Monday, January 3, 2011

लेखाइको सुरुवात यहाँ भएको थियो।

ब्लग लेख्ने, मेडिसिन र मिडियालाई जोड्ने मेरो धेरै अघि देखिको सपना थियो। योजनाहरु बनाउदै थिए, सोचाइहरु राख्दै थिए। त्यसलाई मुर्तरुप दिनमा बल पुर्याउने काम mysansar.com मा प्रकासित यो लेखले गर्‍यो।
'अस्पतालमा यस्तो छ लापरवाही' भनि Dec 30th, 2010 मा mysansar.com मा लेखिएको यो लेखको प्रतिक्रियाको रुपमा मैले आफ्नो भनाइ लेखेको थिए, जुन यसप्रकार थियो।

प्रकाशजी,
तपाइको दिदिको असामयिक निधन भएकोमा मलाई सारै दुख लागेको . तपाइँ हरुले जुन धैय, सहनशीलता देखाउनु भयो तेस्को कदर गर्छु. हिजो आज अस्पताल हरुमा, private क्लिनिक हरुमा लापरवाहीका घटनाहरु बढेको . बिरामीको राम्रो हेरचाह नगर्ने, अनावस्यक अप्रेसन गर्ने, बिरामी प्रति राम्रो व्यबहार नगर्ने आदि हुने गरेको . चिकित्सा छेत्र मा व्यापारिपनको प्रवेश ले एस्तो घटनाहरु बढेको हो.
तपाई तपाइको परिवार को मनमा कति धेरै प्रस्नहरु थिए छन् भनेर तपाइको लेख पड्धा थाहा हुन्छ. ति सबै प्रस्नहरुको जवाफ दिने दायित्व तपाइको दिदीको उपचारमा संग्लग्न डाक्टरहरुको हो उनीहरुले हरेक प्रस्नको जवाफ दिएर तपाईहरुको चित्त बुझाएर मात्रै उपचार अगाडी बढाउनु पर्थ्यो जुन हुन सकेन.
अर्को कुरा, उपचारको निर्णयको सम्पूर्ण अधिकार बिरामी बिरामीको परिवारलाइ दियिनु पर्ने हो, जुन हाम्रो देशमा प्राय हुदैन. बिरामीलाई आफु सन्चै भएको जस्तो लाग्छ तर डाक्टरले एस्तो उस्तो भनेर बिरामीको इक्ष्य विना भर्ना गरिदिन्छन. तपाई को दिदीको सन्धर्भमा नि येस्तई भएको देखिन्छ. डाक्टरको काम बिरामीलाई उसको स्वास्थ्यको बारेमा जानकारी दिने हो, रोग के हुनसक्छ, तेस्को उपचारहरु के हुन्छन, उपचारका के के side effects हुन्छन, रोगले कुन कुन रुप लिन सक्छ, अनि कति रोगमा उपचार गर्दा गर्दै पनि बिरामीको अवस्था बिग्रदै जाने पनि हुन सक्छ, ति सब कुराको जानकारी गराएर बिरामी उनको परिवारलाई उपचार गर्ने नगर्ने, गर्ने भए कुन उपचार गर्ने आदि सम्पूर्ण निर्णय को अधिकार दिनु पर्छ. बिरामी उसका परिवार ले पनि उपचार सुरु गर्दा अस्पताल आइयो अब सबै काम डाक्टर नर्स ले गर्छन नभनी आफ्नो रोग, अवस्था सम्वन्धि जान्ने, आफ्नो उपचार सम्वन्धि निर्णय गर्ने अधिकार बुझेर सबै कुरा को निर्णय गर्नु पर्छ. चिकित्सा क्षेत्र भनेको एकदम संबेदनसिल क्षेत्र हो, यो बिरामी, उसका परिवार उपचारमा संग्लग्न डाक्टर, नर्स सबैको एकापसको विस्वासमा अढेको हुन्छ. सबैले आफ्नो आफ्नो दायित्यो अधिकार बुझ्नु पर्छ तेस्लाई पुरा पनि गर्नु पर्छ.
