Tuesday, September 9, 2014

डाक्टर: आज र भोली

DOCTORS SOCIETY OF NEPAL( DSON) फेसबुक ग्रुपमा 'Kiran Acharya' द्वारा लेखिएको पोस्ट। सबैमा सबै कुरा लागु नहोला तर धेरै हदसम्म सही। मनपर्‍यो र यहाँ शेयर गरेको छु।

मन छुने यथार्थता....(SORRY TO ALL CONSULTANT BUT IT'S A REALITY)

..................जब म मेडिकल अफिसर थिएँ..........
१) रोगको बारे धेरै अनुभव हुँदैनथ्यो तर म बिरामीको DIAGNOSIS गर्न चाहन्थे।
२) बिरामीको आर्थिक अवस्था/पिडा बुज्थे र सकेसम्मको कम खर्च गरिदिन्थे।
३) ५० हजार मेरो लागि ठुलो रकम हुन्थ्यो।
४) MR ले दिएको पेन अनि कहिले काही दिने पार्टी मा पुग्दा मजा लाग्थ्यो।
५) अस्पताल घर जस्तो र क्लिनिक जेल जस्तो लाग्थ्यो।
६) CONSULTANT हरु महिनामा कति कमाउंदा रहेछन भनेर हिसाब गर्दा रमाइलो लाग्थ्यो।
७) सकेसम्म धेरै डाक्टरको संगत र राम्रो दोस्ती गर्न मन लाग्थ्यो।
८) ठुलो डाक्टर बन्ने सपना हुन्थ्यो,पैसा भन्ने केहि ठुलो लाग्दैनथ्यो।
९) मलाई LAB/ XRAY/ USG/ CT मा कमिसन पाइन्छ भन्ने थाहा नै हुन्नथ्यो।
१०) ब्यापारीलाइ घृणा गर्थे र सबैलाई आफुले जस्तो समाजसेवा गर्नुपर्छ भन्थे।


...............आज म PG पुरा गरेर CONSULTANT बनेको छु............
१) रोगको बारे धेरै अनुभव छ, तर बिरामीलाई राम्रो संग हेर्न मन/फुर्सद हुँदैन।
२) बिरामीको पिडा वा आर्थिक अवस्थासंग धेरै मतलब हुँदैन।
३) ५० हजार त मेरो लागि कुनै रकम नै होइन।
४) MR हरुसंग सिधै बार्गेनिङ गर्न सक्छु।
५) अस्पताल जेल जस्तो लग्छ, क्लिनिक घर जस्तो लाग्छ।
६) अन्य CONSULTANT हरु मैले भन्दा कति कम वा बढी कमाउछन् भनेर हिसाब गर्छु।
७) सकेसम्म अन्य डाक्टरसंग कमै संगत गर्छु।
८) अब म ठुलो डाक्टर भएँ जस्तो लाग्छ र अब काम भनेको पैसा कमाउने मात्रै हो जस्तो लाग्छ।
९) कहाँबाट कति कमिसन बाकी छ भनेर हेर्छु, नल्याए माग्न पठाउछु।
१०) ब्यापारीलाई सबैभन्दा सम्मान गर्छु र आफु पनि ब्यापारी नै हुँ जस्तो लाग्छ।


.......................हाम्रो समाज.......................

१) बाटोमा कोहि सुट टाई लगाएको मान्छे देख्यो कि- यो डाक्टर नै हो, अरु यति चट्ट परेर हिड्दैनन्।
२) कतै भब्य घर देख्यो कि -या त ब्यापारीको या त डाक्टरको घर हुनुपर्छ।
३) कतै महँगो गाडी देख्यो कि- या त ब्यापारीको या त डाक्टरको गाडी हुनुपर्छ।

.......................हाम्रो परिवार........................
१) बुवा- त्यो डाक्टर त ३०लाख हालेर DM पढ्न गएछ, त कहिले जाने होस्?
२) आमा- त्यो डाक्टर त अमेरिका घुम्न गएछ, त कहिले जाने होस्?
३) श्रीमती- यो गाडी पुरानो मोडेल भयो, नया किन्नुपर्यो।
४) छोरा- मलाई भिडिओ गेम खेल्न नया LED टिभी चाहियो।
५) छोरी- आज iphone-6 निस्केछ, मलाई किन्नुपर्यो।

......................हाम्रो आफन्तजन...................
1) हैन कति छ कमाई, ३-४ लाख त कम्तिमा होला नि।
२) हैन कता राख्छौ हो! तेत्रो धेरै पैसा??
२) तिम्रो छोरो त डाक्टर भयो, हामीलाई २-४ लाख सापट चाहियो।
३) ल तिमि नै डाक्टर छौ, मेरो अपरेसन फ्रीमा मिलाउनु पर्यो।
४) यो सहकारी/बैंक/संस्था/इन्सुरेन्स/मन्दिर/बाटो/कार्यक्रम....मा पैसा हालिदिनुपर्यो।

......................हाम्रो साथी भाई............................
१) डाक्टर भईस यार, अब त केहि टेन्सन नै छैन, अस्पतालमा सब फ्री।
२) अब डाक्टरसाथ मा हुदाँहुँदै हामीले रेस्टुराको बिल कहाँ तिर्नु नि?
३) तेरै गाडी छ नि यार, जहाँ जान परे पनि।
४) मैले बिजनेस गर्न थालें, २-४लाख पैसा लेन।

......................हाम्रो देश......................
एकाबिहानै देशको समाचार पढ्न पर्यो भनेर कान्तिपुर र नागरिक किनेर ल्यायो, फर्स्ट पेजमै येत्रो भोल्टे अक्षरमा मेन न्युज - 'डाक्टरले बिरामी तान्न दलाली, बिरामीबाटै कमिसन'

जब हाम्रो समाज, परिवार, आफन्तजन र साथीभाई सबैले डाक्टरमाथि सुट लाएर हिड्नुपर्ने, भब्य घर बनाउनुपर्ने, महंगो गाडी चढ्नुपर्ने, घरमा अथाह पैसा खर्चनुपर्ने र जसरि पनि धेरै पैसा कमाऊनै पर्ने बाध्यता पार्छन, तब हाम्रो सामु दुइवटा बाटो हुन्छन् -

१) यही लोभीपापी र भ्रस्ट समाज र आफन्तहरुको चंगुलमा फसेर आफु पनि भ्रस्ट हुदै अनैतिक काम(MALPRACTICE) गरि धेरै पैसा कमाउने वा
२) यी सबको प्रबाह नगरी, केवल पैसाको पछी नलाग्ने, कुनै पनि अनैतिक काम (MALPRACTICE ) नगरी इज्जत साथ जे जति सकिन्छ कमाउने, घरपरिवारलाई त्यस्तै बनाउने।

उत्तर- ??????

याद गरौँ, हाम्रो समाजमा अझै पनि धेरै नया र पुराना डाक्टरहरु छन्, जसको कमाई औसत एक/डेढ लाख (कसैको धेरै बढी पनि होला) छ, जसले आजसम्म कुनै एकदिन पनि MALPRACTICE गरेको छैन, तर पनि इज्जत, खुसि र सुखी भएर बाचेका छन्। सबै जना डा. गोविन्द के. सी. हुन सकिदैन, तर डाक्टरकै बेइज्जत हुने गरि अनैतिक काम नगरी प्राक्टिस गर्न सकिन्न र? डाक्टरको अनैतिक काम देशको प्रमुख समाचार पत्रको प्रमुख समाचार हुनु लज्जाजनक हैन र??

अस्तु

No comments:

Post a Comment