उच्च रक्तचाप वा हाइ ब्लडप्रेसर भन्नाले शरीरका धमनीहरुमा प्रेसर बढी हुनु हो। धमनी भनेको एक प्रकारको रक्तनली हो, जस्ले रगत मुटुबाट बाहिर अन्य अङ्हरुमा लग्छ। रक्तचापको जहिले पनि माथिल्लो र तल्लो अंक हुन्छ। जस्तै १२०/८०, १३०/९० । माथिल्लोलाई systolic (सिस्टोलिक) प्रेसर भनिन्छ, जुन मुटु खुम्चिइ धमनीहरुमा रगत अगाडि बग्दा पर्ने प्रेसर हो भने तल्लोलाई diastolic (डायस्टोलिक) प्रेसर भनिन्छ, जुन मुटु फुक्दा धमनीहरुमा पर्ने प्रेसर हो। सिस्टोलिक, धमनीहरुमा पर्ने सबैभन्दा बडी प्रेसर हो भने डायस्टोलिक सबैभन्दा कम प्रेसर हो।
रक्तचापलाई निम्न अनुसार वर्गिकरण गरिएको छ।
रक्तचापको प्रकार | सिस्टोलिक प्रेसर | डायस्टोलिक प्रेसर |
सामान्य रक्तचाप (Normal) | १२० भन्दा कम | ८० भन्दा कम |
उच्च रक्तचाप अघिको अवस्था (Prehypertension) | १२०-१३९ | ८०-८९ |
स्टेज १ उच्च रक्तचाप (Stage 1) | १४०-१५९ | ९०-९९ |
स्टेज २ उच्च रक्तचाप (Stage 2) | १५९ भन्दा बढी | ९९ भन्दा बढी |
सिस्टोलिक र डायस्टोलिक प्रेसरमा कुनै एउटा वा दुवै बढेमा उच्च रक्तचाप भएको मानिन्छ। लामो समयसम्म उच्च रक्तचाप भएमा मुटुको रोग, हार्ट अट्याक, म्रिगौलाको रोग, आँखामा समस्या आउने, मस्तिस्कमा रगत बग्ने (परिणाम स्वरुप प्यारालाईसिस)हुने सम्भावना बढेर जान्छ। त्यसैले उच्च रक्तचापको समयमै पहिचान गरी यसलाई नियन्त्रणमा राख्नुपर्छ, जस्ले गर्दा अरु अङहरुमा हुनसक्ने नराम्रो असरलाई पनि रोक्न सकिन्छ।
उच्च रक्तचाप दुई प्रकारको हुन्छ।
१) प्राइमरी (जसलाई Essential hypertension पनि भनिन्छ)
२) सेकेन्डरी (Secondary Hypertension)
सबै उच्चरक्तचापका बिरामी मध्ये ९५% लाई प्राइमरी उच्चरक्तचाप हुन्छ। त्यसैले यहाँ म प्राइमरी उच्चरक्तचापको बारेमा विस्त्रितमा कुरा गर्छु। उच्च रक्तचाप, हाइ बी.पी., ब्लड प्रेसर हाइ आदि नामले यही ‘प्राइमरी उच्च रक्तचाप’ लाई बुझाउछ।
उच्च रक्तचाप किन हुन्छ?
उच्च रक्तचापको वास्तबिक कारण यही हो भन्ने थाहा हुनसकेको छैन। तर एउटा प्रमुख कारण वङ्सानुगत हो। यदि आमाबुवालाई उच्च रक्तचाप छ भने छोरछोरीलाई हुने सम्भावना बढी हुन्छ। साथै शरीरको तौल बढी हुनाले, रक्सिचुरोटको सेवन बढी गर्नाले पनि यो रोग हुने सम्भावना बढेर जान्छ।
आफुलाई उच्च रक्तचाप छ भनेर कसरी थाहा पाउने?
प्रेसर नाप्ने यन्त्र (इसफिगमोमानोमिटर) ले प्रेसर ननापिकन प्रेसर बढी वा कम भएको थाहा पाउन सकिदैंन। उच्च रक्तचापको खराब असर अरु अङहरुमा नपरेसम्म यो रोगको केही लक्षण देखिदैन। कसैकसैले आफुलाई प्रेसर बढेको बेला टाउको दुख्ने, चक्कर लाग्ने, वान्ता हुने गरेको भन्छन्, तर त्यो प्रेसर धेरै नै बढी भएको लक्षण हो। उच्च रक्तचापमा लक्षण देखिनु राम्रो कुरा हो, किनभने लक्षण देखियेपछी रोग सुरुकै अवस्थामा पत्ता लाग्छ। त्यसैले यो रोगलाई समयमै समाउनको लागि बेलाबेलामा आफ्नो प्रेसर जाच्ने गर्नुपर्छ।
यसको उपचार किन गर्नुपर्छ?
