a Comment