Sunday, April 13, 2014

नजन्मिएका जीवनहरु

'गाइने ड्युटी डक्टर बोल्नु भा हो?' मैलेहो” भने। उताबाटइमर्जेन्सीमा एउटाइन्कमप्लिट एबोर्सन’को केस है, आइदिनुस्” भन्ने आवाज आयो। इमर्जेन्सीमा पुग्दा गाइनेको जाँच कोठामा एक जना महिला सुतिरहेकी थिईन्, साथमा श्रीमान सासु होला शायद। इमर्जेन्सीको फाइल हेर्दै केही कुराहरु सोद्धै गरे, बिहे गरेको - महिना भो रे, अन्तिम महिनावारीबाट जोड घटाऊ गर्दा ९हप्ता जतिको गर्भ देखिन्थ्यो। हिजोदेखी रगत गएको रे, पेट पनि दुखीरहेछ भन्दै थिईन्। एकछिनमा नर्सलाई बोलाएर विरामीका मान्छेलाई बाहिर बस्न लगाई जाँच गर्न शुरु गरे। रगत बगिरहेको थियो, गर्भको बच्चा पनि पाठेघरको मुख खुलेर बाहिर आइसकेको रहेछ, निकालिदिए, अलिअलि सफा पनि गरिदिए। सकेर पछी श्रीमान सासुलाई नि सँगै राखीगर्भको बच्चा खेर 'को , मैले निकालिदिए, अलिअली रगत बग्दैछ, औषधी खाएर जान मिल्छ” भनेर काउन्सेलिङ गरे। एकछिनमा कागज बनाएर दिन गएको ती आमा अघी सफा गरेर निकालेको रगत, सामानहरुलाई खुट्टाले ओल्टाइपल्टाइ गरिरहेकी थिईन्। अचम्म लागेर "के भो आमा? के खोज्नुभको?" भनेको "नाति थ्यो कि नातिनी थ्यो, कस्तो थ्यो भनेर हेर्न मन लायो नि बाबु" भनिन्। अवाक भएँ।

जीवन कहिले शुरु हुन्छ? सोझो हेर्दा कस्तो बाङो प्रश्न जस्तो लाग्नसक्छ। बच्चा आमाको गर्भबाट बाहिर निस्किएपछी जीवन शुरु हुन्छ नि, त्यस्पछी उस्को जिन्दगी शुरु हुन्छ नि। सोझो उत्तर। तर आमाको गर्भमा रहेको भ्रुण जस्ले हातखुट्टा चलाऊछ, जस्को मुटु चलिरहेको हुन्छ, के त्यो जिवित हैन ? त्यसो भने भ्रुणको जन्म बुवाको शुक्रकिट आमाको डिम्ब मिल्ने वित्तिकै भएको हुन्छ नि। के जीवन त्यती खेरै शुरु हुन्छ ? अनि त्यो भन्दा अघीको कोषहरु चै के जिउदो हुँदैनन् त? त्यसो भने एबोर्सन एक कानुनी हत्या हो त? उत्तर त्यत्ती सजिलो छैन, उत्तर मसँग छैन पनि।