लामो समयसम्म उच्च रक्तचाप भएमा मुटु, म्रिगौला, मस्तिस्क आदि अङहरुमा असर पर्ने कुरा त माथि नै भनिसकियो। त्यसैले यी अङहरुलाई उच्चरक्तचापको खराब असरबाट बचाउनको लागि यसको उपचार गर्नुपर्छ। उच्च रक्तचापको उपचार गरि प्रेसर नियन्त्रणमा राख्न सकिएमा इस्त्रोक (मस्तिस्कमा रगत बगेर प्यारालाईसिस हुनु) हुने सम्भावना ३५-४०% ले घट्छ, हार्ट अट्याकको सम्भावना २०-२५% ले घट्छ र हार्ट फेलर (मुटुले काम नगर्ने अवस्था) को सम्भावना ५०% भन्दा बढीले घट्छ।
यसको उपचार के हो?
औषधी खानु मात्रै यसको उपचार हैन। औषधी खाएर मात्रै यो रोगलाई जित्न सकिदैंन। यो रोगलाई हराउने केही उपायहरु:
१) जीवन पद्धतिमा परिवर्तन (Life style modification)
२) प्रेसर घटाउने औषधीहरुको सेवन
३) चिकित्सकसँग नियमित स्वास्थ्य परिक्षण
१) जीवन पद्धतिमा परिवर्तन
यस अन्तर्गत विभिन्न कुराहरु जस्तै शरीरको तौल सामान्य भन्दा बढी छ भने घटाउने, खानामा नुन कम गर्ने, खानामा फलफुल, सागसबजीको मात्र बढाउने, चिल्लो पदार्थको मात्र कम गर्ने, नियमित व्यायाम गर्ने, जाडरक्सी सेवन कम गर्ने पर्दछन्। यदि शरीरको तौल सामान्य भन्दा बढी छ भने प्रत्येक १० किलो तौल घटाउदा ५-२० मी.मी. एचजी प्रेसर कम हुन्छ। सामान्य तौल भन्नाले ‘बडी मास इन्डेक्स (Body Mass Index)’ १८.५-२४.९ किलो/ मिटर इस्क्वार भन्ने बुझिन्छ। आफ्नो बडी मास इन्डेक्स निकाल्न यो सुत्र प्रयोग गर्नुहोस्- तपाईंको तौल, किलोमा /(तपाइको उचाइ, मिटरमा )स्क्वार
यो निकाल्ने प्रोग्राम धेरै मोबाइलहरुमा, वेब साइटहरुमा पनि हुन्छ। जस्तै:
खानामा फलफुल, सागसबजीको मात्र बढाउने, चिल्लो पदार्थको मात्र कम गर्ने, स्याचुरेटेड तेलको मात्रा कम गर्ने गर्नाले पनि बढेको प्रेसर घटाउन र नियन्त्रनमा राख्न सहयोग मिल्छ। खानामा नुनको प्रयोग दिनमा ६ ग्राम भन्दा बडी नगर्ने, जाडरक्सीको सेवन सकेसम्म कम गर्ने, प्रतिदिन कम्तिमा ३० मिनेट छिटोछिटो हिड्ने गर्नाले पनि प्रेसर नियन्त्रनमा राख्न धेरै सजिलो हुन्छ।
माथिका यी उपायहरु अपनाउनाले प्रेसर बढ्न नदिने, बढेको प्रेसर घट्ने, औषधी खानु नपर्ने, खाइरहेको औषधीले राम्रो काम गर्ने र उच्च रक्तचापको अरु अङहरुमा पर्ने खराब असरहरु कम हुने हुन्छ। र अर्को महत्वपूर्ण कुरा, यो रोग भएको व्यक्तिले पुर्नरुपमा धुम्रपान छोडेमा मुटुमा पर्ने नराम्रो असर धेरै नै घटेर जान्छ।
२) प्रेसर घटाउने औषधीहरुको सेवन
प्रेसर कम गर्ने विभिन्न औषधीहरु हामीले दैनिक खाइरहेका हुन्छौ। बढी मात्रामा प्रयोगमा आउने औषधी हरुलाई निम्न समुहहरुमा बाड्न सकिन्छ।