प्रकाशजी,
तपैले यहा राख्नु भएका प्रस्नहरु, संकाहरु एकदमै जायज छन्. तिनीहरुको समाधान धेरै पहिले उपचारको क्रममै गरिनु पर्थ्यो तर तेस्तो हुन सकेन. एउटा चिकित्सक भएको नाताले ति प्रस्नहरुको समाधान गर्ने प्रयास गर्नेछु. मलाई थाहा तपाई तपाइको परिवारलाइ दुख परेको एस्तो बेलामा सम्हालिन गाह्रो हुन्छ. तैपनि मेरो अनुरोध जर्सरी तपाईहरुले त्यो बेलामा संयमता अपनाउनु भयो त्यसैगरी कृपया केहि पनि पूर्वाग्रह नराखी, bias नभई पढ्नु होला.
. गर्भवती हुने बेला मा अलि अलि जिउ सुन्निनु. वान्त हुनु, पेट दुख्नु भनेको सामान्य हो. तर यी लक्ष्यण धेरै ठुला रोगहरुको सुरुको लक्ष्यण पनि हुन सक्छन, जसले आमा बच्चाको ज्यान पनि जान सक्छ. सुरुकै अवस्थामा रोग पता लगाएर तेस्को उपचार गर्न सके सबै भन्दा राम्रो तर सधै तेसो गर्न सम्भव छैन. किनभने रोगको सुरुवातमा देखिने सामान्य लक्ष्यण अन्य धेरै रोगमा पनि देखिन्छन जाचमा, investigations मा पनि खराबी नदेखिन सक्छ. जसले गर्दा कुन रोग हुने संभवाना बढी भनेर तेही आधारमा उपचार गरिन्छ.
यहा तपाइलाई अचम्म लग्न सक्छ, कि रोगको किटान नै नगरी हचुवाको भरमा उपचार सुरु गर्ने, तेत्रो पढेर पनि रोग चिन्न नसक्ने भनेरतर यो एकदमै सहि हो, रोग चिनेर १००% confident भएर उपचार सुरु गर्दा कि एकदमै ढिलो हुन्छ कि त्यो उपचार को कुनै औचित्य हुदैन. तेसैले सबै लक्ष्यण, जाच, investigations का आधारमा कुन रोग हुन सक्छ भनेर एउटा emperical diagnosis बनाइन्छ तेसैको आधारमा उपचार सुरु गरिन्छ. अनि दैनिक लक्ष्यण हेरेर, जांच गरेर त्यो diagnosis ठिक छैन, उपचारमा परिवर्तन गर्नुपर्छ पर्दैन, complications आयो आएन हेरिन्छ. यो तरिका संसार भरि नै गरिन्छ. यदि तपाईलाइकिन रोग पहिचान नगरी उपचार गर्ने?’ जस्तो लाग्यो भने कुनै पनि डाक्टरलाइ सोध्नु भए हुन्छ, जतिसुकै ठुलो डाक्टरले पनि सधै १००% confident भएर उपचार सुरु गर्न सक्दैनन्, यो हाम्रो limitation हो.
. तपाईंको लेख पध्दा तपाईंको दिदिको एक्कासी जिउ सुन्नियेको, प्रेसर बढेको भन्ने लाग्छ, जुन गर्भवती समय हुने एउटा ठुलो रोग हो, यसलाई pre-eclamsia भनिन्छ. यस्मा माथिका लक्ष्यणहरु देखिने प्रेसर पहिले नर्मल रहने २० हफ्ताको गर्भ पछी बढ्ने हुन्छ. एसको उपचार हुन सकेन भने वा कहिलेकहिँ उपचार हुदाहुदै पनि बिरामी eclampsia मा जान सक्छ. eclampsia मा तपैले भनेको जस्तैशरीर काम्ने, बुरुक बुरुक उफ्रने, आँखा पल्टाउने, थेग्न नै गारो हुने गरी उफ्रने, बिरामी बेहोस हुने आमा बच्चाको ज्यान खतरामा जाने हुन्छ.