अर्को दिनको ड्युटीमा पनि त्यस्तै 'कल' आयो, छोटो हिस्ट्री (विरामीसँग समस्यालाई लिएर गरिने प्रश्नोत्तर) लिएर जाँच्नको लागि नर्सलाई बोलाएँ। सिस्टरले लुगा हटाएर जाचको लागि तयार गर्न लागेको झसंग भएँ। योनीबाट सानो हातबाहिर निस्किरहेको रहेछ। पानीमा डुबिरहेको मान्छेले 'मलाई बचाउ' भनेर सहयोगको लागि हात बाहिर निकालेर चिच्याएको जस्तो। जाच्ने बेलामा सामान लगाएर हात समाती निकाल्न खोजेको आएन, तर जे होस् बच्चा खेर गईसकेको भनेर विरामीलाई भन्दा उन्को अनुहारको पिडा हेर्नै नसकिने थियो। यो दोस्रो पटक खेर गएको थियो, उन्ले संसार हारे झै भएको थियो, वर्षदिनपछी फेरी देख्न शुरु गरेको सपना बीचमै निमोठिएको थियो। उन्लाई पछी अप्रेसन कक्षमा लगेर क्युरेट गरेर खेर गएको बच्चा निकालियो, अस्पताल केही दिन बसेर उनी डिस्चार्ज भईन्। जानेबेलामा सोध्दै थिईन् “अब कती पछी फेरी बच्चा राख्न सकिन्छ डाक्साब?” शायद उनी नमिठो विगत विर्सेर भविष्यको लागि तयार भैसकेकी थिईन्, फेरी आमा बन्ने सपना बोकेर घर जादै थिईन्।  

नजन्मिएका बच्चाहरुले दुखाइ थाहा पाउछन् कि पाउन्नन् होला है। आमाको गर्भ भित्र मुटुको अन्तिम धड्कन धड्किनु अघी के उनिहरु जीवनको लागि छट्पटिएका हुन्छन् होला? मलाई बचाउ, मर्न लागे भनेर सहयोगको लागि तड्पिएका हुन्छन् होला?

पूरा सुत्केरी वार्ड नै थर्कने गरी कोइ रोइरहेको आवाज आउँदैथ्यो, ग्वाँ ग्वाँ गरेर ठुलो स्वरमा रोइरहेको थियो। एडमिसन कक्षमा बिजी थिएँ, एकछिनमा इन्टर्न बैनी आएर भनिन् “दाई आइ यु एफ डि/ IUFD भयो”। अर्थात् गर्भ भित्र बच्चाको मृत्यु हुनु। बच्चा हुन दिईएको मिती भन्दा दुई दिन कटेको थियो, अस्ति जचाउन आउँदा बच्चा ठिकै , बच्चा चलेको, नचलेको राम्ररी याद गर्नुहोला, अनी पर्सी आएर पानीको जाँच गर्ने भनेर पठाएको थियो रे। त्यो दिन बिहानदेखी नै राम्रो नचलेको भएर दिउसोतिर एक्लै देखाउन आइपुगेकी थिईन्। जाच्नेक्रममा स्टेथेस्कोप अनी डप्लरले पनि बच्चाको मुटुको धड्कन सुनिएन। हाम्रो शंका पनि बढ्दै गयो, बच्चा खेर गएको हुनसक्छ भनेर काउन्सेलिङ गरियो। कन्फर्म गर्नलाई इन्टर्न बैनीको साथमा तुरुन्त भिडियो एक्सरे गर्न पठाएका थियौं। फर्कदा उनी आँफै पनि डिस्टर्ब्ड थिईन्, भन्दै थिईन् "विरामी त्यो भन्ने वित्तिकै ग्वाँ ग्वाँ रुन थाल्नुभो, मलाई केइ भन्नै आएन, सम्झाउनै सकिनँ।" मलाई लाग्यो कहिलेकाही दु: आँसुसँगै बग्न दिनुपर्छ, यस्तो बेला नरुनुस्, रुनुहुन्न भनेर जवर्जस्तीको सान्त्वना दिनु नि ठीक हैन। महिना गर्भमा राखेर हुर्काएको बच्चा जन्मिने दिन आउने बेलामा विनाकारण बित्यो भनेको थाहा पाउदा कुन चै आमाले मन थाम्न सक्लिन् ?

