आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे। सबैतिर प्रेमको रँग घोलिएको छ, मायाको संगीत गुन्जिएको छ। रातो गुलाफ साटासाट गरिदैछन, गिफ्टहरु आदन प्रदान गरिदैछन्, माया बाडिदैछन्। अर्थात Love is in the air. र यस्तो मायाको मौसममा म र मेरो ब्लग मात्रै कसरी अछुतो रहन सकोस् त। डाक्टरको पनि आखिर मनै त हो। त्यसैले यही मायाको दिनको मौका पारेर यो काल्पनिक, रमाइलो 'प्रेमपत्र' लेखेको छु, कसैको व्यक्तिगत जीवनसँग मेल खाएमा सन्योग मात्र हुनेछ। ;)
प्रिय,
आज भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस। तिमीलाई भेटेर तिम्रो हात समाती तिम्रो आँखामा आँखा जुधाई आफ्नो मनका सबै कुराहरु भन्न मन लागेको थियो। तर हेर न कस्तो, आजकै दिन डबल ड्युटी गर्नु परिरहेको छ। त्यसैले ड्युटीबाट खुस्स टाइम निकालेर यो पत्र लेख्दैछु।
तिमीलाई पहिलो पल्ट एक वर्ष अगाडी यही हस्पिटलको गेट बाहिर देखेको थिएँ। तिम्रो सुन्दरताको तस्विर मेरो रेटिना/Retinaमा पर्ने बित्तिकै मेरो शरीरको फिजीयोलोजी डामाडोल भएको थियो। एक्कासी आएको एट्रियल फिब्रीलेसन/Atrial fibrillationले मेरो मुटु घोडाजस्तै दौडिएको थियो। पोस्चुरल हाइपोटेन्सन/Postural Hypotensionले हो की भ्यासोभेगल शक/Vasovagal shockले हो म झन्डै बेहोस भएको थिएँ। तैपनि मैले आफुलाई जसोतसो सम्हालेको थिएँ। त्यसपछिका दिनहरुमा मेरो त्यो घोडाको जस्तो मुटुलाई न त बिटा ब्लकर/Beta blockerले रोक्न सक्यो न त क्याल्सीयम च्यानल ब्लकर/Calcium channel blockerले नै। धन्न डिसी सक/DC shock दिनुपर्ने अवस्था चाँही आएन।
मेरो हिप्पोक्याम्पस/Hippocampusमा तिम्रो नै सम्झनाका केमीकलहरु बनिरहन्थे, जसलाई मेटाबोलाइज गर्ने इन्जाइमहरु शायद इन्हिविट भएका थिए वा जीन/gene लेभलमै ब्लक भएका थिए। हरदम तिम्रै ह्यालुसिनेसन/Hallucination (भिजुअल/visual, अडिटरी/auditory, गस्टेटरी/gustatory सबै) आउँदाखेरी मलाई इन्सोम्नीया/Insomniaले सताएको थियो। एमीट्रीप्टालीन/Amitriptyline र एल्प्राजोलाम/Alprazolamले पनि मेरो इइजी/EEGमा डेल्टा वेभ/Delta wave ल्याउन सकेन।
तिमीलाई भेटेर आफ्नो बिग्रेको फिजीयोलोजी, बायोकेमेष्ट्री र साइकोलोजीको बेलीबिस्तार लगाउला भनेर धेरै पटक सोचे पनि। तर सर्टटर्म मेमोरी लसले हो की प्यानिक एट्याक/panic attackले हो, हाइपोग्लोसल नर्भ/hypoglossal nerveले कामै गदैनथ्यो। तिम्रो टम्म मिलेका इन्सीजर/incisor, क्यानाइन/canine हेर्दैमा म मख्ख पर्थे र केही बोल्नै सक्दिनथे।
मन त छ तिमीलाई मेरो मुटुको एसए नोड/SA node बनाएर राखुँ, मन त छ तिम्रै सम्झनामा मेरा सबै सेरेब्रम/cerebrumको मेमोरी पावर खर्चुँ, मन त छ तिमीसँग सधैं रिसेप्टर र एगोनिस्ट जस्तो जोडिएर बसुँ। तर यी सब कुराहरु भन्नको लागि मेरो एटीपी/ATPको प्रोडक्सन नै पुगेन। आज बल्लबल्ल ग्लाइकोलाइसीस, क्रेब्स साइकल, ग्लाइकोजेनोलाइसीस, ग्लुकोनियोजेनेसीस सबै एकैपटक गराएर भनेपनि मनको कुरा खोल्न एटीपीको थुप्रो जम्मा गरेको थिएँ, तर ERको डबल ड्युटीले धोका दियो।
त्यही पनि आज यही पत्र मार्फत भनेपनि तिमीलाई भन्न चाहन्छु, दमको विरामीले अक्सिजनलाई माया गरेजत्तिकै म तिमीलाई माया गर्छु, एआरभी/ARVले एचआइभी विरामीलाई बचाएजस्तै म तिमीलाई हरेक दु:खकष्टबाट बचाएर राख्छु, एन्जाइना/Angina हुँदा मुटुले रगतलाई मिस गरेजस्तै हरपल हरक्षण तिमीलाई मिस गरिरहन्छु र डिएनएको डबल हेलिक्स मोडल/Double Helix model जस्तै तिमीसँग सधैंभरी सँगै अँगालोमा बेरिएर बस्न चाहन्छु।
तिम्रो 'पोजिटिभ फिडब्याक'को आसमा,
उही तिम्रो,
डा. प्रेमी
Happy Valentine's Day..