त्यति बेला उहाको उपचारमा संग्लग्न डाक्टर नर्सले रोगको गम्भीरता बुझाउन नसकेको जस्तो देखिन्छ. त्यति खेर प्रेसर मात्रै बढेको तर बिरामी सामान्य भएको भए पनि त्यो एउटा ठुलो रोगको सुरुको लक्ष्यण थियो.
. गर्भवती बिरामीलाई नर्सहरुले तुक्ष सब्द प्रयोग गरेको, गालि गरेको, हेरचाह नगरेको भनेर जुन भन्नु भयो त्यो आफैले पनि देखेको छु. यो एकदमै घृणित unprofessional काम हो.
. “प्रेसर को औषधी खाएको केही मिनेटपछि छाती दुखेको, बान्ता लागेको, उनलाई निकै गाह्रो भएको”- कहिलेकहिँ औसधि गर्दा गर्दै पनि रोग बढ्दै जाने हुन्छ. त्यति बेला उहाको प्रेसर धेरै नै बढी भएको हुनसक्छ, त्यसैले eclampsia मा जान नदिनको लागि तुरुन्त CS अप्रेसन गर्नुपरेको हुनसक्छ. तर बिडम्बना के भने कतिबेला अप्रेसन गरेर पनि, औसधि गरेर पनि eclampsia हुन बाट रोक्न सकिदैन. अनि यस्मा प्रेसर कन्ट्रोल गर्नको लागि अप्रेसन गर्नु पर्ने हुन्छ कि प्रेसर कन्ट्रोल गरेर अप्रेसन गर्ने.
. पछी उहालाई eclamsia को complications (HELLP syndrome )देखिएको जस्तो लाग्छ. जन्डिस देखिनु, पिसाब कम हुनु, जिउ सुन्निनु, प्लेतेलेट कम हुनु (जसले गर्दा शरीर भित्र रगत बग्नु- internal bleeding) आदि हुन्छ. जुन पछी बढेर ARDS भएको देखिन्छ. जसमा शरीरका धेरै अंग हरु (मुटु, फोक्सो, कलेजो, मृगौला आदि )ले एकै चोटी काम नगर्ने हुन्छ (multi organ failure ).
प्रकाश जी,
अनुपाजी को उपचारमा लापरवाही नभएको, डाक्टर नर्स हरु सबै ठिक भन्न सक्दिन तर उहालाई माथि भनिएको रोग भएको तेस्को complications देखिएको हुन सक्छ. त्यसैले उपचार गराउदा बिरामी बिरामीका परिवारले बिरामीको अवस्थाको बारेमा सबै जानकारी लिने, उपचार के के हुन सक्छ, उपचारको side effect के के हुन सक्छ, complications के के औना सक्छ सबै बुझेर मात्रै उपचार सुरु गर्ने गर्नु पर्छ.
डाक्टरहरुले भने बिरामीका सकेसम्म सबै जिज्ञासाको उत्तर दिने प्रयाश गर्नुपर्छ. उपचारको निर्णय बिरामी उनका परिवारलाइ दिनु पर्छ.
यो रोग बारे अझ बुझ्नको लागि-
http://en.wikipedia.org/wiki/Pre-eclampsia
http://www.mayoclinic.com/health/preeclampsia/DS00583
http://www.mayoclinic.com/health/preeclampsia/DS00583/DSECTION=symptoms
http://www.mayoclinic.com/health/preeclampsia/DS00583/DSECTION=complications
http://www.mayoclinic.com/health/preeclampsia/DS00583/DSECTION=coping-and-support
http://www.buzzle.com/articles/hellp-syndrome-in-pregnancy.html
मन पराइएको प्रतिक्रिया। तपाईँलाई नि: Thumb up 112 Thumb down 8