उनी २२ हप्ताकी गर्भवती थिईन्, अचानक पिसाब जसरी नै योनीबाट पानी बग्न थालेपछी उनी अस्पताल आएकी थिईन्। पेट दुख्ने, व्यथा लागेको जस्तो केइ थिएन। मेडिकल भाषामा यस्लाई PPROM Preterm premature rupture of membrane (प्री टर्म प्री मच्योर रप्चर अफ मेम्ब्रेन) भनिन्छ। बच्चा जुन झिल्लीभित्र रहेको हुन्छ, त्यो समयभन्दा अगावै अनी व्यथा नलागिकन फुटेपछी बच्चा रहने पानी (Amniotic fluid/ एम्नियोटिक फ्लुड) बाहिर बगेको थियो। यती सानो उमेरको बच्चा केइ गरेर जन्मेपनी बचाउन गार्हो थियो, यस्तो अवस्थामा गर्न सकिने पनि थोरै नै हुन्छ। इन्फेक्सन नहोस् भनेर एन्टिबायटिक चलाइयो, बच्चाको अवस्थाको जाँचहरु गरियो, बच्चाको डक्टरलाई बोलाएर सम्भावित खतरा, त्यस्को लागि कसरी तयार हुने भनेर काउन्सेलिङ पनि गराइयो। भिडियो एक्सरेमा बच्चा रहने पानी घटेर थोरै भईसकेको थियो, तर धड्कन बाँकी नै थियो। बच्चा राम्रो नहुने निश्चित जस्तो लागेपछी होला एकदिन उन्ले "डाक्टरसाब औषधी लगाएर बच्चा निकालिदिनु, कत्ती बोकेर बस्नु यो टेन्सन" भनेर भनिन्। एउटी आमाले यसो भन्नसक्दा उनमा परेको मानसिक दवावको अनुमान नि लगाउन सकिन्न। परिवारका अरुले पनि "बाँच्न नसक्ने बच्चा आफ्नो पेटमा बोकेर बस्नुपर्दा उस्लाई धेरै चिन्ता ', राती नि सुत्नै सक्दैन" भनेर गुनासो गर्दै थिए। तर मुटुको धड्कन भएको तर सानो त्यो जिउदो बच्चालाई औषधी लगाएर निकाल्नु एक किसिमको हत्या नै हुन्थ्यो। कुर्नु सिवाय कुनै उपाय थिएन। अन्तत त्यो भएरै छाड्यो, एकदिन त्यो धड्कन बन्द भयो, अनी आँफै व्यथा पनि लागेर मरेको बच्चा निस्कियो। उन्ले त्यो बच्चाको अनुहार हेर्न चाहिनन्, शायद सम्झनामा सधैं आइरहला भन्ने डरले होला।

कत्ति दु:खको मात्रै कुरा गर्ने, शिर्षकसँग मेल नखाए पनि एउटा मिठो कुरासँगै लेख टुङ्याउन मन लाग्यो।

उनी दिनभर बच्चा नचलेको भनेर आएकी थिईन्, घरमा दिनभर कोइ पनि थिएन रे, बच्चा अब चल्छ कि अब चल्छ कि भनेर कुर्दै बसेकी थिईन् रे। साँझसम्म नि नचलेपछी श्रीमान पनि कामबाट फर्केपछी दौडिदै अस्पताल आइपुगिन्। उन्को अनुहारमा डर प्रस्टै देखिन्थ्यो। झट्ट सुत्न लगाएर पेटमा स्टेथेस्कोप राखी सुन्दा बच्चाको धड्कन सुनिएन, डप्लर लगाएर खोजियो, तैपनी धड्कन भेटिएन। डर बढ्दै थियो। पछी इमर्जेन्सीबाट अल्ट्रासाउन्ड मेसिन मगाएर हेर्दा बच्चाको मुटु चलिरहेको देखियो, बल्ल मन शान्त भयो, त्यो तनाव हल्का भयो। " हेर्नुस् तपाईंको बच्चाको मुटु चलिर'को" उन्ले भिडियो एक्सरेको स्क्रिनमा हेरेर बरर आँसु झारिन्।