क) पिसाब लगाउने औषधी (Diuretics)
ख) बिटा ब्लकर (Beta Blocker)
ग) क्यालसियम च्यानल ब्लकर (Calcium Channel Blocker)
घ) एस इन्हीविटर (ACE Inhibitor) आदि
हरेक औषधीको जस्तै यिनका पनि साइड इफेक्टहरु हुन्छन्। कुनै धेरै सामान्य तर धेरैमा देखिने हुन्छन् भने कुनै धेरै जटिल तर धेरै कममा मात्र देखिने हुन्छन्। औषधी सुरु गर्नु भन्दा अघि आफ्नो चिकित्सकसँग यी सबै कुराको बारेमा छलफल गर्नुपर्छ। साथै पत्रपत्रिका, इन्टरनेट आदिबाट आफुले खाइरहेको औषधीको बारेमा जान्ने प्रयास गर्नु पर्छ।
३) चिकित्सकसँग नियमित स्वास्थ्य परिक्षण
औषधी सुरु गर्नु मात्रै यो रोगको उपचार हैन। रुघाखोकी लागेको जस्तो केही दिनमात्रै औषधी खाएर यो रोगलाई नियन्त्रनमा राख्न सकिदैंन। किनभने यो रोग मधुमेह (चिनीरोग), दम (Asthma) जस्तै जिन्दगी भरलाई रहने रोग हो, यस्ता रोगहरुलाई मेडिकल भाशामा क्रोनिक डिजिज (Chronic Disease) भनिन्छ। त्यसैले औषधी सुरु गरेपछी पनि नियमित रुपमा प्रेसर जाच गर्ने, रगत, पिसाब जाच गर्ने (किनकी प्रेसरका औषधीले रगत, पिसाबमा चिनी, सोडियम, पोटासियम, क्यालसियम आदि घटबड हुने हुन्छ), इ.सी.जी गर्ने (उच्च रक्तचापले मुटु सुन्निने, मुटुको धड्कन अनियमित हुने, मुटुले राम्रोसँग काम नगर्ने हुन्छ), कम्तिमा वर्शको एकपटक आँखाको डक्टरलाई आँखा देखाउने गर्नुपर्छ।
यो रोग सम्बन्धी तपाईंको केही प्रश्न, जिज्ञासा भएमा लेख्नुहोला, म त्यसको समाधान गर्ने प्रयास गर्नेछु। साथै तपाईका अन्य प्रतिक्रिया, विचारहरुलाई पनि स्वागत छ।
स्रोतहरु:
अर्को लेख:-
उच्च रक्तचाप: कति भ्रम, कति सत्य
अर्को लेख को नामकरण पनि भैसक्यो. Good going.
ReplyDeletenamaste doctor samir.malai yo site thaha bhayeko dherai din bhayeko chaina.jun din baat thaha bhayo yo site ko barema tyo din baat every day herne gareko6u.ra mero baba ra didi lai ni high blood presser bhayeko karan le yo lekh baat dherai kura haru janne mauka paaye.yesko lagi doctor samir lai thanks bhannai parne hunchha.ati nai saral sabai le bujna sakine nepali sabda sahit ko yo lekh ko lagi thank you doctor
ReplyDeleteHi maina, U are most welcome. yo blog suru gareko ni dherai vayeko chaina, jst 2mths vayo. I am trying my best to post new and informative articles as soon as possible. Ur responses are positive feedback for me. thank you.