बाँकी पढ्नुहोस् >>

Wednesday, April 2, 2014

अटिजम जनचेतना/ Autism Awareness

आज अप्रिल २, अटिजम जनचेतना दिवस Autism Awareness Day रहेछ। धेरैलाई थाहा छैन होला, मलाई पनि थाहा थिएन। टिचिङतिर केही कामले गएको बेलामा सानो पालमुनी केही विधार्थीहरु अटिजम/Autism को बारेमा सबैलाई जानकारी दिन व्यस्त देखिन्थे। अटिजम त्यत्ती प्रचलित शब्द हैन, नेपालीमा यस्को ठ्याक्कै अर्थ आउने शब्द नि छैन। सुस्त मनस्थिती अर्थात Mental Retardation भन्दा अली भिन्न हुन्छ यो अवस्था। अटिस्टिक स्पेक्ट्रम डिसअर्डर/ Autistic Spectrum Disorder/ ASD भित्र पर्ने अटिजम एउटा न्युरो डिबेलभ्मेन्टल डिसअर्डर (Neurodevelopmental disorder) हो, अर्थात बच्चाको बुद्धीको बिकासको क्रममा हुने असामान्य अवस्था हो।

उक्त जनचेतना कार्यक्रममा देखिएका केही दृश्यहरु:



सुस्त मनस्थिती भएको बच्चा, चकचके बच्चा, राम्ररी ध्यान नदिने बच्चाहरुसँग यस्का केही लक्षणहरु मिल्न जाने हुनाले अभिभावकहरुलाई आफ्नो बच्चामा अटिजम भएको हुनसक्छ भनेर अनुमान लगाउन गार्हो हुनसक्छ।




अटिजम केयर नेपाल/Autism Care Nepal अटिजम भएका बच्चाहरुका अभिभावकहरुद्वारा खोलिएको संस्था हो। अटिजम जनचेतना दिवसको उपलक्ष्यमा यस्ले विभिन्न कार्यक्रमहरु राखेको छ। थप जानकारी यस्को वेबसाइटमा हेर्नुहोला। 






अटिजम र अटिस्टिक स्पेक्ट्रम डिसअर्डर अटिजम जस्तै लाग्ने अवस्थाहरुबारे बनेका फिल्महरु। यी फिल्महरुबाट पनि यसबारे जानकारी पाउन सकिन्छ।

ट्विटरमा यसबारे न्युजहरु #Autism #Autismawareness #Autismawarenessmonth सर्च गरेर हेर्न सकिन्छ। 
बाँकी पढ्नुहोस् >>

Wednesday, March 26, 2014

नदेखाइएका पूर्ण सत्यहरु

त्रपत्रीका पढ्दा, समाचार सुन्दा, टिभी हेर्दा मलाई धेरैजसो यो तस्विर याद आउछ। हामीलाई समाचारहरु यसरी प्रस्तुत गरिएको हुन्छ कि कोही दैव नै हो वा कोही दानव नै हो झै लाग्ने गर्छ। खासमा प्रस्तुत गरिने शैली, समाचार प्रसारण गर्ने उद्देस्य आदिले पनि यस्मा ठुलो भूमिका खेलेको हुन्छ। यो तस्विरले भने झै जे देखाइएको त्यो सत्य नै हुन्छ तर प्रस्तुत गर्ने उद्देस्य, काट्छाट गर्ने तरिका, देखाउने तरिकाको कारणले गर्दा त्यो केबाट के बन्न पुग्छ। हाम्रा पत्रपत्रीका, रेडीयो, टिभीहरु पनि यो समस्याबाट ग्रस्त छन्। खै यो पत्रकारिताको धर्म भित्रै पर्छ कि कुन्नी थाहा भएन तर खबरलाई सनसनी बनाउने नाममा पूर्ण सत्यलाई केही छोपेर, केही बङ्याएर, केही देखाएर भाव नै अर्कै आउने गरी समाचारहरु प्रस्तुत गरिन्छन्। आफू स्वास्थ्य क्षेत्रसँग सम्बन्धित भएकोले त्यसै सम्बन्धी समाचार, लेखहरुफलो’ गरिरहने भएकोले नि हुनसक्छ, स्वास्थ्य क्षेत्र सम्बन्धी समाचारहरुमा मैले यो पूर्वाग्रह अली बढी पाएको छु। कुनै पनि डक्टर वा स्वास्थ्यकर्मिले आफ्नो विरामीको कुभलो शायदै चिताउला, जानीजानीकन शायदै गल्ती गर्ला। तर हाम्रोमा दोष जहिल्यै डक्टर, नर्स वा कुनै एक व्यक्तिलाई लगाइएको हुन्छ। अनि हाम्रो अवस्थामा गल्तीहरु प्राय: सिस्टमको खराबीले गर्दा हुन्छन् औंला उठाइन्छ व्यक्तिमाथी। सुध्रिनुपर्ने एउटा हुन्छ, लट्ठी अर्कोलाई लगाइन्छ।

स्वास्थ्यसम्बन्धी लेखहरुफलो’ गरिरहदा मलाई पत्रकारसाथीहरुको यो पूर्वाग्रहले बेलाबेला असन्तुष्ट बनाइरहन्छ, मैले आफ्ना पूराना लेखहरुमा यो सम्बन्धी प्राय: लेख्ने गरेको छु। केही दिन अघीकोकान्तिपुर एफएमको पाटन अस्पतालकोप्रसुती वार्डसम्बन्धी रिपोर्टिङले मेरो त्योअसन्तुष्टी फेरी बढाइदिएकोछ। त्यो दिन बिहानको हेन्ड ओभरमा कुरा भएको थियो, “हिजो कान्तिपुर एफएममा हाम्रो वार्डसम्बन्धी एकदम नराम्रो रिपोर्ट आएको थियो रे”। के आएको रहेछ भन्ने खुल्दुली भएकोले एमएफमा कार्यरत एक ट्विटर साथीलाई त्यसको लिन्क मागे पाएँ पनि। तर ड्युटी भएको त्यो दिन सुन्न सकिनँ एकैचोटी भोलिपल्ट साँझ घर गएर त्यो सुनेँ। त्यो सुन्दैगर्दा मलाई यही माथिको फोटो याद आयो। उक्त रिपोर्टमा भनिएका कुराहरु असत्य होइनन् होला तर पूर्ण सत्य भने होइनन्।

कान्तिपुर डायरीको रिपोर्टको लिंक- https://soundcloud.com/samir-lama-3/kantipur-diary


हिजोआज लापर्वाही शब्द कति सस्तो बनेको छ। हिजोआज जे गरेपनी लापर्वाही हुन्छ यहाँ। विरामीको रिपोर्ट हरायो लापर्वाही भनेर डक्टरलाई कराउछन्। यत्रो भिडमा कहिलेकाही त्यस्तो हुन सकिहाल्छ नि। फेरी त्यसरी बम्किनुभन्दा ल्याबमा गएर अर्को कपी ल्याए भईगो नि। केही दिन अघी गर्भवती जाँचको क्रममा आइरन, क्याल्सियम लेखिदिन बिर्सेंको भोलिपल्ट अर्को भिजिटर आएर 'किन नलेख्दिनुभको, यस्तो लापर्वाही गर्ने हो? रे। बाबा, त्यस्तो हतारमा, त्यत्रो भिडमा विरामी हेर्नुपर्छ, पोस्ट ड्युटीको थकान लिएर विरामी जाच्नुपर्छ, कहिलेकाँही त्यस्तो छुट हुनसक्छ नि। अनि के विरामीले चै आफूले के खानुपर्छ, के गर्नुपर्छ भनेर ख्याल गर्नुपर्दैन? - महिना देखी खाइआएको ति दबाइ सकिएपछी मैले आँफैले माग्नुपर्छ भन्ने थाहा पाउनुपर्दैन? विरामी आफ्नो पनि आफ्नो स्वास्थ्यप्रती दायित्व हुन्छ। जे पनि डक्टर नर्सले गर्छन्, हेर्छन् भनेर छोड्नु चै कत्तीको बुद्धिमानी हो? हुन विरामीको चाप, आफ्नो व्यस्तता, थकान, जनशक्तीको कमी आदी लाई चाहेर-नचाहेर, जानेर-नजानेर गरिने वा हुने गल्ती वा लापर्वाहीको लागि एक्स्क्युज बनाइनु हुँदैन। तर लापर्वाही केलाई भन्ने, दोष कस्लाई दिने भन्ने कुरा पत्रीका, समाचारहरुमा आरोप लगाइए जत्तिको सजिलो र सोझो भने पक्कै छैन।