ReplyDeleteरक्तचाप भएको व्यक्तिले विहान छिटो छिटो स्वास फेर्नु पर्ने गरि दगुर्नु हुन्छ कि हुँदैन त्यसरी स्वास फेर्दा मुटुको धड्कन बढ्न गई प्रेसरको कारणले गर्दा मुटुलाई असर पर्छ कि पर्दैन ।
ReplyDeleteधेरै राम्रो प्रश्न राख्नुभयो। धन्यवाद।
ReplyDeleteपहिला व्यायाम गर्नाले रक्तचाप कसरी घट्छ भनेर जानौ। व्यायाम गर्नु भनेको मुटु र सम्पूर्ण शरीरलाई कसरत गराउनु हो। यस्ले मुटुको काम गर्ने क्षमतामा सुधार आउनुका साथै अनावश्यक बोसोहरु पनि घटेर जान्छ। त्यसैले व्यायाम गर्ने बेलामा अलीअली रक्तचाप बढे पनि भविस्यमा त्यस्ले रक्तचापलाई घटाऊने र मुटुमा कम चाप पार्न सहयोग गर्छ। साथै रक्तचाप भएका विरामीहरुले गर्नुपर्ने वा रक्तचाप घटाऊनका लागि बढी उपयोगी व्यायाम भनेको एरोबिक्स एक्सर्साइज (Aerobics exercise) हुन्। पसिना आउने गरेर हिंड्ने, दौडने, साइकल चलाऊने, पौडने आदी व्यायामहरु यस अन्तर्गत पर्छन्। एनोरोविक/Anaerobic एक्सर्साइज जस्तै भारी डम्बबेल/dumbbell उठाउनेहरु उच्च रक्तचापका विरामीले नगरेको नै राम्रो। अब कुरा आयो उच्च रक्तचापका विरामीले कतीसम्म एरोबिक व्यायाम गर्न मिल्ने? १७९-९९ mmHg सम्म रक्तचाप भएका विरामीले साधारण खालका व्यायामहरु जस्तै हिंड्ने, दौडने, उफ्रने, साइकल चलाऊने आदी गर्न मिल्छ। त्यो भन्दा बढी रक्तचाप भएमा चिकित्सकको सल्लाहमा कतिसम्म व्यायाम गर्ने भनेर निर्णय गर्न सकिन्छ।
अन्त्यमा हफ्ता को ५-६ दिन करीब आधा घण्टा पसिना आउने गरेर हिंड्ना (brisk walking) ले तपाईंको रक्तचाप ५-१० मिमि सम्म घटाऊछ, जुन रक्तचापका औसधी खानु जत्तिकै असरदार हो र प्राकृतिक, सस्तो र साइड इफेक्ट विना पनि।
तपाईंको प्रश्नको जवाफ पाउनुभयो होला भन्ने आशा गर्छु।
तलको लिन्कहरु पनि हेर्न सक्नुहुन्छ।
http://www.hypertension-bloodpressure-center.com/exercise-and-blood-pressure.html
http://www.mayoclinic.com/health/high-blood-pressure/HI00024
hajurle pressor ko barema jankari dinubhyeko thank's din6u ani sir ma pani 21 barsaki ladies hu malai pani bp high bhayera amlostar-5 khairaheki 6u tasaile pani bp high bhayera arko losep -25 seban gareki 6u malai kidni ma ston pani 6 yadi stone gayo bhane aausadhi chhodna mil6 ki mildaina mero life nai ausadhi ma bhar pare bhyo sir mailae aba ke garnu par6? yas samasya bata mukti huna ?
ReplyDeleteडाक्टर साव
ReplyDeleteमेरो अहिले ब्लड प्रेसेर १३०–९० हो। अनि मेरो आँखा –२.५ थियो डाक्टरले जाँच्दा –३ को नयाँ चस्मा लगाउने पर्ने भताएको थियो। तर, मैले नयाँ चस्मा नलगाएर हो की मेरो प्रेसेर बढेको डाक्टर साव?
मेरो हप्ताभरी भएको प्रेसेरको नतिजा
शुक्रबार – १५०–१००
शनिबार – १४०–१००
आइतबार – १४०–१००
सोमबार – १३०–१००
मंगलबार –१३०– ९०
बुधबार –१३०– ९० सम्मा थियो, दशैंमा क्लिनिक बन्द भएकोले गर्दा जाँस्च नपाएकोले अरु विवरण दिन नसकेको हो।
सुनिलजी, समस्या राख्नुभ'कोमा धन्यवाद। आँखाको पावर कम भएर ब्लडप्रेसर बढ्ने हुँदैन। शायद तपाईंलाई उच्च रक्तचापको समस्या देखिनला'को हुनसक्छ। नजिकको कुनै चिकित्सकको सल्लाह लिएर तपाईंको मुटुको, म्रिगौलाको अवस्था जाँच गरी जीवन पद्दती परिवर्तन गर्ने वा औषधी खाने बारे निर्णय लिनु होला।
Deleterunning garda hun 6 ki hudena.... ma acidity ko ayaurbedik dabe khae rakhe ko ... k garda hun 6......1508/90 cha .....pleas reply me
ReplyDeletesory .....
ReplyDelete150/90 cha now
Hajur sir mero blood pressure 156/96 pugeko cha ani ma 75 kg ko chu n mero age 27 vayo maile k k khanu parla khana ma ra k k khanu hudaina hola blood pressure control garna lai jannu man lagera hajur lai kasta deko
ReplyDelete