स्त्री रोग सम्बन्धी(Gynae/Obs) पोस्टिङ्को लागि विगत केही महिनादेखी पाटन अस्पतालमा भएकोले त्यहाको प्रसुती सेवाबारे जान्ने मौका मिलेको , सिक्ने मौका मिलेको छ। कमीकमजोरी जहाँ पनि हुन्छन्, तर मुख्य कुरा के हो भने हामी सबैले राम्रो चै नदेखे जस्तो गर्ने, नराम्रो मात्र बढाइचढाइ गर्ने गर्नुहुदैन। भएको कमजोरीहरु कसरी कम गर्न सकिन्छ भनेर नि छलफल गरिनु व्यवहारमा उतारिनु जरुरी छ। केही महिनादेखी दैनिक जसो पाटन अस्पतालको प्रसुती वार्डमा छु तर खै अहिलेसम्म विरामीको नजिक जान नचाहने डक्टर, नर्स मैले चै भेटेको छुइनँ। पत्रकारसाथिले जुन एउटा विरामीको अनुभव सुनेर त्यसपछाडीको कारण नबुझी हचुवामा त्यस्लाई जेनेरलाइज गरेर टिप्पणी गरिदिनु भो त्यो गलत छ।

यो सत्य स्विकार्नै पर्छ कि हामीले मेडिकल कलेजमा गएर प्राइभेट नर्सिङ होमको जस्तो सेवा खोज्न मिल्दैन। प्राइभेटमा विरामी कुनै एउटा डक्टर(प्राय: सिनियर)को अन्डरमा भर्ना भएको हुन्छ, विहान बेलुका उसैले राउन्ड गर्छ, कुन डक्टरले अप्रेसन गर्ने भनेर पहिल्यै थाहा हुन्छ। विरामीको लागि यो पर्फेक्ट होला, यस्तो अवस्थामाकन्ट्युनिटी अफ केयर’ पनि हुन्छ तर मेडिकल कलेज, सरकारी अस्पतालमा गएर त्यस्तै खोज्न मिल्दैन। किनकी त्यहा धेरै डक्टरहरुको टिम हुन्छ राउन्डमा पनि दिनदिनै फरक फरक डक्टर आउने हुनसक्छ। विरामीले आफूलाई कुन डक्टरले हेरिरहेको, आफ्नो अप्रेसन कुन डक्टरले गर्ने हो थाहा नहुने हुनसक्छ। वास्तवमा भन्दा यस्तोमा टिम वा टिम लिडररेस्पोन्शिवल’ हुन्छ। अनि विरामी आफन्तहरुलाई हरेक दिन डक्टर फेरिदा अलिकती अफ्ठ्यारो महसुस गर्छन् नै तर विरामी हेरिरहेको टिममा सधैं त्यो डिस्कसन/छलफल भईरहने, दैनिक रिपोर्टहरु लेखीईरहने हुँदा जानकारी थाहा नहोला, उपचार तल माथि पर्ला भनेर जस्तो आशंका गरिन्छ त्यस्तो हुन्न।

अर्को कुरा सिनियर डक्टरले हेरेन भन्ने। प्राय: मेडिकल कलेजहरुलाई यस्तो आरोप लाग्ने गर्छ यो केही हदसम्म साचो पनि हो। मेडिकल कलेज भनेकै त्यसैको लागि बनेका हुन्छन्, विरामीहरुबाट मेडिकल विधार्थीहरुले पढ्छन्, सिक्छन्। मेडिकल शिक्षा यसरी नै चलेको हुन्छ। तर त्यसो भन्दैमा सबै कुरा विधार्थीहरुलाई नै छोडेको भने हुँदैन, कन्फ्युजन भएको बेलामा, राउन्डमा विरामी, रोगको बारेमा डिस्कसन भई नै रहेको हुन्छ। अनि कुनै पनि विरामीको बारेमा जुनियर डक्टरले हेरेपनी अली गार्हो केस भने सिनियरलाई या कन्सल्ट गरिन्छ या सिनियरले नै फेरी हेरेको हुन्छ। विरामी आफन्तहरुले आफू वा आफ्नो विरामिलाई सिनियर डक्टरले हेरिदियोस् भन्ने चाहना हुनु स्वाभाविक हो तर यो मेडिकल कलेजहरुमा प्राय: सम्भव हुँदैन हरेक विरामी सिनियरले नै हेर्नुपर्छ भन्ने पनि हुँदैन।

अप्रेसन कक्षमा मोबाइलमा कुरा गर्ने गरिएको भन्ने बारे। मोबाइलफोनका कारणले संसारभरकै अप्रेसन कक्षहरुमा अलिकती डिस्टर्बेन्स बढेको भन्ने रिसर्चहरुमा पनि देखिएको छ। तर जहाँका नि ड्युटीमा भएको डक्टरले अप्रेसनकक्षमा अस्पतालकै वार्ड, इमर्जेन्सीको कल कहिलेकाँही पर्सनल कलहरु उठाउने गर्छन् नै। यो कुनै एउटा अस्पतालमा मात्रै हुनेगरेको कुरा हैन। यसो गर्नु सिधै आपत्तिजनक, गलत भनेर भन्न मिल्दैन। एउटा ड्युटीमा भएको बेला अरु विरामीको उपचारका महत्वपूर्ण कल हुनसक्छन्, जस्लाई नउठाउनु चै गलत हुनसक्छ। अर्को अप्रेसनमा के गरिरहेको बेला उठाउने भन्ने हो। अप्रेसनमा एकदमै सम्बेदनशील काम गरिरहेको बेलामा आफूलाई नै डिस्टर्ब हुने गरी कसैले नि उठाउदैन, तर अन्य बेलामा फोन उठाउनु भनेको ड्राइभरले गाडी चलाऊदा फोन उठाएको जस्तै हो झै लाग्छ। घुमाउरो साधुरो बाटोमा फोनमा कुरा गरेर जोखिम कल्ले बढाउन खोज्छ ? तर अभ्यस्त भईसकेका हातहरुलाई सिधा बाटोमा फोनमा बोल्दै गाडी हाक्नु खासै अफ्ठ्यारो हुँदैन, जुन यात्रुको लागि भने खेलासी गरेको जस्तो देखिन्छ। सबै केसमा भन्न सक्दिन तर धेरैजसोमा यस्लाई विरामीहरुलेडक्टरले हल्कारुपमा लिए, खेलासी गरेर अप्रेसन गर्दैछन्” भनिहाल्न मिल्छ जस्तो लाग्दैन।

ड्युटीको बेलामा विरामी हेरेर बाँकी रहेको बेला आफू आफूमा कुरा गरेर ख्यालठट्टा गर्न पाउने कि नपाउने? अस्पतालको ड्युटी स्ट्रेस्फुल हुन्छ, बिजी भएको बेला पानी पिउने, खाना खाने, ट्वाइलेट जान पनि नभ्याउने हुन्छ। त्यसैले मौका पाएको बेलामा त्यो तनाव कम गर्न आफूआफूमा  हसीमजाक गरिन्छ गर्न पाउनु पनि पर्छ। कुरा यत्ती हो कि अवस्था, ठाउँको सम्बेदनशीलता हेरेर त्यो गर्नुपर्छ। यता विरामीको ज्यान जान लागेको भने त्यही नजिकै बसेर आफ्नो कुरामा हास्न मिल्दैन। विरामी आत्था ऐय्या भनिरहेको बेलामा त्यही बसेर घुम्न गएको, फिल्म हेरेको आदी गफ गर्न सुहाउदैन। यो कुरा अरु कसैले भन्नु भन्दा नि स्वयम् आँफैले बुझ्नुपर्ने कुरा हो। त्यो बाहेक अरु सामान्य बेलामा आफ्न पर्सनल नै सही गफ गर्न कहिले आँफैआफैमा कहिले विरामीहरुसङै हास्नुलाई गलत भन्न मिल्दैन।

एकतर्फी मात्र कुरा गर्न चाहन्न। हामीमा कमी कमजोरी नभएका हैनन्, हामीबाट गल्ती नभएका हैनन्, हामीमा सुधारिनुपर्ने धेरै कुरा छन्। तर मैले भन्न खोजेको के भने हामी पत्रपत्रिका, रेडियो, टिभीका रिपोर्टहरुमा, समाचारहरुमा भनिएको जस्तो गएगुज्रेका पनि छौं कहिलेकाही प्रस्तुत गरिने दैवीशक्ति युक्त, हिरो इमेज वाला नै छौं। हामी जस्तो छौं त्यस्तै रुप प्रस्तुत गरियोस् भन्ने मेरो चाहना हो। एक तर्फी पूर्वाग्रही समाचारहरुले स्वास्थ्यक्षेत्रमा बढीरहेको विरामी, विरामीको परिवार डक्टर, स्वास्थ्यकर्मीहरु बीचको अविश्वासको खाडललाई बढाउने काम मात्रै गर्छ।

अर्को कुरा, मिडिया, संचारसँग धेरैको विश्वास हुन्छ यो नै उस्को शक्ति पनि हो। उस्ले बोलेको, लेखेको, देखाएको एक कुराबाट हजारौं, लाखौंको सोच, व्यवहार प्रभावित हुनसक्छ, बद्लिन सक्छ। त्यसैले राष्ट्रको चौथो अङ मानिने यो क्षेत्रबाट यसरी गलत अर्थ लाग्ने गरेर एकतर्फी समाचार, लेखहरु दिईनुले कती ठुलो प्रभाव पार्छ भन्ने कुरा सम्बन्धितहरुले बुझ्नु जरुरी छ। फेरी अस्पताल, स्वास्थ्य क्षेत्रले यस्ता समाचारहरुमा सार्वजनिकरुपमा शायदै जवाफ फर्काउछन्, धेरैलाई चै 'यिनिहरु यस्तै हुन्, यस्तै लेख्छन्, काग कराउदै गर्छ, पिना सुक्दै गर्छ' भन्ने सोचाई रहेको पाईन्छ। यस्ता कुरामा छलफल भए नि बन्द कोठा भित्र हुन्छ, गल्ती समाचार छापिएकोमा माफि नि पर्सनल रुपमा माग्न लगाइन्छ। अनी आममानिसमा जती नकारात्मक असर पर्ने हो परिसकेको हुन्छ, उनिहरुको सोचाईमा गलत छाप बसिसकेको हुन्छ। कमसेकम यस्ता कुरालाई सार्वजनिकरुपमै छलफल गराइनु टुङ्याइनु पर्छ। जसले गर्दा सेवाग्राहीमा अस्पताल, डक्टर, नर्सहरुको बारेमा गलत इमेज बनी नरहोस्।


"यो मेरो व्यक्तिगत विचार हो, पाटन अस्पताल वा त्यहाको गाइने डिपार्ट्मेन्टको यो लेख लेख्नुमा कुनै सन्लग्नता छैन।"
बाँकी पढ्नुहोस् >>